मुख्यमन्त्री शाहले एक विशेष कार्यक्रमका बीच लम्कीचुहा प्रादेशिक अस्पताल उद्घाटन गरे

शेयेर गर्नुहोस


लम्की/कैलालीको लम्कीचुहा प्रादेशिक अस्पताल आज औपचारिक रूपमा उद्घाटन गरिएको छ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले एक विशेष कार्यक्रमका बीच लम्कीचुहा प्रादेशिक अस्पताल उद्घाटन गर्दै क्षेत्रीय स्वास्थ्य सेवामा नयाँ अध्याय सुरु भएको बताएका छन्।

लामो समयदेखि प्रतीक्षामा रहेको अस्पताल सञ्चालनमा आएपछि लम्कीचुहा लगायत आसपासका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ। कार्यक्रममा प्रदेश सरकारका प्रतिनिधि, स्वास्थ्यकर्मी, विभिन्न राजनीतिक दलका नेता तथा स्थानीय नागरिकहरूको उल्लेख्य सहभागिता रहेको छ ।

उद्घाटन समारोहलाई व्यवस्थित र सुरक्षित बनाउन प्रशासनले आवश्यक सुरक्षा व्यवस्था मिलाएको छ।  अस्पताल सञ्चालनमा आएपछि विशेषगरी कैलालीको उत्तरी क्षेत्रका नागरिकलाई उपचारका लागि टाढा धाउनुपर्ने बाध्यता कम हुने विश्वास गरिएको छ।

स्थानीयवासीले पनि अस्पताल उद्घाटनलाई सकारात्मक रूपमा लिँदै अब नियमित र स्तरीय सेवा सञ्चालन हुनुपर्ने अपेक्षा व्यक्त गरेका छन्।

तर स्थानीय सरकार प्रमुख लम्कीचुहा नगरपालिकाकी मेयर शुशिला शाही भने असन्तुष्ट रहँदै विदेश भ्रमणमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Franks Glücksrad Erfahrung in Spielhallen und Online Casinos

Igrišča Lazybar: Odnos Stavke in Odškodnine

Osombets Rigtige Chancer på Glæden

Provedor de Roleta: Tudo o que você precisa saber

Gioco di Casino Slot Azzardo Wild Dadi Rischi e Premi

Spielbank Kiel – Automatenspiele und Casino-Erlebnis in Schleswig-Holstein

सम्बन्धितखवर

छुटाउनु भयो कि !