शून्य सहनशिलताका विषयमा कसैसँग कम्प्रोमाइज हुँदैनः मुख्यमन्त्री शाह

शेयेर गर्नुहोस


सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शून्य सहनशिलताका विषयमा कसैसँग कुनै कम्प्रोमाइज नहुने बताउनु भएको छ ।


शुक्रबार कैलालीको घोडाघोडी तालक्षेत्रमा आयोजित कैलाली जिल्ला समन्वय समितिको नवौं जिल्ला सभा समारोह उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री शाहले सो कुरा बताउनु भएको हो । “केही दिनअघि बिवादित अडियो सार्वजनिक भयो र सम्बन्धित मन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुभयो,” मुख्यमन्त्री शाहले भन्नुभयो, “भष्ट्राचारका सन्दर्भमा प्रदेश सरकार शून्य सहनशिलताको नीति लिएर अगाडी बढेको कुरा प्रष्ट हुन्छ ।”


“बिवादित अडियो सन्र्दभमा सम्बन्धित निकायले स्वतन्त्र र निष्पक्ष छानविनलाई अगाडी बढाउनु पर्दछ, यसमा मेरो व्यत्तिगत र प्रदेश सरकारको सहयोग रहन्छ,” मुख्यमन्त्री शाहले भन्नुभयो, “दोषी दण्डित हुनुपर्दछ, दोषीले उन्मूक्ति पाउनु हुँदैन ।” अख्तियारले छानविन प्रकृया अगाडि बढाईसकेको छ, यसमा प्रदेश सरकारको सहयोग र समन्वय रहने मुख्यमन्त्री शाहले प्रतिवद्धता व्यक्त गर्नुभयो । संसद सुचारु गर्न पटक–पटकको सर्वदलिय बैठक बसेको बताउँदै मुख्यमन्त्री शाहले सदन अवरुद्ध गरेर समस्या समाधान नहुने बताउनु भयो । उहाँले प्रतिपक्षसँग संवाद र सहकार्यबाट संसद सूचारु हुनेमा बिश्वास व्यक्त गर्नुभयो ।


एक अर्को प्रसंग मुख्यमन्त्री शाहले हामी संघीय संरचनामा गईसकेकोले संघीयताको बिकल्प नरहेको बताउनु भयो । उहाँले हामीले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था अंगिकार गरेका छौ, त्यो अनुसारको संविधानलाई संविधानतह निर्माण गरिएका नीति नियमलाई कार्यान्वयनको दिशामा लैजानु पर्ने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

भजहरमा रमाउँदै नारायणपुरका थारु समुदाय

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

मिडियामा अझै पनि समावेशिता अभाव, पत्रकारलाई थुन्ने कानून अस्वीकार्य: प्रेस युनियन अध्यक्ष लम्साल

कपिलवस्तु/नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले बर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसके सरकारबाट बाहिरनु पर्ने बताएका छन् । बर्तमान सरकारले नेपाली जनताको पक्षमा राम्रो

अझै पढ्नुहोस्
समाचार

गाउँ पसेको चितुवाको उद्धार

सुखड कैलाली/ कैलालीको घोडाघोडी नगरपालिका वडा न ८ आमफाटाबाट चितुवाको उद्धार गरिएको छ । गाउँमा पसेको वयस्क चितुवाको सकुशल उद्धार गरिएको हो । आज बिहान

अझै पढ्नुहोस्
समाचार

प्रदेश स्थरिय ह्वूल चियर बास्केटवल प्रतियोगिता

धनगढी / प्रथम प्रदेश स्थरिय ह्वूल चियर बास्केटवल प्रतियोगिताको उपाधी धनगढीले जितेको छ । स्वास्थ्यका लागी खेलकुद भन्ने नाराका साथ अपागंता भएका ब्यक्तीहरुका लागी आयोजित

अझै पढ्नुहोस्
समाचार

घोडाघोडि क्षेत्र बिकास गर्छौ मुख्यमन्त्री शाह

जमुना न्युरे,सुखड/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले घोडाघोडी क्षेत्रको विकासका लागि प्रदेश सरकारले पहल गर्ने बताएका छन् । कैलाली र कञ्चनपुरका प्रमुख सिमसार क्षेत्रहरूमा रहेका

अझै पढ्नुहोस्