
टीकापुर/ सांसद रेशम लाल चाैधरीको नयाँ दल नेपाल समाजवादी पार्टी दर्ताको अन्तिम चरणमा रहेकाे छ ।
सांसद रेशम लाल चाैधरीकी धर्मपत्नी रन्जिता श्रेष्ठ चाैधरीकाे संयाेजकत्वमा २१ सदस्यीय केन्द्रीय समिति गठन ठगर्दै पार्टी दर्ताकाे अन्तिम चरणमा पुगिएकाे बताइएको हाे ।

दर्ता हुने पार्टीको नाम नेपाल समाजवादी पार्टी र चुनाव चिन्ह ढकिया प्रस्ताव गरिएको बुझिएको छ । पुस १८ गते ण कार्यालयमा पार्टी दर्ताको काम हुने र साेहि दिन बृहत् झाकि सहितकाे काठमाडौंमा भेला हुने कार्यक्रम तय भएको छ । पुस १८ गतेकालागि विभिन्न जिल्लाबाट झाकी र विभिन्न नाच सहित सांसद रेशम चाैधरी समर्थक नेता, कार्यकर्ता तथा कलाकारहरु काठमाडौं जाने कार्यक्रम तय गरिएको बुझिएको छ ।
पुस १८ गते रेशमलाल चाैधरी समर्थित नेता कार्यकार्ता, शुभचिन्तक तथा स्थानीय कलाकारहरुकाे झाकि सहितकाे प्रदसनि गरिने कार्यक्रम तय गरिकाे स्रोतकाे दावि रहेको छ । पुस १८ गते काठमाडौंमा हुने वृहत झाकि सहितकाे भेलाकाेलागि विभिन्न जिल्लाबाट कलाकार तथा कार्यकर्ताहरु काठमान्डाै जाने कार्यक्रम तय भएको बुझिएको छ । काठमाडौंमा हुने बृहत् भेलामा उपस्थित हुन सांसद रेशम लाल चाैधरीले आफू समर्थित नेता, कार्यकर्ता र कलाकारहरुलाइ आग्रह गर्नुभएको बुझिएको छ ।