‘बुढीपोल्ली’ लिएर आए खेम बतास

शेयेर गर्नुहोस

काठमाडौं : खेम बतासद्वारा लिखित कथासंग्रह ‘बुढीपोल्ली’ले सुदूरपश्चिमको आञ्चलिकतालाई बलियो गरी प्रस्तुत गरेको लेखकहरुले बताएका छन्। शनिबार राजधानीको शिल्पी थिएटरमा पुस्तक विमोचनसँगै भएको बहसमा सहभागी वक्ताहरुले गरिब, दलित, भूमिहीनजस्ता भुइँमान्छेप्रति लेखकको सहानुभूति सकारात्मक देखिएको बताए।

विमोचनपछि पत्रकार फणीन्द्र संगमले बहसको सहजीकरण गरेका थिए। लेखक/समालोचक बिन्दु शर्माले आञ्चलिकता र स्थानीय भाषा प्रयोगमा लेखक सबल रहेको बताइन्। ‘सदियौंदेखि चलिरहेको सांस्कृतिक उत्पीडनप्रति असहमति प्रकट गर्दै लेखकले नयाँ चेतनाको खोजी गरेका छन्,’ उनले भनिन्। नेपाली साहित्यमा मानक भाषा र कुनै भाषिका वा मातृभाषाप्रति द्न्द्व नरहेको उनको भनाइ थियो। छाउपडी प्रथासँग सम्बन्धित कथा ‘मान्छे हराएको सूचना’को प्रसंगमा उनले मान्छे सामाजिक सोचसित डराउने भएकाले त्यो सोच बदल्नुपर्ने बताइन्। ‘छाउ नमान्दा देउता रिसाउने भए छाउगोठ होइन देउताका मूर्ति भत्काउनुपर्छ,’ उनले भनिन्।


कवि/कथाकार बिना थिङले लेखक महिलाको विषय र चरित्र निर्माणमा सकारात्मक देखिएको बताइन्। कथामा धेरै पात्रको आउजाउ भइरहँदा मूल पात्र नै ओझेलमा परेको उनको टिप्पणी थियो। ‘केही कथाका महिला पात्र विद्रोह गर्न तयार छैनन् तर केहीमा भने त्यो संकेत देखिएको छ,’ उनले भनिन्। ‘लेखकले आफ्नो भूगोलको कथा लेख्ने हो। बुढीपोल्लीमा सुदूरपश्चिमका कथाव्यथा छन्,’ उनले थपिन्, ‘यो नेपाली साहित्यका लागि फरक स्वाद पनि हो।’

कथाकारले उठाएका मुद्दामा आफू सहमत भएको भन्दै लेखक राजन मुकारुङले यी कथा सुदूरपश्चिमको मात्र नभई नेपालभित्रैका कथा रहेको भनाइ राखे। कवि सोझो गाउँलेले खेमका कथा परिवेश र उद्देश्यमा निकै सफल रहेको भन्दै प्रशंसा गरे। ‘सामाजिक कुरीति र विभेदविरुद्ध लेखकले क्रान्ति नै गरेका छन्,’ उनले भने, ‘सुदूरको सांस्कृतिक पक्षलाई बलियोसँग उठाइएको छ।’

कवितामा व्यक्त गर्न नसकिएका विषयलाई कथामा उठाउनकै लागि ‘बुढीपोल्ली’ जन्मिएको लेखक खेमको भनाइ थियो। १२ लामा कथा संगृहीत पुस्तकलाई माया पब्लिकेसनले बजारमा ल्याएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

वन डडेलो सप्ताहका लागि सामाग्री वितरण

धनगढी/डिभिजन बन कार्यलय पहलमानपुर कैलालीले आज बन डढेलो सप्ताहका लागि सामाग्री वितरण गरेको छ । डिभिजन वन कार्यलय पहलमानपुरले गर्मीयाम सुरुवात भए सङ्गै बन जङ्गल

अझै पढ्नुहोस्
समाचार

चौधरीको घर बाट ठूलो परिमाणमा चिरान काठ बरामत

सुखड / कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा १० खमौरा गाउँ बाट सब डिभिजन बन अत्तरिया बाट गएको गस्ती टोलिले सालको ठूलो परिमाण चिरान काठ सहित

अझै पढ्नुहोस्
Highlights

टीकापुर घटनामा मारिएका बालक टेक बहादुरको सालीक स्थापना

कैलालीस्थित टीकापुर घटनाको आठ वर्ष पूरा भएको छ। जिल्लाको टीकापुरमा थरुहट–थारुवार आन्दोलनका क्रममा भएको हिँसात्मक घटनाको आठ वर्ष पूरा भएको हो। २०७२ भदौ ७ गते

अझै पढ्नुहोस्
समाचार

घोडाघोडी तालमा चरा अवलोकन कार्यक्रम सुरु

जमुना न्युरे,सुखड/कैलाली र कंचनपुर जिल्लाका प्रमुख सिमसार क्षेत्रहरूमा रैथाने तथा प्रवासी पक्षिं अवलोकन कार्यक्रम आज सुरु भएको छ । नेपालको पहिलो पन्क्षी अभय आरण्य (वर्ड

अझै पढ्नुहोस्