बालबालिका सम्बन्धी सरोकारवालहरू सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस

सुखड/कैलालीको घोडाघोडी नगरपालिकाले बालबालिका सम्बन्धी सरोकारवालहरू सँग अन्तरक्रिया कार्यक्रम गरेको छ । पालिकाको महिला बालबालिका तथा समाज कल्याण उप–शाखाले वडा नम्बर १ देखी १२ सम्म यस सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको हो । बालबालिका सम्बन्धी ऐन २०७५ अनुसार बालबालिकाका हक अधिकारको सुनिश्चितता गर्न इलाका प्रहरी कार्यालय सुखडको सहकार्यमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको शाखाले जनाएको छ ।

बाल विवाह, बहुविवाह, लागूपदार्थ दुर्व्यसन, छाउपडी कुप्रथा,सामाजिक सञ्जालको दुरुपयोग र समाजका हानिकारक अभ्यासहरूको बारेमा सचेतना फैलाउने उद्देश्यले कार्यक्रम गरेको महिला बालबालिका तथा समाज कल्याण उप–शाखाका प्रमुख इन्दु जोशीले जानकारी दिनु भयो । सम्बन्धित वडाका जनप्रतिनिधि, स्वयंसेविका, भलमन्सा, अभिभावक, शिक्षक,समाजसेवी, बुद्धिजीवी र विद्यालय उमेरका बालबालिकाहरूको सहभागितामा समाजमा घटिरहेका घटनाहरूमै केन्द्रित भएर अन्तरक्रिया गरिएको उनले जानकारी दिनु भयो ।

कार्यक्रम सञ्चालन गरे पश्चात् असल अभिभावकत्व नपाएर बालबालिकामा सही दिशानिर्देश नभएको, बाबुआमामा सकारात्मक अभिभावकत्व सम्बन्धी सचेतना नरहेको, बेरोजगारीको कारणले आमा बुवा बिदेसिने र गरिबीको कारण बालबालिका अरूको लालचमा सजिलै फस्ने सम्भावना देखिएको बताइएको छ । १२ दिन सम्म प्रत्येक वडामा सञ्चालन भएको कार्यक्रमको सहजिकरण इलाका प्रहरी कार्यालय सुखडका प्रमुख तथा (डिएसपी) वीरेन्द्र वीर विश्वकर्माले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

बर्दियामा नागरिक उन्मुक्ति पार्टीको जन जागरण तथा पार्टी प्रवेश कार्यक्रम , ३५० बढी प्रवेश

बर्दिया /पछिल्लो समय नागरिक उन्मुक्ति पार्टीमा अन्य पार्टिका नेता तथा कार्यकर्ता प्रवेश गर्ने क्रम जारी छ । कैलालीका विभिन्न ठाउँको कार्यक्रम सकेर पार्टीले आफ्ना गतिविधि

अझै पढ्नुहोस्
अर्थ

सामुदायिक सहकारीकाे २२ औ स्थापना दिवस दुई स्थानमा मनाइयाे

टीकापुर/टीकापुर ७ सत्ती स्थित सामुदायिक सहकारीकाे २२ औ स्थापना दिवश दुई स्थानमा मनाइएकाे छ । टिकापुर ७ सत्ति स्थित सामुदायिक सहकारीले बुधबार एक कार्यक्रमका बिच

अझै पढ्नुहोस्
समाचार

धनगढीको मोहना नदी किनारमा जलदेवी कमलाको पूजा गर्दै मलाह जाति

साउन / माछा बेचेर जीवन गुजारा गर्ने मलाह जातिले धनगढीमा कुल देउता अर्थात् जल देवता कमलाको पूजा गरेका छन् । माछापालन, माछाको सिकार तथा माछाको

अझै पढ्नुहोस्
राजनीति

टीकापुरमा माओवादी केन्द्रको नगर सम्मेलन सम्पन्न, अध्यक्षमा शाह

टीकापुर/कैलालीकाे टीकापुरमा नेकपा माओवादी केन्द्रको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ ।टीकापुरमा भएको सम्मेलनबाट नगर समितिको अध्यक्षमा खडक शाह निर्विरोध चयन हुनु भएको हाे ।

अझै पढ्नुहोस्