म कुनै समूहको भेलामा पनि जान्नँ : गजुरेल

शेयेर गर्नुहोस

६ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद एवं स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले आफू कुनै पनि पक्षले बोलाएको सांसदहरुको भेलामा नजाने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान सांसदहरुलाई बालुवाटारमा बोलाएका छन् भने कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले दिउँसो संसदीय दलको बैठक बोलाएका छन् ।

सांसद गजुरलेले भने दुबै पक्षको भेलामा नजाने बताएका छन् । ‘हामीले पार्टी एकताको पक्षमा प्रयास गरेका थियौं । त्यो सफल हुन सकेन’ स्थायी कमिटी सदस्य गजुरेलले अनलाइनखबरसँग भने, ‘पार्टीमा जुन अवस्था आयो, त्यो निकै दुःखद छ ।’

उनले आइतबार आफूले प्रधानमन्त्रीलाई भेटेको भनेर गरिएको प्रचारको पनि खण्डन गरे । उनले भने, ‘अहिले म कतै पनि गएको छैन र जान्नँ पनि ।’

Comments 1

  1. Abhiyan Thapa says:

    This is testing comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

हाट बजारमा डोजर चलाइयो

धनगढी– कैलाली जिल्ला अदालतको अन्तरिम आदेशलाई लत्याउँदै धनगढी उपमहानगरपालिकाले वडा नम्बर ४ स्थित दक्षिणकाली हाटबजारमा डोजर चलाएको छ। सो हाटबजारमा सम्झौता विपरीत कुनै पनि कार्य

अझै पढ्नुहोस्
समाचार

निसर्ग अस्पतालका अध्यक्ष पन्त सम्मानित

धनगढी/धनगढी स्थित निसर्ग अस्पताल एण्ड रिसर्च अस्पतालका अध्यक्ष तिर्थराज पन्त सम्मानित भएका छन् । नेपाली कांग्रेस कैलालीको दोस्रो सम्मेलनमा स्वास्थ्य क्षेत्रमा योगदान पुराएको भन्दै अध्यक्ष

अझै पढ्नुहोस्
समाचार

भजनीकाे कुसुमघाटबाट लागूऔषध सहित २ जना पक्राउ

भजनी/ कैलालीको भजनीनगरपालिकाकाे कुसुमघाटबाट दुई जना लागुओैषध सहित दुई जना पक्राउ परेका छन् । भजनी नगरपालिका-३ कुसुमघाटबाट २ ग्राम ७ सय ६० मिलिग्राम अवैध लागूऔषध

अझै पढ्नुहोस्
समाचार

कार्यलयमा दत्तचित्त भएर काम गर्न निर्देशन ,दण्ड र पुरस्कारको ब्यबस्था हुन्छ : मन्त्री धामी

धनगढी : सुदूरपश्चिम प्रदेशका उधोग, पर्यटन, बन तथा वातावरण मन्त्री रमेश सिहं धामीले कर्मचारीहरुलाई २४ घन्टा नै काम गर्न निर्देशन दिएका छन् । नेपाल फारवेस्ट टेक्निसियनस्

अझै पढ्नुहोस्