राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धनलाई सहयोग गर्न नागरिक उन्मुक्तीलाई आग्रह

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी /राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ नागरिक उन्मुक्ति पार्टीलाई सत्ता गठबन्धन दलका उम्मेदवारहरुलाई विजयी गराउनमा सहयोग गर्न आग्रह गरिएको छ । आसन्न राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धन दलका उम्मेदवारहरुलाई मतदान गर्न नागरिक उन्मुक्ति पार्टीलाई आग्रह गरिएको हो ।


बुधबार नेपाली काँग्रेस कैलाली जिल्ला पार्टी कार्यालय धनगढीमा बसेको बैठकले कैलाली जिल्लामा रहेका प्रदेश सांसद, नगरपालिका प्रमुख र उपप्रमुख गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरुसंग प्रत्यक्ष सम्पर्क गरेर जिल्लामा समन्वय गर्ने निर्णय गरेको नेपाली काँग्रेसका जिल्ला सचिव केशव राज मिश्रले बताए ।


नेपाली काँग्रेस कैलालीका सचिव केशवराज मिश्रको संयोजकत्वमा वसेको बैठकमा नेकपा माओवादीका तर्फवाट दुर्गा वडुवाल, नेकपा समाजवादीवाट दिर्घराज कापडी जोशीको सहभागीता रहेको थियो ।
बैठकमा राष्ट्रियसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेस कैलाली सभापति नारायण दत्त भट्ट, नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य एवं राष्ट्रियसभा सदस्य उम्मेदवार रेणु चन्दको पनि उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

संक्रमणकालीन न्यायमा परिपूरण, पुनस्र्थापकीय न्याय र मेलमिलाप विषयक परामर्श कार्यक्रम सम्पन्न

जमुना न्युरे,धनगढी /कैलाली जिल्लाको धनगढीमा भएको नेपालको संक्रमणकालीन न्यायमा परिपूरण, पुनस्र्थापकीय न्याय र मेलििमलाप विषयक परामर्श बैठठकमा कार्यक्रममा बोल्दै द्वन्द्व पीडितहरुले दस वर्षे सशस्त्र द्वन्द्वमा

अझै पढ्नुहोस्
राजनीति

नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीकाे तालमेलमा १२ बुदे सहमतिमा हस्ताक्षर

टीकापुर/नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको तालमेलमा १२ बुदे सहमतिमा हस्ताक्षर भएको छ ।नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र जनमत पार्टीका अध्यक्ष डा

अझै पढ्नुहोस्
समाचार

रुख सडकमा खस्दा दुई दिन देखि टीकापुर पार्क राेड अवरुद्ध, विजुलिका पाेल टुट्दा पार्क क्षेत्र अन्धकार

एल बी बुढा,टीकापुर/ कैलालीको टीकापुरमा सिमलकाे रुख पार्क सडक खस्दा दुई दिन देखि टीकापुर पार्क राेड अवरुद्ध भएको छ । शनिबार आएको हावाहुरीले करिव सय

अझै पढ्नुहोस्
समाचार

पाटे बाघ आहार खोज्दै रामजानकी वनमा

सुखड/ कैलालीको घोडाघोडी क्षेत्रमा रहेको रामजानकी सामुदायिक वनमा कहि समय देखि पाटे बाघको देखा परेको छ । सब डिभिजन वन कार्यलय सुखडको नियमित वन गस्ती गर्न

अझै पढ्नुहोस्