माघि पर्वमा तीन दिन विदा दिने निर्णय

शेयेर गर्नुहोस

टीकापुर/ कैलालीको कैलालरी गाउँपालिकाले माघी पर्वका अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माघीलाई नयाँ वर्षका रुपमा मनाउने थारू समुदायलाई लक्षित गरेर कैलारी गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका सूचना अधिकारी यगम कलेलले बताउनुभयाे ।

‘यो गाउँपालिकामा थारू बाहुल्यता रहेको छ,’ उहांले भन्नुभयाे, ‘थारू समुदायले माघीसँगै १ माघदेखि नयाँ वर्षका रुपमा मनाउने हुँदा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।’
उहांका अनुसार ३० पुस देखि २ माघसम्म सार्वजनिक बिदा दिइएको छ । कैलारी गाउँपालिकाले गत वर्ष पनि तीन दिन सार्वजनिक बिदा दिएको थियो ।
माघी के हो ?
माघी थारु समुदायको प्रमुख चाड हो । नेपालीका लागि माघे सङ्क्रान्ति विशेष पर्व मानिन्छ भने थारु समुदायका लागि माघी नयाँ वर्षको दिन पनि हो ।

माघे संक्रान्ति एक दिन मात्र मनाइन्छ भने थारु माघी पर्व पुरै महिनाभरी नै मनाइन्छ । थारु समुदायमा ‘हामी’ को भावना यही माघी पर्वले महत्वका साथ विकास गर्छ । यसलाई थारु समुदायले परापूर्वकाल देखि नै महान् पर्वको रुपमा धुमधामसँग मनाउँदै आएको विश्वास छ ।
ज्योतिष शास्त्रअनुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकर संक्रान्ति(माघे संक्रान्ति) पनि भनिएको हो । यो माघ महिनाको पहिलो दिन मनाइन्छ ।

माघे संक्रान्ति अर्थात् माघी पुसको अन्तिम दिनदेखि सुरु हुन्छ । थारु समुदायमा पुसको अन्तिम दिनमा गाउँभरीका मानिसहरु मिलेर सुँगुर काट्ने चलन छ । यसलाई ‘जिता मर्ना’ भनिन्छ । र त्यो दिनलाई ‘जिता मर्ना दिन’ भनिन्छ ।
पुस मसान्तमा विभिन्न प्रकारका परिकार (सुँगुरको मासु, ढिक्री, रोटी, माछा आदि) हरु तयार गरिन्छ । र रातभरी नाचगानका साथ रमाइलो गर्ने प्रचलन छ । विशेष गरी यस पर्वमा छोक्रा नाच (मघौटा नाच) र ढुम्रु गाउने गरिन्छ ।

माघ १ गते अर्थात् माघीको दिन विहानै भाले बासेको पहिलो प्रहरमा सम्पूर्ण गाउँका मानिसहरु सँगै सामुहिक रुपमा नदीमा नुहाउन जान्छन् र घरमा आई आ–आफ्नो दिदी बहिनीहरुलाई उपहार दिने गर्छन् जसलाई ‘निसराउ’ भनिन्छ । त्यसपछि सबै जना सबैसँग गाउँभरी ढोगसलाम गर्छन्, आशिर्वाद थाप्छन् र नाचगान गर्दै रमाउँछन् । बर्षभरीका सुख दुःख का कुराहरु साटासाट गर्छन् । घरपरिवारमा भित्र पनि कामको बाँडफाँड गर्छन् । त्यसैगरी त्यही दिन गाउँका सबै जना जम्मा भएर गाउँको महटावाँ (बरघर) चुन्ने र चौकीदार चुन्ने कार्य हुन्छ ।

केही पहिलेसम्म कमैया र कम्लहरीहरु छुटाउने फुकाउने कार्य पनि यसै दिन गरिन्थ्यो तर अहिले यस्ता प्रथा हटिसकेका छन् । गाउँमा कामकाजको बाँडफाँड, गएको वर्षभरीको कामको समीक्षा र नयाँ नीतिनियम बनाउने आदि जस्ता विविध कार्यहरु पनि यही दिन गरिन्छ । वर्षभरी त्यही अनुसार चल्नुपर्ने हुन्छ । अर्थात् भनौँ लोकतान्त्रिक प्रक्रिया अनुसार विकास निर्माणको काम अगाडि बढाउँछन् । यसरी माघ महिनाभरी नै रमाइलो गरी माघ मनाउने चलन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

शिक्षा/स्वास्थ्य

टीकापुर अस्पतालले जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तीहरुका लागि विशेष सेवा सुरु गर्ने

टीकापुर/कैलालीको टीकापुर अस्पतालले जेष्ठ नागरिकका लागि विशेष सेवा सुरु गर्ने जनाएको छ। अस्पताल व्यवस्थान सिमितको शनिवार बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले ७०

अझै पढ्नुहोस्
समाचार

माघि पर्वमा तीन दिन विदा दिने निर्णय

टीकापुर/ कैलालीको कैलालरी गाउँपालिकाले माघी पर्वका अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माघीलाई नयाँ वर्षका रुपमा मनाउने थारू समुदायलाई लक्षित गरेर

अझै पढ्नुहोस्
राजनीति

नागरिक उन्मुक्ति पार्टीको टीकापुर ९ मा कार्यकर्ता भेटघाट कार्यक्रम

अप्सरा बुढा,टीकापुर/नागरिक उन्मुक्ति पार्टीको टीकापुर ९ मा कार्यकर्ता भेटघाट तथा संगठन विस्तार कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार कैलालीको टीकापुर नगरपालिका वडा नं. ९ मा

अझै पढ्नुहोस्
समाचार

डब्लुडब्लुजेको अध्यक्षमा खड्का

काठमाडौँ/क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) को अध्यक्षमा रामकला खड्‌का चयन हुनुभएको छ । हिजो भएको १२औं साधारणसभा तथा सातौँ अधिवेशनको सर्वसम्मतिबाट उहाँ अध्यक्षमा चयन हुनुभएको हो।

अझै पढ्नुहोस्