पर्यटनको विकासका लागि निजि क्षेत्रलाई लगानी गर्ने वातावरण बनाउनुपर्छ : मन्त्री पाण्डे

शेयेर गर्नुहोस


जमुना न्युरे,धनगढी/पर्यटनको बिकासका लागि निजि क्षेत्रलाई लगानी गर्ने वाताबरण बनाउनुपर्ने सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रि पाण्डेले बताएका छन । धनगढीमा आयोजना गरिएको सुदुरपश्चिम प्रदेश पर्यटन बिकास रणनीीत सम्बन्धी सरोकार र निजि क्षेत्र बिच भएको छलफल तथा अन्र्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले निजी क्षेत्रको लगानी भएको ठाउँहरुमा पर्यटनको बिकास भएको बताए ।


सुदुरपश्चिम प्रदेश धार्मिक तथा पर्यावरणीय दृष्टिकोणले महत्वपुर्ण रहेको बताउँदै उनले भने,सानो भुगोल साँस्कृतिक तथा पर्यटनको विविधतापुर्ण प्रकृतिले ले धनि छौ यसका लागि पर्यटकिय क्षेत्रलाई चलायमान गराउन सके धेरै सम्भावनाह रहेका छन ।
पर्यटन बिकासका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताउदै उनले भने,पर्यटन क्षेत्रलाई उद्योगको रुपमा बिकास गर्दै सहुलियत दिन आवश्यक छ ।


उनले भने , हामि संग पर्यटक प्रहरी पनि छन जस्ले गर्दा सहज भएको छ । तर थोरै छन पर्यटक प्रहरीलाई बढाउनु पर्ने उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सुदुश्चिममा भारत तथा अन्य मुलुकबाट आउने पर्यटकहरुका लागि सहज वातावरण बनाउने बताएका छन ।
खप्तड लगायतका केहि पर्यटकिय क्षेत्रहरुको बिकासका लागि कानुनी जटिलता रहेको बताउदै उनले भने, प्रदेश सरकारको श्रोत अनुसार जटिलतालाई हटाएर अघि बढ्ने छौ ।


कार्यक्रममा बोल्दै सुदुरपश्चिम प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले पर्यटकिय क्षेत्रको अतिक्रमण नियन्त्रण हुनुपर्ने हुनुपर्ने बताए ।
उनले अतिक्रमण भएको कैलालीको पुरैना ताल पुन निर्माण गर्न प्रदेश सरकार एक्लैले नसक्ने हुदा संघिय सरकारले पनि समन्वयकारी भुमिका निर्वाह गर्न आग्रह गरे ।
उनले भने, सुदुरपश्चिममा पर्यटन भित्राउनका लागि धनगढी पोखरा हवाई मार्ग हुन आवश्यक रहेको बताए ।


कार्यक्रममा सुदुरपश्चिम प्रदेशमा पर्यटन क्षेत्रमा बिकास,अवसर र चुनोती का बिषयमा हाल सम्म गरिएका प्रयासहरुका बारेमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिब प्रमोद भट्राईले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा पुर्व मुख्य मन्त्री राजेन्द्र सिं रावल, प्रदेश सभा सदस्य धर्मराज पाठक,शिव सिंह ओलि लगायतकाले बोलेका थिए । कार्यक्रममा निजि क्षेत्र तथा सरकारी क्षेत्रका पर्यटन सम्बन्धि सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

ताजा खबर

बाघको आक्रमणबाट एक जनाको मृत्यु

Legalne kasyna internetowe w Polsce – Poradnik dla graczy

The Ultimate Guide to Playing Roulette Game Online

Can I Obtain an ESA Letter From My Medical professional?

Understanding the Importance of a Housing ESA Letter

Kasyno Revolut – Twoja najlepsza opcja dla hazardu online

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

नेपाली काँग्रेसको अनुपस्थितिमा सुदूरपश्चिम प्रदेशको बजेट अधिवेशन शुरु

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन आइतबारदेखि शुरु भएको छ । आइतबार शुरु भएको अधिबेशनको चौथो अधिवेशनको पहिलो बैठकमा सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभाको

अझै पढ्नुहोस्