शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी/गौरीगंगा ग्रामीण विद्युत सहकारी संस्था समन्वय समिति चौमाला,कैलालीले बिजया दसमी,सुभदिपावली तथा छठ पर्ब-२०८० को अवसरमा सुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।


चौमालामा एक कार्यक्रममा आयोजना गरि गौरीगंगा ग्रामीण विधुत सहकारी संस्था समन्वय समितिका संयोजक हेमन्त राज जोशी ( बाजे ) ले नगर क्षेत्रका ग्रामीण विद्युत सहकारी संस्थाको विद्युत महशुल एकरुपता गराउन विद्युत महशुल समायोजन समितिले पेश गरेको प्रतिबेदन छिटोभन्दा छिटो कार्यान्वयका लागि प्रमुख अतिथि नगर प्रमुख देबिदत्त कडेँल लाई आग्रह गरेका हुन।


कार्यक्रम प्रमुख अतिथि रहेका गौरीगंगा नगरपालिका प्रमुख देवीदत्त कडेलले सहकारी संस्थाले विद्युत महशुल समायोजन सम्बन्धी साउन २४ गतेको प्रतिबेदन आफुले बुझेको र अध्ययन गरि सहकारी शाखा सँग समन्वय गरि छिटै नै कार्यान्वयनका लागि प्रतिबद्धता ब्यक्त गरे। र बिधुत महसुल एकरूपता ल्याई सकेपछी नगर भित्र कुटानी पिसानी,जोताई,ढुवानी लगायतका कार्यमा एकरुपता ल्याउन आफू लागि परेको र सो समन्वयका लागि समन्वय समिती लाई आग्रह गर्दै धन्यवाद सहित सुभकामना ब्यक्त गर्नु भएको थियो।विशिष्ट अतिथि मनु स्मृति ग्रामीण बिधुत सहकारी संस्थाका अध्यक्ष खगेन्द्र जोशीले समन्वय समितिले बिधुत महसुल एकरुपतामा खेलेको भुमिका अनि योगदान पुर्‍याएको भन्दै विद्युत महशुल एकरुपता गराउन अघि बढ्न ध्यानाकर्षण सहित आग्रह गरे ।


बिजया दसमीको समापन सँगै सुभ दिपावलिको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा सहभागीहरुले एक आपसमा सुभकामना आदान-प्रदान गरेका थिए। गौरीगंगा ग्रामीण विद्युत सहकारी संस्था समन्वय समितिका संयोजक हेमन्त राज जोशी ( बाजे ) को सभापतित्वमा सम्पन्न भएको कार्यक्रम नगर श्रेत्र भित्र रहेका ग्रामीण बिधुत सहकारी संस्थाका अध्यक्ष,प्रतिनिधि र ब्यवस्थापक हरुको उपस्तिथि रहेको थियोे।


लाल बहादुर बम ले ब्यक्त गर्नु भएको स्वागत मन्तव्य सुभकामना आदान-प्रदान कार्यक्रमको संचालन समन्वय समिती सदस्य बद्री ओझाले गर्नु भएको थियो।

ताजा खबर

Boost Your Free Spins With The Best Internet Casino Slots

Free Online Port Gamings: No Download Required

Win Real Cash Online Gambling Establishment for Free: An Overview to Online Betting

Chicken Road 2 App Móvil: Cómo Descargar y Jugar en el Teléfono

1win Slot Bonus Rounds Compared

Just how to Validate an ESA Letter: A Comprehensive Overview

सम्बन्धितखवर

छुटाउनु भयो कि !