पहाडी जिल्ला जोड्ने बाटो भत्किए पछि धनगढीमा तरकारीको मुल्य वृद्धि

शेयेर गर्नुहोस

धनगढी, / धनगढी उपमहानगरपालिकाको कार्यालय अगाडी लाग्ने हाटबजार आज शुक्रबार पनि बिहानै देखि लागेको थियो । आज लागेको हाटबजार अरु दिनको भन्दा फरकै रहेको थियो । प्रायः तरकारीको भाउ बढेको र पहाडको तरकारी भिमदत्त राजमार्ग बन्द हुँदा हाटबजारमा पहिलाको जस्तै तरकारी आइ नपुग्दा भाउ बढेको ब्यापारी दिनेश सिङले बताए ।

अर्का ब्यापारी सुरज सिङले भने “पहाडको तरकारी पर्याप्त मात्रामा आउन सकेन धनगढीमा उत्पादित तरकारी डुबान हँदा सबै कुहिएर नष्ट भयो, त्यसैले पनि तरकारीको भाउ बढेको र अझै बढ्न सक्ने अनुमान गरिन्छ ।”

आलुको १ किलोको पहिला भन्दा रु.१० ले बढेको छ भने, सिम्लाको १ किलोको रु.१३० , लौकाको १ किलाको रु.५० अन्य केहीँ तरकारीको मूल्य पनि बढेको छ , तर गोलभेडा , खुसार्नी, धनियाँ र अन्य केहीँ तरकारीको मूल्य पहिलाकै कायम रहेको ब्यापारी मिना रानाले बताइन । उनले भनिन मुला , आलु, गोलभेडा , प्याजको केहीँ अभाव भएको र पहिलाको भन्दा केही मूल्य बढेको हो ।

यसपाली हाटबजारमा खोजेको तरकारी नमिलेको र भएको तरकारी पनि महङ्गो रहेको तरकारी किन्न हाटबजार आएका धनगढी ४ का रामकृष्ण जोशीले बताए ।

भारतबाट आयात गरेको तरकारी हाटबजारमा बिक्री वितरण गर्न रोक लगाइको छ । तर यहाँ आलु , प्याज भारतबाट आयात गरिएको पनि बिक्री वितरण भैरहेको छ । यदि बन्द गर्नुछ भने सबै बन्द गर्नुपर्छ, हैन भने सबै तरकारी बिना रोक बिक्री वितरण गरिनु पर्ने तरकारी किन्न हाटबजार आएका धनगढी १ का उपदेश उपाध्यायले गुनासो गर्दै जानकरी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Розваги онлайн стають доступнішими з ggbet ua для кожного азартного гравця

What is the 888 Casino Online Gaming Platform?

Ein Überblick über Ausländische Casinos: Merkmale und Unterschiede zu inländischen Anbietern.

Constelações astrológicas revelam o poder oculto da tiger fortune e seu impacto pessoal

Essential tips and tricks surrounding a ggbet bonus for new players today

Loki Casino Online Gaming Experience and Reviews

सम्बन्धितखवर

छुटाउनु भयो कि !

पर्यटन

डेढ वर्ष बितिसक्दा पनि गठन भएन पर्यटन विकास बोर्ड

जमुना न्युरे,सुखड / कैलाली जिल्लाको घोडाघोडी नगरपालिकामा स्थानीय निर्वाचन भएर नयाँ जनप्रतिनिधि आएको डेढ बर्ष बितिसक्दा पनि गठन हुन सकेन । बृहत घोडाघोडी ताल तथा

अझै पढ्नुहोस्