बन्दले टीकापुर लगायत सुदूरपश्चिमको जनजीवन प्रभावित

शेयेर गर्नुहोस

टीकापुर/ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको नेपाल बन्दको प्रभाव टीकापुर लगायतका सुदूरपश्चिम प्रदेशका प्रमुख शहरहरुमा परेको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्य शहरका बजार व्यवसाय लगायत महेन्द्र राजमार्ग, अतरिया डडेल्धुरा राजमार्ग बन्दका कारण सवारि साधन नचल्दा यहाँको जनजीवन प्रभावित भएको छ ।

टीकापुर सहित प्रदेशका सबै जिल्लाका मुख्य बजारहरुमा बिहानै देखि सवारी साधन नचलेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिनुभयाे ।

बजार, कलकारखाना, बैंक तथा वित्तीय संस्था तथा शैक्षिक संस्था पनि बन्द रहे भने माेटरसाइकल फाट्टफुट्ट चलिरहेका थिए । बन्दका कारण लामो तथा छोटो दूरीका सवारी साधन नचलेपछि काम विशेषले गन्तव्य जाने यात्रुहरु मर्कामा परेका छन् ।

सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज मंगलबार नेपाल बन्द आह्वान गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

धनगढी बजार लगाएर आसपास क्षेत्र जलमग्न

सम्बन्धितखवर

छुटाउनु भयो कि !

शिक्षा/स्वास्थ्य

आज देखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय

अप्सरा बुढा,टीकापुर/कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने भएको छ । आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)

अझै पढ्नुहोस्
समाचार

अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसरमा घोडाघोडीमा फोटो प्रर्दशनि

जमुना न्युरे,सुखड/ विश्व रामसार क्षेत्रमा सुचिकृत कैलालीको घोडाघोडीमा चरा उत्सव तथा फोटो प्रर्दशनी गरिएको छ । अन्र्तराष्ट्रिय जैविक विविधता दिवसको अवसरमा घोडाघोडीमा फोटो प्रर्दशनी गरिएको

अझै पढ्नुहोस्
समाचार

कैलालीमा फल्यो लटरम्म स्याउ

सुखड/तराईको प्रचण्ड गर्मीमा स्याउ फल्यो भनेको सुन्दा अचम्म लाग्नसक्छ, तर कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका एकजना किसानको बगैँचामा लटरम्म स्याउ फलेका छन् । चिसो हावापानी भएको

अझै पढ्नुहोस्
समाचार

बन्यजन्तुको आक्रमण मृत्यु भयको परिवारलाई राहत दिइयो

जमुना न्युरे,धनगढी /कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १० भिमवस्ती मदन टोलकी कलसा सार्कीका परिवारलाई राहात रकम प्रदान गरिएको छ । सामुदायिक वन समन्वय समिति कंचनपुरले

अझै पढ्नुहोस्