TRENDING
Play Free Slot Machines: A Guide to Online Port Gamings
No Betting Gambling Enterprise Bonuses: A Guide to Gaming Without Limitations
Ideal Cent Port Machines to Play: A Comprehensive Guide
The Best Bitcoin Casino Sites that Approve Bitcoins
Next
Prev

बसन्ता संरक्षित क्षेत्रमा बाघको आवातजावत बढ्दै

शेयेर गर्नुहोस

धनगढी/कैलाली जिल्लाको वसन्ता सरक्षित वन क्षेत्रमा हरेक बर्ष जस्तै यो बर्ष पनि बघिनी बाघ बच्चा हुर्काउनका लागि बसन्ता बनमा आएको छ । बघिनीले आफ्नो बच्चालाई भाले बाघबाट बच्चा (डमरु) जोगाउन पोथी आएको बताइएको छ । भरखरै सुत्केरी भएकी उक्त बाघ एक हप्ताअघि उक्त क्षेत्रमा प्रवेश गरेको स्थानीय ओम प्रकाश सापाकोटाले बताए ।

केही महिना अगाडि भजनी क्षेत्रमा रहेको कालिका सामुदायिक वनमा कहि समय देखि पाटे बाघको देखा परेको छ । पछिल्लो समयमा भयको वन अतिक्रमण र वन डढेलोको कारण आहारबिहारका लागि पाटे बाघ कालिका सामुदायिक वनमा आयको लामो समय हुँदा पनि बाघले ठाउँ छोडेको थियन ।
बसन्ता सरक्षित क्षेत्र पछिल्लो समय अतिक्रमण चपेटामा परे पछि बाघ आहार खोज्न र बच्चालाई सुरक्षित ठाउँ खोज्दै बस्ती नजीक आउने गरेको सरक्षणकर्मी विजय राज श्रेष्ठले बताए ।

बाघले भारत दुधुवा नेशनल पार्कमा डमरु जन्माएर हुर्काउन त्यहाँ आइपुगेको हुनसक्ने डिभिजन वन कार्यालय कैलालीले जनाएको छ । बाघ पहिलोपटक सुत्केरी भएकाले उसले बच्चा स्याहार्ने तरिका सिकेको छैन । त्यस्तै उसले सुरक्षित बाटोका बारेमा समेत जानकारी नपाएकाले स्थानीयलाई सर्तकता अपनाउन डिभिजन वन कार्यालय कैलालीले आग्रह गरेको छ ।

यो क्षेत्रमा बाघको आवातजावत बढी रहेको र चोरीपैठारी ,चोरीसिका घटना पनि बढ्ने भएकाले यसपटक आएकी बघिनीको बासस्थान बताइएको छैन । साथै उनीसँग भएका डमरुको संख्या समेत खुलाइएको छैन ।

बाघले भारतको जंगलमा डमरु जन्माएर हुर्काउन त्यहाँ आइपुगेको हुनसक्ने डभिजन वन कार्यालय कैलालीले जनाएको छ । बाघ पहिलोपटक सुत्केरी भएकाले उसले बच्चा स्याहार्ने तरिका सिकेको छैन । त्यस्तै उसले सुरक्षित बाटोका बारेमा समेत जानकारी नपाएकाले स्थानीयलाई सर्तकता अपनाउन वन कार्यालय पहलमानपुर कैलालीले आग्रह गरेको छ ।

डमरुसहित बाघ बस्ती नजिक आएको हुँदा यस्तो बेला जंगल नजाने तथा जानै परे चनाखो हुनुपर्ने भन्दै सामुदायिक वनका चोरी सिकारी कार्यदलहरुले सर्तकता सन्देश प्रवाह गरिरहेका छन् ।

पछिल्लोपटक कैलालीको वसन्ता वन क्षेत्रलाई बाघले डमरु हुर्काउन सुरक्षित क्षेत्र ठानेर त्यहाँ जाने गरेको पाइए।

बसन्ता जैविक मार्ग हुँदै कर्णाली जैविक मार्ग हुँदै भारतको कर्तरनिया घाट हुँदै दुधुवा नेशनल पार्क सम्म पाटे बाघले आफ्नो ‘मुभमेन्ट’ गर्ने गरेको र स्थानीय सामुदायिक वन तथा चोरी सिकारी नियन्त्रण दल सबैलाई जानकारी गराएको , सामुदायिक वनमा एक्लै हिडडुल नगर्न , सो क्षेत्रमा मानिसहरु आवातजावत कम गर्न , हिड्नै परेमा समुहमा आवातजावत गर्न डिभिजन वन कार्यलय धनगढीका प्रमुख रामचन्द्र कडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Play Free Slot Machines: A Guide to Online Port Gamings

No Betting Gambling Enterprise Bonuses: A Guide to Gaming Without Limitations

Ideal Cent Port Machines to Play: A Comprehensive Guide

The Best Bitcoin Casino Sites that Approve Bitcoins

Neteller Gambling Enterprises Online: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

विश्व सिमसार दिवसको जाखोर तालमा चरा अवलोकन

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा ७ मा रहेको जाखोर तालमा बिश्व सिमसार दिवशको अवसरमा चरा अवलोकन ( बर्ड वाचिङ्ग) कार्यक्रम सप्पन्न भएको छ । डिभिजन

अझै पढ्नुहोस्
समाचार

पासोमा परेर चितुवा घाइते

कैलाली जिल्लाको जानकी गाउँपालिका जगतपुरमा रहेको कैलाशेश्वर सामुदायिक वन उपभोक्ता समूहमा पासोमा परेको अवस्था चितुवा फेला परेको छ । जङ्गली जनावरहरुको लागि राखियको पासोमा परेर

अझै पढ्नुहोस्
समाचार

पासोमा पर्दैछन चितुवा र बाघ

ईन्द्रा कुमारी केसी,घोडाघोडी /एक साता पहिले कैलालीको जानकी गाउँपालिका ९ स्थित अमरावती सामुदायिक वन भित्र पाटे बाघ मृत अवस्थामा भेटियो । मृत अवस्थामा फेला परेको

अझै पढ्नुहोस्