बैतडी विद्यार्थी समाजको आयोजनामा वक्तृत्वकला र शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस

धनगढी २० असोज/ दशरथ चन्द बैतडी विध्यार्थी समाज कैलालीको आयोजनामा वक्तृत्वकला प्रतियोगिता तथा दशै , तिहारको र छठ पर्वको शुभकामना आदान प्रदानको कार्यक्रम कैलाली बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको छ ।

“बडा दशैँको मौलिकतामा देखिएका विकृति र  समाधानका उपाय”  भन्ने शीर्षकमा वक्तृत्वकला आयोजना गरिएको थियो ।  वक्तृत्वकला प्रतियोगितामा धनगढी उपमहानगरपालिका भित्रका ९ वटा विद्यालयका १५ जना छात्रछात्राको सहभागीता रहेको दशरथ चन्द बैतडी विद्यार्थी समाजकी सचिब ललिता ओझाले बताउनुभयो।


दशैँको बेला समाजमा देखिएका विकृतिलाई भावी पुस्ताले नकार्न सकुन र मौलाएका विकृतिलाई समाधान गर्न सकुन भन्ने उदेश्यले शुभकामना आदानप्रदानसँगै वक्तृत्वकला प्रतियोगिता समेत आयोजना गरिएको दशरथ चन्द बैतडी विद्यार्थी समाजका अध्यक्ष चेतन विक्रम चन्दले बताउनुभयो।
वक्तृत्वकला प्रतियोगितामा प्रथम भएका त्रिनगर माध्यमिक विद्यालयका सुनिल भट्टले  रु.४४४४, द्वितीय भएका  कैलाली मोडेल माध्यमिक विद्यालयका पंकज भट्टले रू.३३३३ , तृतीय भएका एक्सिस विद्याश्रमकी माला शर्माले रु.२२२२ र  सान्त्वना भएका  ऐश्वर्या विद्या निकेतनका दिपक आउजीले रु.११११ पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरेका हुन। बाँकी सहभागी प्रतियोगिलाई पनि प्रमाणपत्र प्रदान गरिएको विद्यार्थी समाजकी सचिब ओझाले बताउनुभयो।


साथै शुभकामना आदानप्रदान र वक्तृत्वकला प्रतियोगिता सँगै कैलाली बहुमुखी क्याम्पसका हालै पिएचडी गर्ने सह-प्रध्यापक शिवप्रसाद सापकोटा,  शिव राज जोशी र प्रयागराज जोशी लाई सम्मान समेत गरिएको विद्यार्थी समाजका अध्यक्ष चन्दले बताउनुभयो । कैलाली बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. लोकराज बिष्टको प्रमुख आतिथ्यतामा र  विद्यार्थी समाजका अध्यक्ष चेतन विक्रम चन्दले सभापतित्वमा कार्यक्रम सम्पन्न भएको दशरथ विद्यार्थी समाजका सदस्य रोहित महताले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

धनगढी बजार लगाएर आसपास क्षेत्र जलमग्न

सम्बन्धितखवर

छुटाउनु भयो कि !

शिक्षा/स्वास्थ्य

निजामती कर्मचारी द्वरा सरकारी सेवा ठप्प पार्ने चेतावनी

जमुना न्युरे, धनगढी / धनगढी उपमहानगरपालिकाले स्वास्थ्यका कर्मचारी शुक्रबारदेखि हाजिर नगराए सम्पूर्ण सेवा ठप्प गर्ने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघिय मामिला

अझै पढ्नुहोस्
राजनीति

सांसद रेशम चौधरी समर्थित नेता कार्यकर्ताको काठमाडौंमा राजनैतिक छलफल

टीकापुर/ सांसद रेशम चौधरी समर्थित नेता कार्यकर्ताहरुको राजनैतिक छलफल काठमाडौंमा सुरु भएको छ । शुक्रबार टीकापुर थारु विद्राेह राजवन्दी रिहाइ सम्बन्धमा विविध राजनैतिक छलफल कार्यक्रम

अझै पढ्नुहोस्
समाचार

नेपाल यातायात मजदुर सघंले दुर्घटना न्यूनीकरण सचेतना कार्यक्रम

धनगढी/बसपार्कमा दुर्घटना न्यूनीकरण सचेतनाका साथै विजया दशमी तथा दीपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । नेपाल यातायात मजदुर संघ कैलाली जिल्ला समितिको आयोजनामा

अझै पढ्नुहोस्
समाचार

के तपाइले महिलाले भोग्ने प्रसव पीडा सहन गर्नु भएको छ ?

धनगढी/सुदूरपश्चिम प्रदेश सरकारका युवा , महिला तथा बालबालिका मन्त्रालयका मन्त्री ओम बिक्रम भाटलाई एक युवाले प्रश्न गरे “के तपाईले प्रसव पिडा सहन गर्नु भएको छ

अझै पढ्नुहोस्