प्राकृतिक स्रोत संरक्षण र अपराध नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस

धनगढी, १९ असोज। प्राकृतिक स्रोत संरक्षण र वातावरणीय अपराध नियन्त्रणका लागि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। यूएसएआईडीको सहयोगमा लक्ष्य ट्रेनिङ एण्ड रिसर्च प्रा.लि.ले जल जङ्गल परियोजना अन्तरगत आयोजना गरेको कार्यक्रममा सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि र पत्रकारहरूको सहभागिता रहेको थियो।

लक्ष्य ट्रेनिङ एण्ड रिसर्च प्रा.लि.का कार्यक्रम अधिकृत दिनेश चन्द्र जोशीले वातावरणीय अपराध नियन्त्रण र प्राकृतिक स्रोत संरक्षणका सम्बन्धमा जानकारी गराउँदै जलवायु परिवर्तन र वातावरणीय विनाश न्यूनिकरणका लागि नीति, नियम र कानुनहरूको आवश्यकता रहेको बताए । कार्यक्रम उनले वन्यजन्तुको संरक्षण र वन्यजन्तु मैत्री विकास निर्माणलाई विशेष प्राथमिकतामा राख्नु पर्ने बताए । साथै, वातावरणीय अपराध नियन्त्रणमा स्थानीय निकाय र नागरिक समाजको महत्त्वपूर्ण भूमिका रहने भन्दै जनचेतना अभिवृद्धिका लागि सबैलाई योगदान गर्न आग्रह गरिएको थियो ।

धनगढी उपमहानगरपालिकाका वातावरण अधिकृत अशोक अवस्थीले फोहरमैला व्यवस्थापन ऐनको कार्यान्वयनमा विशेष जोड दिइएको जानकारी दिए। उनले प्लास्टिकजन्य वस्तुहरूलाई प्रतिबन्ध लगाएर वातावरण संरक्षणमा नगरपालिकाले सहयोग गरेको बताए। कार्यक्रमका सहभागी अपांग महासंघका नन्दराज जोशीले मानव जीवनको सुरक्षा वातावरण संरक्षणसँग प्रत्यक्ष सम्बन्धित रहेको बताए । उनले भने ‘ हामीले वातावरणको रक्षा गर्यौं भनेमात्र हाम्रो भविष्य सुरक्षित हुनेछ। ’

कार्यक्रमले वातावरण मैत्री विकासमा ध्यान दिनुपर्ने र विकास निर्माणले वातावरणमा पार्ने असरको गहिरो अध्ययन आवश्यक रहेको जानाइएको छ । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

कैलाली काँग्रेसको मतदान सुरु (फाेटाे फिचर)

धनगढी, १५ फागुन/नेपाली काँग्रेस कैलालीको नयाँ नेतृत्वका लागि मतदान धनगढीको रंगशालमा सुरु भएको छ । मतदानका सुरु भएको निर्वाचन अधिकृतले जनाएको छ । अहिले उम्मेदबार

अझै पढ्नुहोस्
समाचार

महिला नेत्री बिसिले गरिन पुर्ब मन्त्री सिंहको सम्झनामा फलफूल बितरण र कल्याणकारी कोषमा रकम जम्मा

जमुना न्युरे/जन्मदिनमा धेरैले केक काटने, पार्टी भोज मनाउने फजुल खर्च बढी गर्ने कार्यको होडबाजी चलिरहेको बेला एकजना महिला नेत्रीले भने आफ्नो जन्म दिनमा दिवंगत आफ्ना

अझै पढ्नुहोस्
मनोरंजन

चलचित्र काँडेतार को च्यारिटी शो माघ २०मा धनगढीमा हुने

जमुना न्युरे,धनगढी/राष्ट्रबादी नेपाली  चलचित्र काँडेतार को च्यारिटी शो हुने भएको छ । माघ २० गते धनगढी को एसटीएस सिनेमा हलमा प्रदर्शन हुने भएको हो ।

अझै पढ्नुहोस्
समाचार

घोडाघोडी तालमा बन्दै गरेको भ्यु -टावरको काम रोक्का

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको घोडाघोडी नगरपालिका रहेको घोडाघोडी तालमा भ्युटावर निर्माण काम रोक्का गरिएको छ। आर्थिक बर्ष २०७७/२०७८मा करिब एक करोडको लगानिमा पर्यटन मन्त्रालय इ. डिबि

अझै पढ्नुहोस्