बाघको हड्डी, जडिबुटी र नगद सहित ५ जना पक्राउ

शेयेर गर्नुहोस

जमुना न्युरे, कैलाली /बाघको हड्डी, जडिबुटी र नगद सहित ५ जना पक्राउ परेका छन । पुस ९ गते कैलाली धनगढी उप-महानगरपालिका वडा नं. ४ बसपार्क स्थित साल्ट ट्रेडिङ करिसर अगाडीबाट प्रहरीले उनिहरुलाइ पक्राउ गरेकाे हाे ।


नक्कली मुद्राको कारोबार भई रहेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले पक्राउ गरेकाे थियोे । पक्राउ पर्नेमा चुरे गाउँपालिका वडा नं. ६ बस्ने बर्ष ५५ का लाल बहादुर साउँद, दार्चुला लेकम गाउँपालिका वडा नं. ६ बस्ने बर्ष ३३ को लिलाधार मिश्र, जिल्ला डोटी शिखर नगरपालिका वडा नं. १० बस्ने बर्ष ३० को करन सिंह धामी, ऐ.ऐ.बस्ने बर्ष १९ को टेकेन्द्र धामी र जिल्ला डोटी बडिकेदार गाउँपालीका वडा नम्बर १ बस्ने बर्ष ५० को मोहन सिंह बोहरालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खानतलासी गर्दा एक लाख बयालिस हजार नगद, जनावर(बाघको) जस्तो देखिने अस्थीपंजर हड्डीहरु ५ किलो ५३० ग्राम, बैंक तथा आई एम ई भौचर तथा चेकहरु, प्लाष्टिक भित्र लुकाई छिपाई राखेका अवस्थामा जडिबुढी बनस्पतीका बोक्राहरु INK र फलामका टुक्राहरु समेत बरामद गरी थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

विभिन्न माग लिएर नगर प्रमुख थारु सहित नगरपालिकाकाे टीम काठमाडौंमा

टीकापुर/टीकापुर क्षेत्रका विभिन्न माग लिएर टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारु सहित नगरपालिकाकाे टीम मन्त्रालयमा डेलिगेसनकालागि काठमाडौं पुगेकाे छ । टीकापुर विमानस्थल संचालन, टीकापुर

अझै पढ्नुहोस्
मनोरंजन

बजार सरसफाइ संगै संस्कृतीकाे जगेर्ना गर्न ऐकाडेमीले सुरु गर्याे टीकापुरमा देउसी भैलाे ।

कैलालीको टीकापुर स्थित शितल ऐकाडेमी टीकापुर शाखाले टीकापुरमा बृहत बजार सरसफाइ संगै संस्कृतीकाे जगेडा गर्न शुक्रबार देखी देउसी भेलाे सुरु गरेको छ । शिक्षाकाे क्षेत्रमा

अझै पढ्नुहोस्
समाचार

कैलालीका एक बालक बेपत्ता

धनगढीः कैलालीका एक बालक बेपत्ता भएका छन्।जिल्लाको लम्किचुहा नगरपालिका–९ बस्ने १७ वर्षीय सन्तोष सुवेदी चार दिनदेखि बेपत्ता भएका हुन्। सब डिभिजन वन कार्यलय बौनियामा कार्यरत फरेस्टर

अझै पढ्नुहोस्
समाचार

नदिमा डुबेर एक बालकको मृत्यु

कैलालीमा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ ।कैलाली जिल्लाको कैलारी गाउँपालिका–६ भगतपुर स्थित घुरा नदिमा नुहाउने क्रममा धनगढी उप-महानगरपालिका वडा नं.१८ फुलबारी E गाँउ

अझै पढ्नुहोस्