मतदाता नामावली मंसिर १७ गते देखि पुनः संकलन गरिने

शेयेर गर्नुहोस

टीकापुर /मंसिर १७ गतेदेखि मतदाता नामावली संकलन सुरु गरिने भएको छ ।

यस अघि मतदाता नामावलीमा नाम समावेश गर्न छुटेकाहरूलाई लक्षित गर्दै निर्वाचन आयोगले पुनः नामावली सकंलन कार्यक्रम गर्न लागेको हो।
७७ वटै निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय र विभिन्न जिल्लाका ४० वटा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन गरिने निर्वाचन आयोगले जनाएको छ।

नागरिक मताधिकारबाट वञ्चित नहुनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगले अनुरोध गरेको छ। आयोगका अनुसार हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिनसम्म मतदाता नामावली संकलन कार्य सञ्चालन हुनेछ। त्यस्तै, तराई र काठमाडाैं उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म सञ्चालन हुनेछ ।

१६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त गरेका सबै नागरिकहरूको मतदाता नामावलीमा नाम समावेश गरिनेछ। आफ्नो स्थायी ठेगाना रहेको जिल्लास्थित निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयबाट नाम दर्ता गर्न मिल्ने बताइएको छ। त्यस्तै, रोजगारी वा अध्ययनको सिलसिलामा आफ्नो जिल्लाबाहिर रहेका व्यक्तिले अन्य जिल्लाबाट पनि मतदाता नामावलीमा नाम दर्ता गराउन सक्नेछन् । आयोगले नामावली संकलनको लागि देशभर करिब २ हजार ३ सय कर्मचारी खटाएको छ। पौष २० गतेभित्र सबै स्थानीय तहमा मतदाता नामावली संकलन कार्य सम्पन्न भइसक्ने आयोगले जनाएको छ। आयोगले चैत्र ४ गते अन्तिमपटक मतदाता नामावली प्रकाशन गर्नेछ। हाल देशभर एक करोड ६२ लाख ४३ हजार एक सय १० मतदाता छन्। पुनः सञ्चालन गरिएको कार्यक्रमबाट देशभर करिब १० लाख मतदाता थपिने अनुमान गरिएको छ ।

यसअघि आयोगले कोरोना संक्रमण तथा २०७७ पौष ५ र ०७८ जेठ ८ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति घोषणा भएको कारण मतदाता नामावली संकलन कार्य स्थगित गरेको थियो। साभार : नयाँ पत्रिकाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

बसन्ता संरक्षित क्षेत्र अतिक्रमणको चपेटामा, बाघ आहार खोज्दै बस्तिमा

जमुना न्युरे ,सुखड / कैलालीको भजनी क्षेत्रमा रहेको कालिका सामुदायिक वनमा कहि समय देखि पाटे बाघको देखा परेको छ । पछिल्लो समयमा भयको वन अतिक्रमण

अझै पढ्नुहोस्

आज देशका केही ठाउँमा पानी पर्ने

आज दिउँसो देशका थोरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन्। बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्र सक्रिय रहेकाले आज दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश

अझै पढ्नुहोस्
समाचार

किसानसँग सहकारी जोडिनुपर्छ :राज्यमन्त्री बम

धनगढी/सहकारीले ऋण दिने र व्याज असुल्ने मात्रै नभई किसानसँग जोडिनुपर्ने सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बमले बताएका छन् । जिल्ला सहकारी संघ लिमिटेड धनगढीले

अझै पढ्नुहोस्
समाचार

नेपाल रेडक्रस नारायणपुर उप शाखाकाे सभापतिमा काेइराला निर्विरोध चयन

टीकापुर/नेपाल रेडक्रस साेसाइटी नारायणपुर उप शाखाकाे २९ ओै अधिवेशनबाट सभापतिमा धनसरी कुमारी काेइराला निर्विरोध चयन हुनुभएको छ । त्यस्तै उप सभापतिमा भारती देवि वि.क., सचिवमा

अझै पढ्नुहोस्