युनियनद्वारा पत्रकार महासंघका उम्मेदवारको सूची तयार गर्न समिति गठन

शेयेर गर्नुहोस


काठमाडौं/नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघको निर्वाचन सुनिस्चित गर्न माग गरेको छ । प्रेस युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा बसेको सचिवालय बैठकले पत्रकार महासंघको विधान अनुसार सदस्यता टुंगाएर निर्वाचनको सुनिस्चित गर्न आग्रह गरेको हो ।


युनियनले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा उम्मेदवारको प्रारम्भिक सूची तयार गरी आवश्यक परामर्श गर्नका लागि युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम के.सी.को संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । समितिको सदस्यहरुमा उपाध्यक्षहरु नकुल अर्याल, भीष्मराज ओझा, सलोजा दाहाल र सदस्य सचिवमा युनियनका महासचिव दिलीप पौडेल रहेका छन् ।


महासंघको अधिवेशन जेठ २६ गते तोकिएको भए पनि सदस्यता विवाद नटुंगिए पछि युनियनले महासंघका शाखाले सर्वसम्मत रूपमा सिफारिस गरेका सदस्यहरू कायम गर्न, जिल्लाबाट सिफारिस गरेपछि कतिपय प्रदेश समितिले हटाएका नामलाई समेत कायम गर्नुका साथै कारणबस छुटेर प्रदेश समितिमा उजुरी परी छानबिनबाट सिफारिस भएका सदस्यहरूलाई कायम गर्दै महासंघको सदस्यता टुंगाउन आग्रह गरेको छ ।
सचिवालय बैठकले सन् २०२४ जुन १९ मा बेलायतको लन्डनमा आयोजना हुने अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) को वार्षिक साधारण सभामा सहभागी हुन नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साललाई पठाउने निर्णय गरेको महासचिव दिलीप पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

भजहरमा रमाउँदै नारायणपुरका थारु समुदाय

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

वर्ष २०२५ को अध्यक्षमा लक्ष्मण न्युरे निर्विरोध निर्वाचित

कैलालीको घोडाघोडी जेसिज शाखाको तेस्रो अधिवेशन शनिवार सम्पन्न भएको छ । तेस्रा अधिवेशन बाट वर्ष २०२५ को अध्यक्षमा लक्ष्मण न्युरे निर्विरोध निर्वाचित भएका छन् ।

अझै पढ्नुहोस्
प्रदेश

बाढीपीडितका नाममा वन अतिक्रमण गरि बनाएका घर वन कार्यालयले भत्कायाे

जमुना न्युरेसुखड /बाढीपीडितकाे नाममा सामुदायिक वन अतिक्रमण गरि बनाएका घर टहरा वन कार्यालयले भत्काएको छ । कैलालीको भजनी नगरपालिका वडा न . ७ हिम्तपुर स्थित

अझै पढ्नुहोस्
समाचार

लैङिक समावेशी विषयमा प्रदेश सरकारले छलफल गरेको छः मन्त्री खडका

धनगढी/ सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खडका प्रदेश सरकारले प्रदेश सरकारसे लैङिक समावेशी विषयमा छलफल गरि क्याबिनेटतर्फ जगिएको बताएका छन । मानव अधिकारका

अझै पढ्नुहोस्
पर्यटन

माघी होमस्टेमा हुने लाटोकोसेरो उत्सबको तयारी तीब्र

जमुना न्युरे ,सुखड /कैलालीको घोडाघोडी नगरपालिका–४ स्थित माघी होमस्टे थारु गाउँमा आयोजना भइरहेको लाटोकोसेरो तथा हुचिल उत्सवको तयारी तिब्र पारिएको छ ।आउदो माघ २० र

अझै पढ्नुहोस्