सहकारी प्रकरणमा सरकार कानुनअनुसार अघि बढ्ने उपप्रधानमन्त्री तथा शहरी बिकास मन्त्री सिंह

शेयेर गर्नुहोस

धनगढी/उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले सहकारी प्रकरणमा सरकार कानुनअनुसार अघि बढ्ने बताएका छन्। उनले सोमबार मात्र संसदीय समितिले प्रतिवेदन बुझाएकाले प्रतिवेदनमा उल्लेख गरेअनुसार कानुनी कारबाही अघि बढ्ने बताए।

आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री सिंहले संसदीय समितिले गहिरो अध्ययन गरेर प्रतिवेदन ल्याएको बताउँदै त्यसअनुसार नै कानुनी कारबाही अघि बढ्ने बताएका हुन्।

मुलुकको स्थायित्व र विकासका लागि दुई ठूला दल मिलेर सरकार बनेको उपप्रधानमन्त्री सिंहको भनाइ छ। उनले भने, ‘पटक–पटक सरकार परिवर्तन भइरहदा अर्थतन्त्र र जनतामा निराशा देखिएको छ, त्यसलाई चिर्न एमाले र कांग्रेस मिल्यौँ। अब यो गठबन्धनले पुरै कार्यकाल सरकार सञ्चालन गर्छ।’

देशमा व्यवस्था र अवस्थामा धेरै परिवर्तन भएको बताउँदै उनले केही दलविरोधिहरुले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको गलत प्रचार गरिरहेको आरोप लगाए।

उनले नेपाली कांग्रेस एकजुट रहेको र अहिले कांग्रेस सत्ता सञ्चालनसँगै संगठन विस्तारमा पनि देशभर सक्रिय भएर लागेको बताए। उपप्रधानमन्त्री सिंह धनगढी उपमहानगरपालिकाको दशौँ स्थापना दिवसमा प्रमुख अतिथिका रुपमा सहभागी हुन मंगलबार बिहान धनगढी आएका हुन्।

उनले स्थापना दिवससँगै धनगढीमा पार्क निर्माणको शिलान्यास, कार्यकर्ता भेटघाट गरेर आजै बेलुका काठमाडौँ फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

घोडाघोडी तालमा सुचक प्रजाती गणना कार्य सुरु

जमुना न्युरे,घोडाघोडी /कैलालीको घोडाघोडी ताल क्षेत्रमा चरा गणना कार्य सुरु भएको छ । चरा संरक्षण नेटवर्क कैलालीको आयोजनामा गणना कार्य सुरु गरिएको हो । कैलाली

अझै पढ्नुहोस्
समाचार

लगानी सम्मेलन आयोजना गरिने

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा कृषि र औद्योगिक क्षेत्रमा लगानी भित्र्याउने उद्देश्यका साथ लगानी सम्मेलन आयोजना गर्ने भएको छ । प्रदेश मन्त्रिपरिषद् बिहिबार बसेको बैठकले आउँदा

अझै पढ्नुहोस्
Highlights

म कुनै समूहको भेलामा पनि जान्नँ : गजुरेल

६ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद एवं स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले आफू कुनै पनि पक्षले बोलाएको सांसदहरुको भेलामा नजाने बताएका

अझै पढ्नुहोस्
समाचार

सुदुरपश्चिम मुख्यमन्त्री शाहका पुजनिय पिताको ८४औ बसन्तका दिन मोहन चन्द्र शान्ति अक्षयकोषको निर्णय गरि आर्थिक सहयोगको घोषणा

मिति २०८०/०८/११ गतेका दिन सुदुरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्री श्री कमल बहादुर शाह ज्युका पुजनिय पिता नेपाल प्रहरीका पुर्ब प्रहरी वरिष्ठ उपरीक्षक (SSP)श्री मंगल बहादुर

अझै पढ्नुहोस्