महोत्सवको उद्घाटन सुदूर पश्चिम प्रदेका उद्योग,वन,वातावरण तथा पर्यटन मन्त्रीले गर्ने

शेयेर गर्नुहोस

सुखड/कैलालीको घोडाघोडी नगरपालिका–१ घोडाघोडी मन्दिर परिसरमा लाग्ने घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव-२०८१ को तयारी पुरा भएको छ । हो“हमार संस्कृति हमार पहिचान,संस्कृति जगेर्ना करना हमार अभियान” भन्ने मूल नाराका साथ घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव-२०८१ भोली बाट सुरु हुदैछ ।

महोत्सवमा १ सय बराबरीको स्टलहरू रहेको  बताईएको छ । घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सवको उद्घाटन सुदूर पश्चिम प्रदेका उद्योग,वन,वातावरण तथा पर्यटन मन्त्री लक्ष्मण किशोर चौधरीले गर्ने घोडाघोडी नगर भल्मल्सा कार्य समितिका सचिव अमन चौधरीले जानकारी दिए ।

घोडाघोडी नगर भल्मल्सा कार्य समिति, घोडाघोडी सन्त समागम समाज र घोडाघोडी तथा संस्कृति संरक्षण समाजको संयुक्त आयोजनामा मसिंर १९ गते देखी २१ गते सम्म घोराघोरी लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव चल्ने छ । महोत्सवमा घोडाघोडी नगरपालिका भित्रका ८२ गाउँका स्थानीयहरूको उपस्थित हुने बताइएको छ ।

महोत्सवमा थारु संस्कृति भल्काउने झाँकी प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति सँगै थारु समुदायको भेषभुषा झल्काउने विभिन्न नाचहरू समेत प्रस्तुत हुने आयोजकले जनाएको छ । कार्यक्रममा थारु समुदायको पुरानो बडका नाच, सखिया नाच, लाठी नाच, झुम्रा नाच, दिन नचुवा नाच, धमार, मांगर लगायतको प्रस्तुति हुने जनाइएको छ ।

थारु समुदायले घोडाघोडीमा लवाङ्गी पूजा परापूर्वक काल देखी गदै आएको बताइन्छ । अन्नबाली घर भित्राइसकेपछि त्यो अन्नबाली देउतालाई चढाउनु पर्ने मान्यता सहित यहाँ लवाङ्गी पूजा मनाइने गरिन्छ । पछिल्लो एक दशक देखि यहाँ महोत्सव समेत आयोजना हुन लागेको हो । यहाँ कैलाली,कञ्चनपुर,दाङबाट पनि ठुलो सङ्ख्यामा भक्तजनहरू आउने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Highlights

नेपाल–भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय बैठक सम्पन्न

नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय बैठक आज यहाँ सम्पन्न भएको छ। बैठकमा विशेषगरी भारतको विहार राज्यमा हुन गइरहेको दोस्रो चरणको राज्य सभाको निर्वाचनलाई

अझै पढ्नुहोस्
मनोरंजन

बोगटानी गायक जानु बमको नयाँ गित भुल्लिगै मुटुकी माया’ सार्वजनिक 

दिपक बहादुर वि.क,कैलाली / बोगटानी गायक जानु बमको नयाँ गित “भुल्लिगै मुटुकी माया’ शनिबार सार्वजनिक भएको छ। गायक ज्ञानु बम र गौरी भट्टको स्वरमा उक्त गित

अझै पढ्नुहोस्
समाचार

इको क्लबका फोकल शिक्षकहरूलाई अन्तरक्रिया

सुखड/कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा इको क्लब गठन भएका विद्यालयहरूका फोकल शिक्षकहरू सँग एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । डिभिजन वन कार्यालय पहलमानपुर कैलालीको

अझै पढ्नुहोस्
समाचार

घोडाघोडी तालमा बन्दै गरेको भ्यु -टावरको काम रोक्का

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको घोडाघोडी नगरपालिका रहेको घोडाघोडी तालमा भ्युटावर निर्माण काम रोक्का गरिएको छ। आर्थिक बर्ष २०७७/२०७८मा करिब एक करोडको लगानिमा पर्यटन मन्त्रालय इ. डिबि

अझै पढ्नुहोस्