भारतले जित्यो यु-१९ एसिया कप क्रीकेटको उपाधि

शेयेर गर्नुहोस

काठमाडौं । श्रीलंकामाथि सानदार जितसहित भारतले यु-१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा सम्पन्न फाइनलमा वर्षा बाधक बनेपछि तीन पटक लक्ष्य परिवर्तन  भएको खेलमा भारतले नौ विकेटको जित पायो । 

वर्षाका कारण ३८ ओभरमा घटाइएको खेलमा श्रीलंकाले नौ विकेट गुमाएर १०६ रनको योगफल तयार गरेको थियो । तर, डिएलएस मेथडअनुसार सुरुआतमा भारतले ९९ रनको लक्ष्य पाएको थियो । यद्यपि दोस्रो पटक लक्ष्य परिवर्तन भएपछि भारतले जितका लागि ३२ ओभरमा १०२ बनाउनु पर्ने थियो । 

सोही लक्ष्य भारतले २१.३ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो । भारतको जितमा ओपनर अंक्रिश रघुवंशीले अविजित ५६ रनको अर्धशतकिय इनिङ खेले ।  सैक रसिदले ३१ रनको योगदान दिए । यसअघि टस जितेर ब्याटिङमा आएको श्रीलंकाले निर्धारित ३८ ओभरमा नौ विकेट गुमाएर १०६ रनको योगफल तयार गरेको थियो ।

श्रीलंकाका यासिरू रोड्रिगोले सर्वाधिक १९ रन बनाएका थिए । यस्तै रविन डी सिल्भाले १५, मथिसा पथिराना र सदिसा राजापाक्षेले समान १४ रन जोडेका थिए । भारतका बिक्की ओस्तवालले तीन विकेट लिएका थिए । त्यस्तै कुशल तम्बेले दुई, राजवर्धन हंगरगेकर, रवि कुमार र राज बावाले एक/एक विकेट हात पारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

टीकापुरमा मानव अधिकारमुखी पद्धति विषयक अभिमुखीकरण कार्यशाला सम्पन्न

टीकापुर/स्थानीय सरकारका लागि मानव अधिकारमुखी पद्धति विषयक अभिमुखीकरण कार्यशाला मंगलबार टीकापुर सम्पन्न भएको छ । राष्ट्रिय मानव अधिकार आयाेगका सुदुरपश्चिम प्रदेश अध्यक्ष हरि प्रसाद ज्ञवालीकाे

अझै पढ्नुहोस्
समाचार

मार्क्सवादी ज्ञान केन्द्रको प्रदेश भेला सम्पन्न

टीकापुर,मार्क्सवादी ज्ञान केन्द्रको भर्चुअल माध्यमबाट बुधबार राति भएको दोस्रो प्रदेश भेलाले सर्वसम्मतिबाट दुर्गाप्रसाद भण्डारीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित प्रदेश समितिमा

अझै पढ्नुहोस्
समाचार

चौधरीको घर बाट ठूलो परिमाणमा चिरान काठ बरामत

सुखड / कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा १० खमौरा गाउँ बाट सब डिभिजन बन अत्तरिया बाट गएको गस्ती टोलिले सालको ठूलो परिमाण चिरान काठ सहित

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

पाचौं जिल्ला अधिबेशन सम्पन्न ,अध्यक्षमा बोहरा

जमुना न्युरे,धनगढी /कैलाली जिल्लाको धनगढीमा नेपाल हृदयरोग निवारण प्रतिस्ठान कैलाली जिल्लाको पाचौं अधिबेशन आज सम्पन्न भएको छ । कार्यक्रममा नेपाल हृदयरोग निवारण प्रतिस्ठान कैलाली जिल्लाका

अझै पढ्नुहोस्