भारतले जित्यो यु-१९ एसिया कप क्रीकेटको उपाधि

शेयेर गर्नुहोस

काठमाडौं । श्रीलंकामाथि सानदार जितसहित भारतले यु-१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा सम्पन्न फाइनलमा वर्षा बाधक बनेपछि तीन पटक लक्ष्य परिवर्तन  भएको खेलमा भारतले नौ विकेटको जित पायो । 

वर्षाका कारण ३८ ओभरमा घटाइएको खेलमा श्रीलंकाले नौ विकेट गुमाएर १०६ रनको योगफल तयार गरेको थियो । तर, डिएलएस मेथडअनुसार सुरुआतमा भारतले ९९ रनको लक्ष्य पाएको थियो । यद्यपि दोस्रो पटक लक्ष्य परिवर्तन भएपछि भारतले जितका लागि ३२ ओभरमा १०२ बनाउनु पर्ने थियो । 

सोही लक्ष्य भारतले २१.३ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो । भारतको जितमा ओपनर अंक्रिश रघुवंशीले अविजित ५६ रनको अर्धशतकिय इनिङ खेले ।  सैक रसिदले ३१ रनको योगदान दिए । यसअघि टस जितेर ब्याटिङमा आएको श्रीलंकाले निर्धारित ३८ ओभरमा नौ विकेट गुमाएर १०६ रनको योगफल तयार गरेको थियो ।

श्रीलंकाका यासिरू रोड्रिगोले सर्वाधिक १९ रन बनाएका थिए । यस्तै रविन डी सिल्भाले १५, मथिसा पथिराना र सदिसा राजापाक्षेले समान १४ रन जोडेका थिए । भारतका बिक्की ओस्तवालले तीन विकेट लिएका थिए । त्यस्तै कुशल तम्बेले दुई, राजवर्धन हंगरगेकर, रवि कुमार र राज बावाले एक/एक विकेट हात पारेका थिए ।

ताजा खबर

The Best Online Roulette: A Comprehensive Guide

Como Jogar Roleta Francesa: Guia Completo

Understanding ESA Letters in Missouri: A Comprehensive Guide

Jogar Roleta Online Brasil: Tudo o Que Você Precisa Saber

The Ultimate Guide to Live American Roulette Free

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सुदूरपश्चिममा कानुन निर्माणप्रति सरकारको गम्भीर उदासीनता

धनगढी/सुदूरपश्चिम प्रदेश सभाको पछिल्लो अवस्था हेर्दा एउटा गम्भीर प्रश्न उठेको छ– के प्रदेश सभा जनताको जीवन बदल्ने कानुन निर्माणको थलो हो, कि सरकारको असफलता लुकाउने

अझै पढ्नुहोस्
समाचार

टीकापुरका शिविर बस्तीहरुकाे उचित व्यवस्थापन नगरि खालि नगरिने :- नगर प्रमुख थारु

टीकापुर/टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारुले टीकापुर क्षेत्रमा रहेका शिविर बस्तीहरुकाे उचित व्यवस्थापन नगरि खालि नगरिने बताउनु भएको छ ।बिहीबार ८ वटा शिविर बस्तिहरुकाे

अझै पढ्नुहोस्