रुख सडकमा खस्दा दुई दिन देखि टीकापुर पार्क राेड अवरुद्ध, विजुलिका पाेल टुट्दा पार्क क्षेत्र अन्धकार

शेयेर गर्नुहोस

एल बी बुढा,टीकापुर/ कैलालीको टीकापुरमा सिमलकाे रुख पार्क सडक खस्दा दुई दिन देखि टीकापुर पार्क राेड अवरुद्ध भएको छ । शनिबार आएको हावाहुरीले करिव सय वर्ष पुरानाे सिमलकाे रुख पार्क राेडमा खस्दा सडक अवरुद्ध भएको हाे ।

पार्क राेडमा खसेको सिमलकाे रुख धेरै ठुलाे भएका कारण दुई दिन सम्म पनि हटाउन सकिएको छैन । टीकापुर नगरपालिका र स्थानीयकाे सहयाेगमा दुई दिन देखि रुख काट्ने काम भए पनि रुख माेटाे र पुरानाे भएका कारण काट्न समय लागेकाे नगरपालिकाले जनाएको छ । नगरपालिकाकाे स्काई भेटरले काटकाे सिमलकाे रुखलाइ सडकबाट साइट लगाइ रहेकाे जनाएको छ ।

चारैतिर घर घर रहेकाे साे क्षेत्रमा रातिकाे समयमा कसैकाे घरमा नखसि खुल्ला ठाउमा खस्नु भाग्यकाे कुरा भएको स्थानीय टेक बहादुर खड्काले बताउनुभयो । उहाँले सयाै वर्ष पुरानाे सिमलकाे रुख रातिकाे समयमा घरमा नखस्नु भनेकाे दैवकाे लिला भएको बताउनुभयो । उहाले यसले गर्दा भगवान प्रती आफ्नो आस्था बढेर आएको बताउनुभयो । रुख विजुलीकाे तारमा खस्दा पाँच वटा विजुलीका पाेल टुटेका छन् । विजुलीका पाेल टुट्दा दुई दिन देखि टीकापुर पार्क र आसपासकाे क्षेत्रमा विजुली नहुदा अन्धकार भएको छ ।

नेपाल बिद्धुत प्राधिकरण टीकापुर वितरण केन्द्रले भाचिएका विजुलीका पाेल हाल्ने काम गरिरहेकाे छ । मंगलबार साझ सम्म भाचिएका विजुलीका पाेलहरु मर्मत गरि सकिने नेपाल बिद्धुत प्राधिकरण टीकापुर वितरण केन्द्रले जनाएको छ ।
टीकापुर सडक अवरुद्ध हुदा टीकापुर पार्कमा आउने पर्यटकहरुलाइ असहज भएको छ भने स्थानीयलाई समेत आवत जावतमा समस्या भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

मुख्यमन्त्री शाह र बिधान समितिका सभापति बिष्टलाई गरे सम्मान कर्मचारी युनियनले

धनगढी/नेपाल निजामती कर्मचारी युनियन सुदूरपश्चिमद्वारा मुख्यमन्त्री शाह र बिधायन समिती सभापति बिष्टलाई सम्माननेपाल निजामती कर्मचारी युनियन सुदूरपश्चिम प्रदेशले मुख्यमन्त्री कमल बहादुर शाह र सुदुरपश्चिम मामिला

अझै पढ्नुहोस्
समाचार

लागू औषध खैरो हेरोईन सहित खक्राैलाबाट प्रहरीद्वारा एक युवक पक्राउ

टीकापुर/कैलालीकाे टीकापुरमा लागू औषध खैरो हेरोईन सहित एक युवकलाई प्रहरीले पक्राउ गरेकाे छ । टीकापुर नगरपालिका वडा नं. ९ खक्रौला स्थित नेपाल भारतको सिमाना नजिकबाट

अझै पढ्नुहोस्
समाचार

कम्युनिष्टप्रति विश्वास बढाउन सिद्धान्त र व्यवहारको राम्रो तालमेल आवश्यक

काठमाडौ /वामपन्थी पार्टीहरूको साझा फोरमका रूपमा अध्ययन, अध्यापन र अनुसन्धानको काम गर्दै आइरहेको मार्क्सवादी ज्ञान केन्द्रले ‘समाजवाद र वामपन्थी शक्तिहरूको कार्यभार’ विषयक अन्तरक्रियासहित आफ्नो तेस्रो

अझै पढ्नुहोस्
समाचार

कैलाली कञ्चनपुरमा भारी वर्षा, सतर्कता अपनाउन प्रशासनको आग्रह

धनगढी । कैलाली कञ्चनपुरमा भारी वर्षाको सम्भावना रहेको भन्दै प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलाली र कञ्चनपुरले एक सूचना जारी

अझै पढ्नुहोस्