प्रधानमन्त्री देउवा टीकापुरमा, बाढी प्रभावितलाइ राहत दिने आस्वासन

शेयेर गर्नुहोस

टीकापुर/ प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको पूर्वीक्षेत्रका बाढी र डुबान प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ ।
शुक्रबार प्रधानमन्त्री देउवाले टीकापुर क्षेत्रमा भएको बाढीपीडित क्षेत्रकाे स्थलगत अवलोकन गर्नुभएकाे हाे ।

प्रधानमन्त्री देउवाले टीकापुर नगरपालिका वडा नं. ८ बनगाउँमा बाढी प्रभावितसँग भेट गर्दै सरकारले प्रभावितका लागि राहतको कार्यक्रम ल्याइसकेको बताउनुभयाे । प्रधानमन्त्री देउवाले बाढीबाट लामो समयदेखि प्रभावित हुँदै आएको टीकापुर क्षेत्रको बाढी समस्या समाधानका लागि दीर्घकालीन कार्यक्रमहरु ल्याइने बताउनुभयाे ।

‘यो विपद् हो, लामो समयदेखि तपाईँहरु बाढीबाट प्रभावित हुनुहुन्छ,प्रधानमन्त्री देउवाले भने, ‘सरकारले राहतका कार्यक्रम घोषणा गरिसकेको छ, अब यसको समाधानका लागि दीर्घकालीन कार्यक्रम ल्याउनेछौं ।’ प्रधानमन्त्री देउवाले बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै वास्तविकता बुझ्न अर्थमन्त्रीसहित आफूहरु पीडितसँग भेटघाट गर्न आएको बताउनुभयाे ।

‘अर्थमन्त्रीज्यू समेत यतै हुनुहुन्छ, हामी तपाईँहरुको साथमै छौं, सरकारले यहाँ फर्केपछि दीर्घकालीन कार्यक्रम ल्याउनेछाै,’ प्रधानमन्त्री देउवाले छोटो सम्बोधन गर्दै भन्नुभयाे । प्रधानमन्त्री देउवालाई नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावलले बाढीले गरेको क्षतिबारे ब्रिफिंग गरेका थिए ।

स्थानीय मानबहादुर चौधरीले वि.सं. २०४० सालपछि कै ठूलो बाढीले आफूहरुको धानबाली सबै क्षति भएको बताएका थिए । कार्यक्रममा टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र बहादुर रावलले बाढी प्रभावितका समस्यका बारेमा प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउनुभएकाे थियोे ।
बाढी प्रभावित क्षेत्रका बासिन्दासँग भेटेर विपद्को वास्तविकता बुझ्न प्रधानमन्त्री देउवा बिहीबारदेखि सुदूरपश्चिम क्षेत्रको भ्रमणमा रहनुभएकाे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

डल्फिन संरक्षण क्षेत्रमा १६ औं अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो

२२ भाद्र, कैलाली जिल्लाको दक्षिणपुर्बी क्षेत्र टिकापुर नगरपालिका र भजनी नगरपालिकामा १६ औं अन्तरास्ट्रिय गिद्द सचेतना दिवस मनाइएको छ। डल्फिन,जलचर तथा जैविक बिबिधता संरक्षण नेपाल

अझै पढ्नुहोस्
समाचार

पर्यटन प्रवर्द्धन तथा सूचना केन्द्रको घर भन्दै बनाइयो चर्च

जमुना न्युरे,धनगढी/कैलालीमा पर्यटन प्रबद्र्धन तथा सुचना केन्द्रको भवन निर्माण गर्ने भनेर बिनियोजित बजेटमा चर्च बनाइएको छ । सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय

अझै पढ्नुहोस्
समाचार

निजी कम्पनीका एयरलाइन्सहरुले भाडा वृद्धि गरेको भन्दै ने बि सघ र तरुण दलले बिरोध

धनगढी,दसैमा राजधानी काठमाडौबाट धनगढी फर्कने यात्रुहरुले साविकको भन्दा दोब्बर बढी मूल्यमा यात्रा गर्नु परेको भन्दै नेपाल विद्यार्थी संघ र तरुण दल कैलालीले संयुक्तहरुमा आइतबार धनगढी

अझै पढ्नुहोस्
समाचार

प्रदेश सचीवलाई विभिन्न संगठनद्वारा स्वागत

जमुना न्युरे,धनगढी/सुदूरपश्चिम प्रदेश उधोग पर्यटन वन तथा वातावरण मन्त्रालयका प्रदेश सचिव जीवनाथ पौडेललाई धनगढिमा स्वागत गरेका छन् । पेसागत सगठनहरु द्वारा वन तथा वातावरण मन्त्रालय

अझै पढ्नुहोस्