राष्ट्रिय माध्यमिक विद्यालय सुखडको २ बिघा जमिन व्यापारी तथा ठुलाबडाको कब्जामा 

शेयेर गर्नुहोस

सुखड । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयको २ बिघा जमिन विगत २२ वर्ष देखी व्यापारी तथा ठुलाबडा भनाउदाहरुको कब्जामा रहेको तथ्य फेला परेको छ ।

२२ वर्षदेखि उनीहरूले भाडासमेत दिएका छैनन् । २०५८ साल देखी विभिन्न मितिमा विद्यालय सँग सम्झौता मासिक भाडा तिर्ने गरेर जग्गा लिएका उनीहरूले भाडा दिन समेत आनाकानी गर्दै आएका छन् । त्यसका साथै विद्यालयको नाममा दर्ता श्रेस्ता कायम भएको कित्ता नम्बर ९७ र २५१ को जग्गामा व्यापारिक प्रयोजनका लागी सम्झौता गरेका स्थानीय व्यापारीहरू हाल उक्त जग्गा नै आफ्नो भन्दै दाबी गरिरहेका छन् ।

२०५५ सालमा नाप जाँच भएको विद्यालयको जग्गा भाडामा लिई हाल १ सय ६६ जना बसोबास गरिरहेका छन् । त्यस मध्ये १ सय ११ जनाको अभिलेख विद्यालय सँग सुरक्षित रहेको छ । सम्झौता पत्रमा हस्ताक्षर गरेकाहरूले समेत हाल सम्म भाडा रकम विद्यालयलाई बुझाएका छैनन् बरु सो जग्गा आफ्नै भएको भन्दै भाडा सङ्कलनमा अवरोध गरिरहेका छन् । विद्यालय रहेको अभिलेख अनुसार शान्तु देवी रिजालका श्रीमान् भीम प्रसाद रिजालले २०५९ साल वैशाख २४ गते मासिक १७५ रुपैयाँ तिर्ने गरी भाडा सम्झौता गरेका छन् ।

भाडा सम्झौता भएको विद्यालयको जमिनमा बनेको अस्थायी संरचनामा विद्युत् लाइन जडान गर्ने प्रक्रियाका लागि शान्तु देवी रिजालले २०६३ साल माघ २५ गते पुनः अर्को सम्झौता गरेकी छन् । तर विद्यालयका अनुसार उनै रिजालले विद्यालयको जग्गा भाडामा नलिएको र बसिरहेको जग्गा आफ्नै भएको दाबी गर्दै आएकी छन् । यस्तै हाल घोडाघोडी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख समेत रहेका लक्ष्मी प्रसाद भट्टराईले २०६६ साल माघ २७ गते विद्यालय सँग जग्गा भाडाको सम्झौता गरेका छन् ।

यसै विद्यालयका पूर्व प्रधानाध्यापक खेमराज जोशी र होमकान्त आचार्यले समेत जग्गा भाडामा लिएको विद्यालयको अभिलेखले जनाएको छ । जोशीले २०५८ माघ ३० गते र आचार्यले २०५८ माघ २५ गते भाडाको सम्झौता गरेका छन् । तर उनीहरूले हाल सो जग्गा अन्यलाई बिक्री गरिसकेको श्रोतको दाबी छ । विद्यालयको जग्गा भाडा सम्झौता गर्नेमा स्थानीय तिलक प्रसाद भट्टराईले २०५८ साल माघ २५ मा, मानबहादुर मल्लले २०६३ माघ २८ गते, शिवप्रसाद सापकोटाले २०६३ माग २८ गते, स्थानीय हिमाल ज्ञवालीले २०६३ माघ २१ गते विद्यालय सँग सम्झौता गरेका छन् । उनीहरू सहित १ सय ११ जनाको अभिलेख विद्यालयमा सुरक्षित छ ।

घोडाघोडी क्षेत्रकै प्रभुत्व राख्ने व्यक्तिहरूले विद्यालयको जग्गामा रजगज चलाई रहेको विद्यालयको भनाई छ । यो ठाउँका लागि महत्त्वपूर्ण योगदान गरेका, ठाउँका लागी आवश्यक र प्रभावशाली व्यक्तिहरूले नै विद्यालयको जग्गा कब्जा गरेका छन् । उल्टै व्यापारी तथा ठुलाबडा भनाउदाहरुले विद्यालयलाई उनीहरूले नै असहयोग गरिरहेको विद्यालयको भनाई छ ।

जमिन नहुँदा रोकियो अगाडी बढ्न सकेन विशेष विद्यालयको काम 

फरक क्षमता भएका विद्यार्थीहरूका लागी छुट्टै सुविधा सम्पन्न विद्यालय स्थापना गर्ने सरकारको नीति अनुसार सुदूरपश्चिम प्रदेशको एक मात्र विद्यालय निर्माण तथा सञ्चालनका लागी २०७५ सालमा घोडाघोडी छनौट भई योजना आएको थियो । स्थानीय डोडानदी किनारको जमिन देखाउँदै तत्कालीन शिक्षा मन्त्री गिरिराजमणि पोख्रेलबाट शिलान्यासको कर्मकाण्ड पुरा गरे पनि अन्ततः त्यो ठाउँ भवन निर्माण लागी उपयुक्त भएन । विद्यालयका अनुसार सो भवन निर्माणका लागी २०७५ सालमै करिब एक करोड रकम आएको थियो ।

भवन निर्माणका लागि नदी किनारको जग्गा उपयुक्त नहुने र विद्यालयको आफ्नो जग्गा अरूको कब्जामा रहेपछि हाल सम्म पनि विशेष विद्यालयको काम अघि बढ्न सकेको छैन । उक्त क्षेत्रमा समेत व्यापारीहरूले घर÷टहराहरू निर्माण गरेका छन् । विभिन्न किसिमका  व्यापारहरू समेत गर्दै आएका छन् । त्यो क्षेत्रमा समेत विद्यालयले व्यापारिक भवनहरू निर्माण गर्ने योजना बनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हमालका अनुसार भूमिगत पार्किङ (अन्डरग्राउन्ड), स्टार होटलहरु, सिनेमा हलहरूसहितको ठुलो व्यापारिक भवनहरू निर्माण गर्ने योजना छ ।

घोडाघोडी नगरपालिकाले उक्त क्षेत्रमा व्यापारिक भवन निर्माणका लागि विस्तृत योजना प्रतिवेदन (डिपिआर) तयार गर्दैछ । एसियाली विकास बैङ्क (एडिबी) तथा नगर विकास कोषको ऋण सहयोगमा  व्यापारिक (सपिङ कम्प्लेक्स) निर्माण गर्ने योजना विद्यालयको छ । वर्तमान व्यवस्थापन समितिले सो भवन निर्माण गर्न स्थानीयको कब्जामा रहेको कित्ता ९७ र २५१ नम्बरको आफ्नै जग्गा खाली गराउने अभियान थालेको छ । तर सरोकारवाला निकाय र व्यक्तिहरूले उल्टै असहयोग गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Veliki Svet za Zabavo pri Grand Mondialu

Estructuras sólidas para ganar con estrategias innovadoras en spinwinera casino online

Spanning en strategie verhogen je winkansen bij holyluck casino online vandaag

Discover the Exhilaration of Free Slot Gamings – No Download And Install Required!

No Account Casino Sites: The Future of Online Gambling

Are you able to win real money playing no-cost casino games?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

श्रेणी बिहीन बन रक्षक कर्मचारीहरूले अन्य प्रदेश तृतीय श्रेणी समायोजन गर्न भन्दै मन्त्रालयमा धर्ना सुरू

जमुना न्युरे,धनगढी /सुदूरपश्चिम प्रदेशमा श्रेणी बिहीन बन रक्षक कर्मचारीहरूले आफूहरूलाई अन्य प्रदेश सरह तृतीय श्रेणीमा समायोजन गर्न माग राख्दै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको

अझै पढ्नुहोस्