भादामा थारु होमस्टे गाउँ भादा महोत्सव हुने भएको छ

शेयेर गर्नुहोस

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–१६ मा रहेको भादामा थारु होमस्टे गाउँ भादा महोत्सव हुने भएको छ । थारु समुदायको संस्कृति, खानपान, भेषभूषा, सीपकला, प्राकृतिक सम्पदाको सदुपयोग र जगेर्ना गर्ने उद्देश्यले थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिले महोत्सव आयोजना गर्न लागेको हो ।

आगामी पुस १७ देखि २२ गतेसम्म महोत्सव आयोजना गर्ने आयोजक समितिले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । पर्यटन व्यवसायमार्फत् थारु जातिको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्यका साथ महोत्सवको आयोजना गर्न लागेको समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले जानकारी दिए । उनले महोत्सवमार्फत थारु होमस्टे गाउँ भादाको प्रचार प्रसार पनि हुने बताए ।

महोत्सवमा थारु खानपानका परिकार, थारु सीपकला तथा भेषभूषा, थारु देउथान अवलोकन, लहरुमा गाउँको अवलोकन, थारु सङ्ग्रहालयको अवलोकन, काठे पिङ लगायत आकर्षणको रुपमा रहने छ । सन् २०११ बाट भादामा होमस्टे व्यवसाय सुरु भएको थियो । हाल सो गाउँको १९ घरमा घरबास रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

पुर्नबासमा विज्ञान तथा प्रबिधिका बिषयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

जमुना न्युरे/ पुर्नबास नगरपालिकाको आयोजना तथा ओसन पब्लिकेशन प्रा.लि.काठमाण्डौंको सह आयोजनामा बिज्ञान तथा प्रबिधिका बिषयमा एक दिने अभिमुखिकरण तालीम सम्पन्न भएको छ । अहिलेको शिक्षा

अझै पढ्नुहोस्
अन्तरास्ट्रिय

भारतले जित्यो यु-१९ एसिया कप क्रीकेटको उपाधि

काठमाडौं । श्रीलंकामाथि सानदार जितसहित भारतले यु-१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा सम्पन्न फाइनलमा वर्षा बाधक बनेपछि तीन

अझै पढ्नुहोस्
समाचार

नेपाल ट्रेड युनियन काँग्रेसले श्रमिक पोष्ट डिजिटल पत्रिकाको प्रकाशन शुरु

काठमाडौ/नेपाल ट्रेड युनियन काँग्रेस प्रचार विभागले श्रमिक पोष्ट नामक डिजिटल पत्रिकाको प्रकाशन शुरु गरेको छ । काठमाडौँमा आज आयोजित कार्यक्रममा ट्रेड युनियन काँग्रेसका अध्यक्ष योगेन्द्र

अझै पढ्नुहोस्
समाचार

सुवर्ण शमशेर र गणेशमानकाे याेगदान देशका लागि थियोे : केन्द्रिय सदस्य भट्ट

धनगढी/नेपाली कांग्रेसकी केन्द्रिय सदस्य , विझान सूचना तथा प्रविधि बिभागका संयाेजक सुशीला मिश्र भट्टले सुवर्ण शमशेर र गणेशमानकाे याेगदान नेपाली कांग्रेसका लागि मात्रै नभएर देशका

अझै पढ्नुहोस्