TRENDING
Anwenderfragen und detaillierte Antworten rund um only spins für Online-Casino-Fans
Construções ousadas e a épica chicken road 2 para viajantes destemidos e curiosos
Particularidades do jogo online e nine casino para novos jogadores apaixonados
Zukunftssichere Strategien für Sportwetten mit bahigo schweiz und langfristigen Erfolgschancen
Zukunftssichere Strategien für Sportwetten mit bahigo schweiz und langfristigen Erfolgschancen
Next
Prev

बैतडी विद्यार्थी समाजको आयोजनामा वक्तृत्वकला र शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस

धनगढी २० असोज/ दशरथ चन्द बैतडी विध्यार्थी समाज कैलालीको आयोजनामा वक्तृत्वकला प्रतियोगिता तथा दशै , तिहारको र छठ पर्वको शुभकामना आदान प्रदानको कार्यक्रम कैलाली बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको छ ।

“बडा दशैँको मौलिकतामा देखिएका विकृति र  समाधानका उपाय”  भन्ने शीर्षकमा वक्तृत्वकला आयोजना गरिएको थियो ।  वक्तृत्वकला प्रतियोगितामा धनगढी उपमहानगरपालिका भित्रका ९ वटा विद्यालयका १५ जना छात्रछात्राको सहभागीता रहेको दशरथ चन्द बैतडी विद्यार्थी समाजकी सचिब ललिता ओझाले बताउनुभयो।

दशैँको बेला समाजमा देखिएका विकृतिलाई भावी पुस्ताले नकार्न सकुन र मौलाएका विकृतिलाई समाधान गर्न सकुन भन्ने उदेश्यले शुभकामना आदानप्रदानसँगै वक्तृत्वकला प्रतियोगिता समेत आयोजना गरिएको दशरथ चन्द बैतडी विद्यार्थी समाजका अध्यक्ष चेतन विक्रम चन्दले बताउनुभयो।
वक्तृत्वकला प्रतियोगितामा प्रथम भएका त्रिनगर माध्यमिक विद्यालयका सुनिल भट्टले  रु.४४४४, द्वितीय भएका  कैलाली मोडेल माध्यमिक विद्यालयका पंकज भट्टले रू.३३३३ , तृतीय भएका एक्सिस विद्याश्रमकी माला शर्माले रु.२२२२ र  सान्त्वना भएका  ऐश्वर्या विद्या निकेतनका दिपक आउजीले रु.११११ पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरेका हुन। बाँकी सहभागी प्रतियोगिलाई पनि प्रमाणपत्र प्रदान गरिएको विद्यार्थी समाजकी सचिब ओझाले बताउनुभयो।

साथै शुभकामना आदानप्रदान र वक्तृत्वकला प्रतियोगिता सँगै कैलाली बहुमुखी क्याम्पसका हालै पिएचडी गर्ने सह-प्रध्यापक शिवप्रसाद सापकोटा,  शिव राज जोशी र प्रयागराज जोशी लाई सम्मान समेत गरिएको विद्यार्थी समाजका अध्यक्ष चन्दले बताउनुभयो । कैलाली बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. लोकराज बिष्टको प्रमुख आतिथ्यतामा र  विद्यार्थी समाजका अध्यक्ष चेतन विक्रम चन्दले सभापतित्वमा कार्यक्रम सम्पन्न भएको दशरथ विद्यार्थी समाजका सदस्य रोहित महताले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Anwenderfragen und detaillierte Antworten rund um only spins für Online-Casino-Fans

Construções ousadas e a épica chicken road 2 para viajantes destemidos e curiosos

Particularidades do jogo online e nine casino para novos jogadores apaixonados

Zukunftssichere Strategien für Sportwetten mit bahigo schweiz und langfristigen Erfolgschancen

Zukunftssichere Strategien für Sportwetten mit bahigo schweiz und langfristigen Erfolgschancen

Generous bonuses await with yukon gold casino rewards and exciting gaming experiences

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Highlights

थारु वस्तिमा रहेका होमस्टेमा आउने पर्यटक थारु समुदायका परिकारले आकर्षित

जमुना न्युरे,सुखड/कैलाली जिल्लाका थारु बस्तिमा रहेका होमस्टेमा आउने पर्यटनलाई थारु समुदायका परिकारले आकर्षित गरेको छ । कैलाली जिल्लाको पहिलो होमस्टे भादा (घरबास ) गाउमाआउने पर्यटकलाई

अझै पढ्नुहोस्