बिपत सम्बन्धि जानकारी विद्यार्थीलाई

शेयेर गर्नुहोस

जमुना न्युरे,गौरीगंगा नगर स्तरीय सामुदायिक मेलमिलाप केन्द्र चौमाला,कैलालीको समन्वय तथा सशस्त्र प्रहरी बल नेपाल जवान तालिम शिक्षालय बनबेहडा,कैलालीको आयोजनामा गौरीगंगा नगरपालिका-३,झिल स्थित श्री जन-जागृत माध्यामिक बिधालयमा बिपत बाट जोगिन बिद्यार्थीहरु लाई बिपत सम्बन्धि १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।


बिधालय ब्यवस्थापन समिती सदस्य तुल बहादुर साउँदको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि गौरीगंगा नगरपालिका-३,अध्यक्ष मनिराज जोशी,विशिष्ट अतिथि सामुदायिक मेलमिलाप केन्द्र संयोजक हेमन्त राज जोशी (बाजे ),सशस्त्र प्रहरी बल नेपाल शिक्षालयका ASI संन्जय बोहरा,एकता प्रगतिशिल सहकारी संस्थाका चक्र रावल,बिधालयका पुर्ब अध्यक्ष,समिती सदस्य र बिधालयका शिक्षक-शिक्षिका हरुको उपस्थिति रहेको थियो।


गौरीगंगा नगरपालिका वडा-३,अध्यक्षले प्राकृतिक बिपतको जोखिम बाट हुने क्षती बाट बच्न यस्ता कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्नेमा बिस्वास ब्यक्त गरे। बिना सुचना आउने बिपत बाट जोगिन उच्च साबधानी अपनाउन सबैमा आग्रह गर्दै बिपत जोखिम कसरी ब्यवस्थापन गर्न सकिन्छ भन्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको नगर स्तरिय सामुदायिक मेलमिलाप केन्द्र संयोजक हेमन्त बाजे ले जानकारी दिनु भएको छ।


सो प्रशिक्षणमा सो बिधालयमा कक्षा ७,८ र ९ मा अध्ययनरत बिद्यार्थीहरुको सहभागीता रहेको प्रशिक्षणको सहजीकरण शिक्षालयका संन्जय बोहराले प्रस्तुत गर्नु भएको थियो।
बिधालयका प्र.अ.सुरेन्द्र धामीले तालिम निकै प्रभावकारी र फलदायी भएको बताउन्दैँ धन्यवाद ज्ञापन गर्नु भएको थियोे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

धनगढी बजार लगाएर आसपास क्षेत्र जलमग्न

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

जाडो छल्न भारततिर बसाइँ सरिरहेका कर्‍याङकुरुङ सारस चरा

जमुना न्युरे/धनगढी, । जाडो छल्न भारततिर बसाइँ सरिरहेका कर्‍याङकुरुङ सारस चरा कैलालीमा बसाई सर्न थालेका छन् । मङ्गोलिया, रसिया र उत्तरी चीनबाट आएका कर्‍याङकुरुङ करिब

अझै पढ्नुहोस्
समाचार

नेपाल बैंकले टिकापुर नगरपालिकाका कर्मचारीलाई विना धितो ऋण दिने

टीकापुर/ टीकापुरस्थित नेपाल बैंक लिमिटेडले टीकापुर नगरपालिकाका कर्मचारीलाई विना धितो ऋण दिने भएको छ । बैंक र नगरपालिकाबिच नगरपालिकाका स्थायी कर्मचारीलाई विना धितो १५ लाख

अझै पढ्नुहोस्
समाचार

हरेक वर्ष जस्तै यस बर्षको जलपन्छी गणना आज देखि सुरु

जमुना न्युरे,धनगढी /रेक बर्ष जस्तै यश बर्षको जलपन्छी गणना देशभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा आजदेखि एकै साथ जलपन्छी गणना कार्य गरिने भएको छ।

अझै पढ्नुहोस्
समाचार

डडेल्धुराको अमरगढी किल्लाबाट खप्तड पुगे साइकल यात्री

जमुना न्युरे,धनगढी – डडेलधुराको अमरगढी किल्लाबाट यात्रा सुरु गरेका साइकल यात्रीहरु आइतबार विहान भू-स्वर्गका रुपमा रहेको खप्तड पुगेका छन् । ‘पर्यटन पूर्वाधार, समृद्ध प्रदेशको अधार’

अझै पढ्नुहोस्