प्रमुखको अपमान गरेको कांग्रेस सुदूरपश्चिम संसदीय दलको ठहर

शेयेर गर्नुहोस


धनगढी/सुदूरपश्चिम प्रदेशको मंगलबारदेखि सुरु भएको विशेष अधिवेशनमा मुख्यमन्त्री दीर्घबहादुर सोडारी अनुपस्थित भएका छन्। दिउँसो २ बजे सुरु भएको बैठकमा प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री टिका थापाबाहेक मुख्यमन्त्री र मन्त्रीहरु अनुपस्थित रहेका थिए।

मुख्यमन्त्री र मन्त्रीहरु बैठकमा उपस्थित नभएपछि नेपाली कांग्रेस संसदीय दलको कार्यालयले मुख्यमन्त्री सोडारीले प्रदेश प्रमुखको अपमान गरेको ठहर गरेको छ। 

दलका नेता कमलबहादुर शाहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश प्रमुखले यस्तो प्राकृतिक विपत्तिमा परेका प्रदेशबासीलाई उद्धार, राहात, पुनर्स्थापना र घाइतेको उपचारका लागि प्रदेश सभामा आवश्यक छलफल गर्न आह्वान गरिएको अधिवेशनमा मुख्यमन्त्री अनुपस्थित हुनु प्रदेश प्रमुखको अपमान भएको दलको ठहर छ।’

नेता शाहले मुख्यमन्त्रीले गैरसंवैधानिक, गैरजिम्मेवार र सत्तालिप्सा कार्य गरिरहेको बताए। उनले भने, ‘विपत्ति र प्रदेश बजेट शून्यताको अवस्थामा आइपुग्दा कुनै कोणबाट विश्वासको मत प्राप्त गर्न नसक्ने अल्पमतमा रहेको कामचलाउ प्रदेश सरकारका मुख्यमन्त्रीले पदबाट राजीनामा दिएर माग्रप्रशस्त गर्न आग्रह गर्दछु।’

उनले गम्भीर परिस्थितिमा संवेदनशील भई प्रदेशको गरिमा बढाउन प्रदेशमा रहेका राजनीतिक दल र प्रदेश सभा सदस्यहरुले काम गर्न आग्रह गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

धनगढी बजार लगाएर आसपास क्षेत्र जलमग्न

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

बेलैमा बुद्धि नपुर्‍याए फेरि रुन पनि पाइने छैन

रेशम चौधरी,स्थानीय निर्वाचनको तरंगले हाम्रो देश ढाकिसक्यो। सहरका हलहरु राजनीतिक कार्यक्रमले भरिभराउ छन्। गाउँका गल्लीहरुमा ठडिएका वृक्षहरु राजनीतिक झण्डाले रंगीन छन्। बस्तीका झुपडीहरुमा समेत दलका

अझै पढ्नुहोस्
समाचार

मत माग्दै धनगढी पुग्यो इन्जिनियर लोकतान्त्रिक समूह

धनगढी/नेपाल इन्जिनियर्स एशोसिएसनको ३४ आै केन्द्रीय कार्यकारिणी समिति र तेस्रो प्रादेशिक समितिको निर्वाचनका लागि लोकतान्त्रिक समूहका उम्मेदवारहरु धनगढी आइपुगेका छन् । भदौ २८ गते हुने

अझै पढ्नुहोस्
पर्यटन

थारु परम्परागत शैलिका माटोको लिपपोत, खरले छाएको चिटिक्क “होमस्टे बसेरा”

जमुना न्युरे,धनगढी /कैलाली जिल्लाको लम्किचुहा नगरपालिका वडा न -३ स्थित बसेरा होमस्टेमा पाहुनालाइ स्वागत गर्न थारु पहिरनमा सजियर महिलाले डेलुवामा फुलमाला र पुरुषको काधमा हलो

अझै पढ्नुहोस्
समाचार

सुचक प्रजाती गणना कार्य सुरु

जमुना न्युरे,सुखड/देशभरि का जलाशय, सिमसारक्षेत्र र रामसारक्षेत्रमा आगन्तुक जलपन्छी गणनाका लागि चराकर्मी , चराप्रेमी भने देश भरिका जलाशयमा जलपन्क्षी गणना मा ब्यस्त रहेका छन् ।

अझै पढ्नुहोस्