TRENDING

रुख सडकमा खस्दा दुई दिन देखि टीकापुर पार्क राेड अवरुद्ध, विजुलिका पाेल टुट्दा पार्क क्षेत्र अन्धकार

शेयेर गर्नुहोस

एल बी बुढा,टीकापुर/ कैलालीको टीकापुरमा सिमलकाे रुख पार्क सडक खस्दा दुई दिन देखि टीकापुर पार्क राेड अवरुद्ध भएको छ । शनिबार आएको हावाहुरीले करिव सय वर्ष पुरानाे सिमलकाे रुख पार्क राेडमा खस्दा सडक अवरुद्ध भएको हाे ।

पार्क राेडमा खसेको सिमलकाे रुख धेरै ठुलाे भएका कारण दुई दिन सम्म पनि हटाउन सकिएको छैन । टीकापुर नगरपालिका र स्थानीयकाे सहयाेगमा दुई दिन देखि रुख काट्ने काम भए पनि रुख माेटाे र पुरानाे भएका कारण काट्न समय लागेकाे नगरपालिकाले जनाएको छ । नगरपालिकाकाे स्काई भेटरले काटकाे सिमलकाे रुखलाइ सडकबाट साइट लगाइ रहेकाे जनाएको छ ।

चारैतिर घर घर रहेकाे साे क्षेत्रमा रातिकाे समयमा कसैकाे घरमा नखसि खुल्ला ठाउमा खस्नु भाग्यकाे कुरा भएको स्थानीय टेक बहादुर खड्काले बताउनुभयो । उहाँले सयाै वर्ष पुरानाे सिमलकाे रुख रातिकाे समयमा घरमा नखस्नु भनेकाे दैवकाे लिला भएको बताउनुभयो । उहाले यसले गर्दा भगवान प्रती आफ्नो आस्था बढेर आएको बताउनुभयो । रुख विजुलीकाे तारमा खस्दा पाँच वटा विजुलीका पाेल टुटेका छन् । विजुलीका पाेल टुट्दा दुई दिन देखि टीकापुर पार्क र आसपासकाे क्षेत्रमा विजुली नहुदा अन्धकार भएको छ ।

नेपाल बिद्धुत प्राधिकरण टीकापुर वितरण केन्द्रले भाचिएका विजुलीका पाेल हाल्ने काम गरिरहेकाे छ । मंगलबार साझ सम्म भाचिएका विजुलीका पाेलहरु मर्मत गरि सकिने नेपाल बिद्धुत प्राधिकरण टीकापुर वितरण केन्द्रले जनाएको छ ।
टीकापुर सडक अवरुद्ध हुदा टीकापुर पार्कमा आउने पर्यटकहरुलाइ असहज भएको छ भने स्थानीयलाई समेत आवत जावतमा समस्या भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Пинко Казино Официальный Сайт – Играть в Онлайн Казино Pinco

Versprechen und Verlockungen: Ninecasino-Bonus.at und die Welt der Online-Casinos

1xbet – официальный сайт 1хбет (2025)

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

लुम्बिनीमा दुई दिने तेस्रो नेपाल बर्ड फेयर सुरु

जमुना न्युरे/रुपन्देही जिल्लाको लुम्बिनीमा तेस्रो नेपाल बर्ड फेयर आज देखि सुरु भएको छ , जसले चरा तथा पर्यापर्यटनको आकर्षण उजागर गर्ने उद्देश्य राखेको छ। लुम्बिनीको

अझै पढ्नुहोस्
समाचार

प्रदेश प्रमुख नजीर मियाले शुक्रबार पदभार ग्रहण

धनगढी : सुदूरपश्चिमका लागि नयाँ नियुक्त भएका प्रदेश प्रमुख नजीर मियाले शुक्रबार पदभार ग्रहण गरेका छन । शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा उनले पदभार ग्रहण गरेका

अझै पढ्नुहोस्
समाचार

पहिरो पिडितका नाममा गरिएको वन अतिक्रमण हटायो

जमुना न्युरे,धनगढी/कैलालीको जिल्लाको चुरे गाउँपालिका ४ को टाँक गडामा वन अतिक्रमण गरि निर्माण गरियका सरचना तथा घरटहरा आज हटाएको छ ।डिभिजन बन कार्यलय धनगढीका प्रमुख

अझै पढ्नुहोस्