सहकारी प्रकरणमा सरकार कानुनअनुसार अघि बढ्ने उपप्रधानमन्त्री तथा शहरी बिकास मन्त्री सिंह

शेयेर गर्नुहोस

धनगढी/उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले सहकारी प्रकरणमा सरकार कानुनअनुसार अघि बढ्ने बताएका छन्। उनले सोमबार मात्र संसदीय समितिले प्रतिवेदन बुझाएकाले प्रतिवेदनमा उल्लेख गरेअनुसार कानुनी कारबाही अघि बढ्ने बताए।

आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री सिंहले संसदीय समितिले गहिरो अध्ययन गरेर प्रतिवेदन ल्याएको बताउँदै त्यसअनुसार नै कानुनी कारबाही अघि बढ्ने बताएका हुन्।

मुलुकको स्थायित्व र विकासका लागि दुई ठूला दल मिलेर सरकार बनेको उपप्रधानमन्त्री सिंहको भनाइ छ। उनले भने, ‘पटक–पटक सरकार परिवर्तन भइरहदा अर्थतन्त्र र जनतामा निराशा देखिएको छ, त्यसलाई चिर्न एमाले र कांग्रेस मिल्यौँ। अब यो गठबन्धनले पुरै कार्यकाल सरकार सञ्चालन गर्छ।’

देशमा व्यवस्था र अवस्थामा धेरै परिवर्तन भएको बताउँदै उनले केही दलविरोधिहरुले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको गलत प्रचार गरिरहेको आरोप लगाए।

उनले नेपाली कांग्रेस एकजुट रहेको र अहिले कांग्रेस सत्ता सञ्चालनसँगै संगठन विस्तारमा पनि देशभर सक्रिय भएर लागेको बताए। उपप्रधानमन्त्री सिंह धनगढी उपमहानगरपालिकाको दशौँ स्थापना दिवसमा प्रमुख अतिथिका रुपमा सहभागी हुन मंगलबार बिहान धनगढी आएका हुन्।

उनले स्थापना दिवससँगै धनगढीमा पार्क निर्माणको शिलान्यास, कार्यकर्ता भेटघाट गरेर आजै बेलुका काठमाडौँ फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

ताजा खबर

Casoola No Deposit Bonus Vervalregels

WinPlace Mobile Performance-Tipps

Winbeast Pre-Match vs Live Betting

Recognizing the Period of an ESA Letter

PayPal az Energy Casinónál: Előnyök, Hátrányok és Alternatívák

सम्बन्धितखवर

छुटाउनु भयो कि !

परिणामी अनुभव से लेकर chicken road game तक, खिलाड़ियों के लिए महत्वपूर्ण सुझाव और रणनीतियाँ

परिणामी अनुभव से लेकर chicken road game तक, खिलाड़ियों के लिए महत्वपूर्ण सुझाव और रणनीतियाँ चिकन रोड गेम के मूल सिद्धांत गेम इंटरफेस और नियंत्रण

अझै पढ्नुहोस्
समाचार

सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

सुखड /कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा न १० पहलमानपुरमा डिभिजन वन कार्यालय पहलमानपुरको आयोजनामा सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । डिभिजन वन कार्यलयले कैलालीकाे

अझै पढ्नुहोस्