फेरी घटाइयो धनगढीको मुख्य सडकको चौडाई

शेयेर गर्नुहोस

धनगढी । धनगढी उपमहानगरपालिकाले निर्माणाधिन मुख्य सडक ट्राफिक चौराहदेखि कैलाली पुलसम्मको चौडाई फेरी घटाएको छ । एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा निर्माण भइरहेको मुख्य सडकको चौडाई घटाएर २१ मिटर बनाइएको हो । प्रदेश सरकार, केही व्यवसायीहरुले सडक क्षेत्राधिकारभित्र रहेका संरचना भत्काउन आनाकानी गरेपछि सडकको चौडाई घटाइएको हो ।


ठेक्का सम्झौताका क्रममा मुख्य सडकको क्षेत्राधिकार ३० मिटर कायम गरिएको थियो । यद्यपी निर्माणका क्रममा सो सडकको कालोपत्रे २४ मिटरभित्र गर्ने सम्झौता कम्पनिसंग भएको जनाइएको छ ।
कालिका कन्स्ट्रक्सनले निर्माण गर्न लागेको सो सडकको विस्तृत परियोजना प्रतिवेदनमा सडकको क्षेत्राधिकार ३० मिटर उल्लेख छ । एडिबीको ऋण सहयोगमा धनगढीमा पहिलो चरणमा सात वटा सडकको निर्माणका लागि टेण्डर आह्वान गरिएको थियो ।
धनगढीका स्थानीयहरुले सडक चौडाई गरिनुपर्ने माग राख्दै आएकोमा मुख्य सडकको चौडाई घटाउने कार्य भइरहेको हो ।


धनगढी उपमहानगरपालिकाका इन्जिनियर द्धिजराज भट्टले भने –‘सडकको क्षेत्राधिकार ३० मिटर हो । अहिले कालोपत्रे भइरहेको क्षेत्र २४ मिटर हो ।’ तर, उनले भनेको विपरित सडकको कार्य २१ मिटरभित्र भइरहेको छ । कालोपत्रे, नाली तथा पैदलमार्ग २१ मिटरभित्र निर्माण भइरहेको जनाइएको छ ।
नगर प्रमुख गोपाल हमालको जग्गा पनि सडकभित्र परेपछि चौडाई घटाइएको स्थानीयहरुको आरोप रहेको छ ।


प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले सडकको मापदण्डअनुसार २१ मिटर (१५ मिटर र ६ मिटर सेटव्यागसहित) २१ मिटर सडकको क्षेत्राधिकार खाली गराउन तत्परता देखाएको नगर प्रमुख गोपाल हमालले बताए । ‘मुख्यमन्त्री कमलबहादुर शाह, प्रमुख सचिव हरिप्रसाद लम्साललगायत मन्त्रीपरिषद् कार्यालयले धनगढी चौराह–कैलाली पुल २१ मिटर सडक क्षेत्र खाली गराउने कामलाई अगाडि बढाइएको छ’ उनले भने ‘शुक्रबारदेखि धनगढी उपमहानगरपालिकाको प्राविधिक टोलीले मुख्यमन्त्री एवम् मन्त्रीपरिषद्को कार्यालयसँग आवश्यक समन्वय गरेर पुनः २१ मिटर सडक क्षेत्र खाली गराउन सडकमा चिन्ह लगाउन सुरु गरेको थियो ।’


उपमहानगरपालिकाले एडिबीसँग सम्झौता भएको ४२.९६२ किलोमिटर सडकमध्ये १० दशमलब दुई सय ५० किलोमिटर सडक पहिलो चरणमा निर्माणाधिन रहेका छन् ।
धनगढीको आफनै संरचना भत्केन । धनगढी नगर विकासका अध्यक्ष हुन नगर प्रमुख गोपाल हमाल । तर, मुख्य सडकमा रहेको नगर विकासको कार्यालयको भवन अहिलेसम्म भत्काउन सकेका छैनन् ।


नगर प्रमुख हमालले मुख्य सडकमा रहेका प्रदेश सरकारका संरचना नहट्दा सडक निर्माणमा समस्या भइरहेको आरोप लगाइरहेपनि आफनै संरचना भत्काउन कुनै सुरसार गरेका छैनन् । बढ्दो सवारी चाप र जनसंख्यालाई मध्यनजर गरी धनगढी चौराहादेखि कैलाली पुलसम्म सडक चौडा बनाउने काममा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरेर काममा तीव्रता दिने प्रयास भइरहेको उपमहानगरपालिकाले जनाएको छ ।


एकै सडकमा फरक–फरक चौडाई
धनगढीको मुख्य सडकसंगै जोडिएको कैलालीपुलदेखि क्याम्पस रोडसम्मको सडक ३० मिटर बनाइने भएको छ । तर, सोही सडकसंग जोडिएको चौराहदेखि कैलालीपुलसम्मको सडक २१ मिटरमा निर्माणाधिन रहेको छ ।
गत वर्ष उपमहानगरपालिकाले कैलालीपुलदेखि क्याम्पसरोडसम्मको सडक ३० मिटर चौडाई बनाउने भन्दै सरकारी संरचनामा डोजर चलाएको थियो भने स्थानीयहरुले स्वयम भत्काएका थिए । अहिले सो सडकमा प्रदेश सरकारको लगानीमा नाला निर्माण कार्य भइरहेको छ ।
पूर्वाधार विकास कार्यालय कैलालीका अनुसार केएस कन्स्ट्रक्सनसंग ५१ करोड ६८ लाख ७८ हजार छ सय ४१ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । अहिलेसम्म सो सडकमा पाँच करोड ४५ लाख ६२ हजार आठ सय ६८ रुपैयाँ खर्च भएको पूर्वाधार कार्यालयका लेखा अधिकृत नरबहादुर भाटले बताए । उनले भने –‘सो सडकमा चालु आर्थिक वर्षका लागि १२ करोड रकम विनियोजन भएको छ । आवश्यक परेको खण्डमा रकम थप्न सकिने छ ।’
कैलाली पुलदेखि क्याम्पस चोकसम्मको २ किलोमिटर तीन सय मिटर सडक निर्माण गर्न प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले बजेट विनियोजन गरेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Alterspin Casino – Das Glücksspiel für jeden Alter

Ein Rausch aus Ägypten – Der Slot Zuluspins

Spelen bij Play2Win Casino: Een Onderzoeksrapport over Online Gokken en Casino Spellen in Nederland

Buitengewone getallen en zombillion voor toekomstige berekeningen

Umfassende Einblicke in die Möglichkeiten rund um wingaga für zukunftsweisende Projekte

Aktuelle Informationen für Glücksspiel-Fans mit wingagacasinos.de und wichtigen Tipps erwarten Sie

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Vavada играть онлайн выгодно и интересно

Vavada играть онлайн выгодно и увлекательно Пользуясь предложениями данной платформы, вы получаете доступ к разнообразным играм и акционным предложениям, которые способствуют увлекательному времяпрепровождению и возможность

अझै पढ्नुहोस्
राजनीति

कैलाली ३ मा नागरिक उन्मुक्ति पार्टीका चौधरी विजयी

जमुना न्युरे,सुखड /मङ्सिर ६ गते । कैलाली क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी प्रतिनिधि सभा सदस्यमा बिजयी भएका छन् । कुल ६१

अझै पढ्नुहोस्