विकास सबै नगरवासिको चाहना होइन र ?

शेयेर गर्नुहोस

टीकापुर नगरपालिका वडा नं. १ भानुचाेक स्थित सार्वजनिक स्थलमा जिर्ण अवस्थामा ( सडककाे सतह भन्दा गहिरो अवस्थामा रहेकाे , मर्मत गरेर बनाउन नसकिने ) शाैचालय भत्काएर साेहि स्थानमा एशियन डेभलपमेन्ट बैंककाे आर्थिक सहयाेगमा करिव २० लाखमा बन्न लागेकाे अत्याधुनिक सुविधा सम्पन्न शाैचालयकाे निर्माणकार्य केही अराजक तत्वले राेकेकाे भन्ने सुनिन आएको छ ।

सार्वजनिक स्थलमा शाैचालय नबने कसैको निजि जग्गामा बन्ला त ? याे प्रस्न विकास विरोधी तत्वमा संलग्नहरुलाई गर्न चाहन्छाै । राजनैतिक प्रतिसाेधका कारण टीकापुर नगरका विकास विरोधी तत्व लाई सबैले चिन्न जरुरी छ । राजनैतिक प्रतिसाेधका कारण टीकापुरकाे विकासमा हुने बाधक जाेसुकै हाेस त्यस्ता विकास बिराेधिलाइ नाङ्गेझार बनाउन विकास प्रेमी नगरवासीमा अवकाे आवश्यकता रहेकाे छ । सबै टीकापुर वासिले याे विषयमा चासाे, चिन्ता र विमर्श गर्न आवश्यक छ ।

शाैचालय निर्णयकालागि सराेकार राख्ने पक्ष संग सर्वपक्षीय छलफल आवश्यक जरुरी रहेकाे छ । देशभरका ३ वटामात्र स्थानीय तहमा बन्दै गरेको शाैचालय मध्ये एउटा अत्याधुनिक सुविधा सम्पन्न भएको शाैचालय टिकापुर नगरपालिकाकाे शुन्य लगानीमा बन्नु लागेकाे नगरवासिका लागि गाैरवकाे कुरा हो ।
राजनीतिक प्रतिसाेधका कारण बन्दै गरेको विकास निर्माणको कार्यमा बाधापुर्‍याउने होइन , टीकापुर नगरकाे विकास गर्ने सवालमा सबै एकजुट भएर हातेमालो गर्दै अघि बढ्न जरुरी रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

नागरिक उन्मुक्ति पार्टीको वडा नं. ४ मा प्रथम वडा भेला सम्पन्न

माेहित श्रीपाइली,टीकापुर/नागरिक उन्मुक्ति पार्टीको प्रथम वडा भेला तथा वडा समिति गठन गरिएको छ ।शनिबार कैलालीको टीकापुर नगरपालिका वडा नं. ४ मा नागरिक उन्मुक्ति पार्टीकाे प्रथम

अझै पढ्नुहोस्
Highlights

सेती प्रादेशिक अस्पताललाई ३५ लाख पर्ने मेसिन प्रदान

धनगढी- सेती प्रादेशिक अस्पताललाई रगत जाँच गरेर भिन्न स्वास्थ्य समस्याको पहिचान गर्न सकिने ३५ लाख मूल्य बराबरको मेसिन प्रदान गरिएको छ। एक समारोहबीच लाइन्स क्लब

अझै पढ्नुहोस्
समाचार

दर्ता नभएका उपभोक्ता समितिबाट याेजनाका काम गर्न नपाइने

टीकापुर/स्थानीय तहमा याेजना निर्माण कार्यकाे लागि गठन हुने उपभोक्ता समिति अब देखि दर्ता नभए याेजना निर्माणको काम गर्न नपाइने भएको छ ।सङ्घीय मामिला तथा सामान्य

अझै पढ्नुहोस्
समाचार

कानुन बमोजिम नै याेजनाकाे काम अघि बढाउन स्थानीय तहलाई मन्त्रालयकाे पत्र

टीकापुर/ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपभोक्ता समितिमार्फत याेजना कार्यान्वयन गर्ने सम्बन्धमा कानुन बमोजिम नै हुने प्रस्ट्याएको छ । स्थानीय तहको वार्षिक बजेट तथा

अझै पढ्नुहोस्