प्रधानमन्त्री देउवा टीकापुरमा, बाढी प्रभावितलाइ राहत दिने आस्वासन

शेयेर गर्नुहोस

टीकापुर/ प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको पूर्वीक्षेत्रका बाढी र डुबान प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ ।
शुक्रबार प्रधानमन्त्री देउवाले टीकापुर क्षेत्रमा भएको बाढीपीडित क्षेत्रकाे स्थलगत अवलोकन गर्नुभएकाे हाे ।

प्रधानमन्त्री देउवाले टीकापुर नगरपालिका वडा नं. ८ बनगाउँमा बाढी प्रभावितसँग भेट गर्दै सरकारले प्रभावितका लागि राहतको कार्यक्रम ल्याइसकेको बताउनुभयाे । प्रधानमन्त्री देउवाले बाढीबाट लामो समयदेखि प्रभावित हुँदै आएको टीकापुर क्षेत्रको बाढी समस्या समाधानका लागि दीर्घकालीन कार्यक्रमहरु ल्याइने बताउनुभयाे ।

‘यो विपद् हो, लामो समयदेखि तपाईँहरु बाढीबाट प्रभावित हुनुहुन्छ,प्रधानमन्त्री देउवाले भने, ‘सरकारले राहतका कार्यक्रम घोषणा गरिसकेको छ, अब यसको समाधानका लागि दीर्घकालीन कार्यक्रम ल्याउनेछौं ।’ प्रधानमन्त्री देउवाले बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै वास्तविकता बुझ्न अर्थमन्त्रीसहित आफूहरु पीडितसँग भेटघाट गर्न आएको बताउनुभयाे ।

‘अर्थमन्त्रीज्यू समेत यतै हुनुहुन्छ, हामी तपाईँहरुको साथमै छौं, सरकारले यहाँ फर्केपछि दीर्घकालीन कार्यक्रम ल्याउनेछाै,’ प्रधानमन्त्री देउवाले छोटो सम्बोधन गर्दै भन्नुभयाे । प्रधानमन्त्री देउवालाई नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावलले बाढीले गरेको क्षतिबारे ब्रिफिंग गरेका थिए ।

स्थानीय मानबहादुर चौधरीले वि.सं. २०४० सालपछि कै ठूलो बाढीले आफूहरुको धानबाली सबै क्षति भएको बताएका थिए । कार्यक्रममा टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र बहादुर रावलले बाढी प्रभावितका समस्यका बारेमा प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउनुभएकाे थियोे ।
बाढी प्रभावित क्षेत्रका बासिन्दासँग भेटेर विपद्को वास्तविकता बुझ्न प्रधानमन्त्री देउवा बिहीबारदेखि सुदूरपश्चिम क्षेत्रको भ्रमणमा रहनुभएकाे थियो ।

ताजा खबर

Beste Online Casino-Seite Tatsächliches Bargeld: Ein Umfassender Überblick für Spieler

Spin the Reels Anywhere with Mobile Casino Apps in Australia

VillaSpin Chargeback Policy Verbot

SpinKong Skrill Retrait : Rapidité et Frais

Getting Your Winnings Out in Australian Dollars

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

बाढिले हजारौँ परिवार समस्यामा उद्धार गर्नसक्ने अवस्था पनि छैन भजनी नगरप्रमुख चौधरी

धनगढी : कन्द्रा र काढा नदीको बाढी बस्तीमा पसेपछि कैलालीको भजनी नगरपालिका जलमग्न भएको छ । घर डुबानमा परेपछि भजनीवासीको विचल्ली भएको छ । भजनीमा सबै

अझै पढ्नुहोस्

Драгон Мани Голд: что стоит за блеском и как не прогореть на ставках

Мир онлайн-казино в России переживает второе рождение.После ухода крупных западных брендов освободившуюся нишу стремительно заняли отечественные и азиатские платформы.Среди них особенно выделяется проект, который у

अझै पढ्नुहोस्