सत्ति कर्णाली सामुदायिक वनले जेष्ठ नागरिकलाई नि:शुल्क दाउरा वितरण गर्दै

शेयेर गर्नुहोस

एल बी बुढा,
टीकापुर/कैलालीको टीकापुर नगरपालिका वडा नं. ७ सत्ती स्थित सत्ति कर्णालि सामुदायिक बनले जेष्ठ नागरिकहरुलाइ दाउरा वितरण गरिरहेको छ ।
सामुदायिक वनले ७५ वर्ष भन्दा माथि उमेर भएका परिवारलाई नि:शुल्क दाउरा वितरण सुरु गरेको हाे ।

सत्ती कर्णाली सामुदायिक वनले आफ्ना उपभोक्ताहरुका एकाघर भित्र ७५ वर्ष माथिका जेष्ठ नागरिक सदस्य भएका घरमा करिव २ कुइन्टल दर्जा दाउरा वितरण गरिरहेको सामुदायिक वनका अध्यक्ष धन सिंह साउंदले सत्ती कर्णाली न्युज डटकमलाइ जानकारी दिनुभयाे ।

उहाँले जाडाेकाे समयमा बुढाबुढिहरु राहत हाेस भनी सामुदायिक वनले दाउरा वितरण गरिरहेको बताउनुभयाे । अध्यक्ष साउंदले सामुदायिक वनले हरेक वर्ष यसरी नै जेष्ठ नागरिकाे लागि दाउरा वितरण गर्दै आएकाे बताउनुभयाे ।

बुधबार सामुदायिक वनले आफ्नै ट्याक्टर प्रयाेग गरेर आफ्ना जेष्ठ नागरिक सदस्यहरुका घर घरमा पुगि दाउरा वितरण गरेकाे जनाएको छ । बुधबार सामुदायिक वनले ६० जेष्ठ नागरिक परिवारका घरमा दाउरा पुर्‍याएकाे सामुदायिक वनका कार्यालय सचिव मीन बहादुर ठकुल्लाले जानकारि दिनुभयाे । सचिव ठकुल्लाका अनुसार सामुदायिक वनले १३० जना जेष्ठ नागरिक परिवारहरुलाइ दाउरा वितरण गर्ने कार्यक्रम रहेको बताउनुभयाे ।

सामुदायिक वनले हरेक वर्ष आफ्ना उपभोक्ताहरु काे हित, संरक्षण र आय आर्जनका क्षेत्रमा सहयाेग गर्दै आएको छ भने हरेक वर्ष सामाजिक कार्य पनि गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

“झुलाघाट-चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा” मा स्कुले बालबालिकाको प्रयोग

जमुना न्युरे,डडेल्धुरा / नेकपा (एमाले)को ‘झुलाघाट-चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ मा स्कुले बालबालिकाको प्रयोग भएको छ। आइतबार अछामको पञ्चदेवल विनायक नगरपालिकामा पुगेको एमालेको संकल्प यात्रामा

अझै पढ्नुहोस्
समाचार

सुप प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको एक वर्षे उपलब्धी

नीतिगत तथा कानुनी सूधार तर्फ:१.सुदूरपश्चिम प्रदेश यातायात ब्यवस्था नियमावली–२०८० तर्जुमा गरिएको ।२.सुदूरपश्चिम प्रदेश यातायात सवारी भाडा निर्धारण गरीएको ।३. उपलव्ध सीमित स्रोत साधनबाट असिमित आवश्यक्ता

अझै पढ्नुहोस्
समाचार

श्रीलंकामा भएको हात्ती आतंककाे स्थलगत निरिक्षण गर्न पुगे टीकापुरका नगर प्रमुख थारु

टीकापुर/ श्रीलंकामा भएको हात्ती आतंककाे स्थलगत निरिक्षण गर्न टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारु पुग्नु भएको छ ।बुधबार दिउसाे टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल

अझै पढ्नुहोस्
समाचार

जैविकमार्ग लालझाडी मै हात्ती मृत फेला

जमुना न्युरे,सुखड/कंचनपुर जिल्लाको लालझाडी गाउँ पालिका वडा ४ जाइ गाउँमा वयस्क हात्ती मृत फेला परेको छ ।लालझाडी जैविक मार्गमा वयस्क भाले जंगली हात्ती लम्बाई ५.९

अझै पढ्नुहोस्