विमानस्थलमा एक किलो सुनसहित पाँच बंगलादेशी पक्राउ

शेयेर गर्नुहोस

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ३११ ग्राम सुन, चेनरोल, औँठी र चुरासहित पाँच बङ्गलादेशी नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा ३० वर्षीय तौहिदुल तनविर, एमडि युनुस अलि, ५० वर्षीय सोभान तालुकदार, २५ वर्षीय जाहिदुल इस्लाम र ३७ वर्षीय एमडि मिराजुल इस्लाम रहेका छन् ।

पक्राउ परेकामध्ये तौहिदुलको साथबाट २१६ ग्राम, युनुसको साथबाट २३३ ग्राम, सोभानको साथबाट १०० ग्राम, जाहिलदुलको साथबाट ३३२ ग्राम र मिराजुलको साथबाट ४३० ग्राम सुन बरामद गरिएको प्रहरीले जनाएको छ

हिमालयन एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौँ हुँदै मङ्गलबार बङ्गलादेश जान लागेका उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाते झोला परीक्षण गर्दा उक्त सुन फेला परेपछि नियन्त्रणमा लिइएको हो ।

उनीहरुलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि आज त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

खुल्ला आकाशमा भविष्य खोज्दै

जमुना न्युरे,सुर्खेत /असार साउनको भेल होस यात पुष माघको कठ्याङ्गीदो जाडोमा स –साना बालबालिका खालि खुट्टा शरीरमा एक सरो पातलो लाज ढाक्ने कपडामा खुल्ला आकाशमा

अझै पढ्नुहोस्
समाचार

जुपिटर एकेडेमीको १६ औँ बार्सिकत्सब तथा अभिभावक दिवस सम्पन्न

जुपिटर एकेडेमी नेपाल गौरीगंगा नगरपालिका-६,बनबेहडा,कैलालीको १६ औँ बार्सिकत्सब तथा अभिभावक दिवस बिधालयको प्रांगणमा विविध सांस्कृतिक कार्यक्रम सहित सम्पन्न भएको छ।स्कुलका अध्यक्ष खकेन्द्र बुढा ज्यु को

अझै पढ्नुहोस्
समाचार

गेटास्थित विश्वविद्यालय संचालनको माग सहित सिडियो मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

धनगढी/कैलालीको गेटा स्थित शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको पूर्णरुपमा संचालनको माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । धर्मसिंह कुवर र लोकराज पाण्डेय (आगो)

अझै पढ्नुहोस्
समाचार

सुनौलो तोपचराको शुक्लाफाटा राष्ट्रिय निकुन्जमा गणना सुरु

विश्वमा दुलर्भ मानिएको सुनौलो तोपचराको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आजदेखि गणना सुरु गरेको छ । दुई समूहमा विभाजित भई निकुञ्ज कार्यालयले सुनौलो तोप चराको अनुगमन तथा

अझै पढ्नुहोस्