TRENDING
Бонусы за регистрацию: как получить выгоду от своих ставок
Почему предвкушение триумфа повышает самоуверенность
По какой причине мы часто ощущаем азарт перед новыми проектами
Почему состояние ожидания результата запускает фантазию
Next
Prev

युनियनद्वारा पत्रकार महासंघका उम्मेदवारको सूची तयार गर्न समिति गठन

शेयेर गर्नुहोस


काठमाडौं/नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघको निर्वाचन सुनिस्चित गर्न माग गरेको छ । प्रेस युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा बसेको सचिवालय बैठकले पत्रकार महासंघको विधान अनुसार सदस्यता टुंगाएर निर्वाचनको सुनिस्चित गर्न आग्रह गरेको हो ।


युनियनले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा उम्मेदवारको प्रारम्भिक सूची तयार गरी आवश्यक परामर्श गर्नका लागि युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम के.सी.को संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । समितिको सदस्यहरुमा उपाध्यक्षहरु नकुल अर्याल, भीष्मराज ओझा, सलोजा दाहाल र सदस्य सचिवमा युनियनका महासचिव दिलीप पौडेल रहेका छन् ।


महासंघको अधिवेशन जेठ २६ गते तोकिएको भए पनि सदस्यता विवाद नटुंगिए पछि युनियनले महासंघका शाखाले सर्वसम्मत रूपमा सिफारिस गरेका सदस्यहरू कायम गर्न, जिल्लाबाट सिफारिस गरेपछि कतिपय प्रदेश समितिले हटाएका नामलाई समेत कायम गर्नुका साथै कारणबस छुटेर प्रदेश समितिमा उजुरी परी छानबिनबाट सिफारिस भएका सदस्यहरूलाई कायम गर्दै महासंघको सदस्यता टुंगाउन आग्रह गरेको छ ।
सचिवालय बैठकले सन् २०२४ जुन १९ मा बेलायतको लन्डनमा आयोजना हुने अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) को वार्षिक साधारण सभामा सहभागी हुन नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साललाई पठाउने निर्णय गरेको महासचिव दिलीप पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Бонусы за регистрацию: как получить выгоду от своих ставок

Почему предвкушение триумфа повышает самоуверенность

По какой причине мы часто ощущаем азарт перед новыми проектами

Почему состояние ожидания результата запускает фантазию

सम्बन्धितखवर

छुटाउनु भयो कि !

खेलकुद

मैत्रीपूर्ण फुटबलको उपाधि शिक्षकको टिमको जित

१४ कात्तिक,सुखड । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा भएको मैत्रीपूर्ण फुटबलको उपाधि शिक्षकहरूको टिमले जितेको छ । मङ्गलवार भएको फाइनल खेलमा घोडाघोडी जेसीजलाई ०४–० गोलको अन्तरले

अझै पढ्नुहोस्
समाचार

अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले स्थायी पदपूर्तिको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाए

धनगढी/अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले स्थायी पदपूर्तिको व्यवस्था गर्न माग गर्दै सुदूरपश्चिम प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ । सोमबार मुख्य

अझै पढ्नुहोस्
प्रदेश

प्रधानमन्त्री देउवा टीकापुरमा, बाढी प्रभावितलाइ राहत दिने आस्वासन

टीकापुर/ प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको पूर्वीक्षेत्रका बाढी र डुबान प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ ।शुक्रबार प्रधानमन्त्री देउवाले टीकापुर क्षेत्रमा भएको बाढीपीडित क्षेत्रकाे स्थलगत अवलोकन

अझै पढ्नुहोस्
समाचार

सुदूरपश्चिम प्रदेशमा नेपाल प्रेस युनियनको ३३ औँ स्थापना दिवस मनाइयो

धनगढी । नेपाल प्रेस युनियनको ३३ औँ स्थापना दिवस सुदूरपश्चिम प्रदेशमा पनि विभिन्न कार्यक्रम गरी मनाएको छ । प्रेस युनियन सुदूरपश्चिम प्रदेश कमिटीको आयोजना तथा कैलाली

अझै पढ्नुहोस्