टीकापुरकाे प्रहरी हिरासतकाे शाैचालय भित्र शव फेला, एस पी अधिकारी द्वारा घटनाकाे अनुसन्धान

शेयेर गर्नुहोस

टीकापुर/ कैलालीको टीकापुर स्थित इलाका प्रहरी कार्यालय टीकापुरको हिरासत भित्र एक व्यक्ति मृत अवस्थामा भेटिएका छन । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय टीकापुरको हिरासत भित्र सुर्खेतको चौकुने गाउँपालिका–३ बेतानका ३५ वर्षका धनबहादुर राना मगर मृत अवस्थामा भेटिएका हुन ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाका अनुसार उनी हिरासत भित्रै रहेको शौचालयमा झुण्डिएको अवस्थामा भेटिएका छन । शौचालय भित्र गएका राना मगर लामो समयसम्म बाहिर नआए पछि हिरासतमा रहेका अन्य व्यक्तिहरुले प्रहरीलाई खबर गरेको डिएसपी सापकोटाले बताउनुभयाे । हिरासत भित्र थप पाँच जना थुनुवा समेत रहेका छन ।

उनिहरुका अनुसार शौचालयको ढोका फोडेर हेर्दा राना मगर आफ्नो गन्जीको पासो लगाएर भेन्टिलेसनमा झुण्डिएको अवस्थामा भेटिएका हुन । कैलाली प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) विश्व अधिकारीकाे टाेलिले थप घटनाका बारेमा थप अनुसन्धान गरिरहेकाे छ । एस पी अधिकारी आफै घटनाको अनुसन्धानमा खटेका छन । प्रहरीका अनुसार मृतक राना मगर भैंसी चोरेको आरोपिमा आइतबार मात्रै पक्राउ परेका थिए । उनी जानकी गाउँपालिका दुर्गौलीबाट एक स्थानीयको भैंसी चोरेर भाग्दै गर्दा पक्राउ परेका थिए ।

ताजा खबर

Iris Android-App: APK-Download und Sicherheit

Mobile casino fruit machines: what Aussie players should weigh before spinning

मान्छेको ज्यान लिएको बाघको गतिविधि गाउँतिर

Nowe kasyno online BLIK: wszystko, co musisz wiedzieć

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Highlights

बुट्का बाबा मन्दिरमा माघी सङ्क्रान्ति तीर्थ मेला लाग्ने

जमुना न्युरे,सुखड/ कैलालीको पुरानो धार्मिक क्षेत्र घोडाघोडी नगरपालिका–७ कृतिपुरमा रहेको बुट्का बाबा मन्दिरमा यो वर्ष पनि माघी सङ्क्रान्ति तीर्थ मेला लाग्ने भएको छ । “भाषा,धर्म,कला,संस्कृति

अझै पढ्नुहोस्
समाचार

बाह्रवनमा रुख कटान तथा बिक्रीवितरण गर्ने संसदीय समितिद्वारा काम रोक्न निर्देशन

सुखड/कैलालीस्थित बाह्रवन साझेदारी वनमा तोकिएको मापदण्डभन्दा अत्यधिक रुख कटान भएको तथ्य बाहिरिएपछि सुदूरपश्चिम प्रदेश सभाअन्तर्गत अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिले काठ कटान तथा बिक्री–वितरणका

अझै पढ्नुहोस्