पोस्ट हार्भेष्ट प्रविधि सम्बन्धि तालिम सम्पन्न

शेयेर गर्नुहोस

कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा २ दिने पोस्ट हार्भेष्ट प्रविधि तालिम सम्पन्न भएको छ । दिगो विकास समाज भजनी कैलाली र वर्ल्ड भिजन इन्टरनेशनल नेपाल कैलालीको साझेदारीमा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजनाले तालिम दिएको थियो ।

तालिममा घोडाघोडी, गौरीगंगा, भजनी नगरपालिका र कैलारी गाउँपालिकामा गठित १८ वटा ताजा तरकारी उत्पादन समूहका २८ जना आलु उत्पादकहरूको सहभागिता रहेको थियो । उत्पादकहरू आलु पोस्ट हार्भेष्ट प्रविधि प्रविधिका बारेमा जानकारी गराउने, बजारमुखी आलु उत्पादन प्रविधिका बारेमा सैद्धान्तिक तथा व्यावहारिक छलफल गरी आलुको उत्पादनमा वृद्धि गर्न सहजता ल्याउने र आलुको लाभ लागत विश्लेषण गरी प्रति केजी मूल्य निर्धारण गर्नमा सहजता ल्याउने बताइएको छ ।

साथै आलुमा लाग्ने रोग किरा व्यवस्थापनको सैद्धान्तिक तथा व्यवहारिक छलफल गुणस्तरीय आलु उत्पादनमा सहजता ल्याउने, गुणस्तरीय आलु उत्पादन गरी आर्थिक आम्दानी वृद्धि गर्ने, आलु खेतीमा नव पद्धत्ति प्रविधिका बारेमा जानकारी गराई प्रविधि प्रयोगमा सहजता ल्याउने उद्देश्यले तालिम सञ्चालन गरिएको परियोजनाका कार्यक्रम संयोजक प्रभुनाथ ढकालले जानकारी दिए ।

कार्यक्रममा संयोजक ढकालले स्थानीय सरकार सँग समन्वय गर्ने, समाधानका लागी पहल गर्ने, उत्पादकहरूले तालिममा सिकेका प्रविधिहरूलाई व्यवहारमा लागु गर्नु पर्ने र डिजिटल प्रविधिबाट उत्पादकले प्राविधिक ज्ञान हासिल गर्नुपर्ने सुझाव राख्नु भएको थियो । २ दिने सम्म तालिममा सिकेका कुराहरू व्यवहारमा लागु गर्न समेत सहभागीहरूले बताएका थिए ।

चैत्र ५ गते बाट सुरु भएको तालिम ६ गते सम्म सञ्चालन भएको थियो । दिगो विकास समाज भजनीका अध्यक्ष राम बहादुर सुनारको सभाध्यक्षमा कार्यक्रम समापन भएको थियो थियो । कार्यक्रममा दिगो विकास समाज भजनीका सुरज चौधरी रहनु भएको थियो कार्यक्रमको सहजीकरण प्रशिक्षक कृष्ण पाण्डे र विकास राना ले गरेको थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

SpinGrande – Das Spiel der Glücksschüsse

Istituto per la Giochi di Azzardo Virtuale dellInstasino

Uitgebreide strategieën rondom de zombillion bonus voor maximale winst

Practical strategies for maximizing wins with spinking casino and bonus offers

Aktuelle Trends für Spieler mit nvcasino online und lukrativen Gewinnchancen

Aktuelle Strategien entwickeln, um mit dem ninlay casino erfolgreich zu spielen und Gewinne zu maximieren

सम्बन्धितखवर

छुटाउनु भयो कि !

शिक्षा/स्वास्थ्य

१६ औं राष्ट्रिय पुस्तकालय दिवस भव्य रुपमा मनाइयो

जमुना न्युरे/ कैलाली जिल्ला स्थित गोदावरी नगरपालिका वडा नं १,अत्तरियामा स्थित श्री प्रतिभा सामुदायिक पुस्तकालयको आयोजनामा १६ औं राष्ट्रिय पुस्तकालय दिवस कार्यक्रम भव्य रुपमा मनाइएको

अझै पढ्नुहोस्