परराष्ट्र मन्त्री डा.राणा भारतको औपचारिक भ्रमणका लागि प्रस्थान

शेयेर गर्नुहोस

काठमाडौँ । परराष्ट्र मन्त्री डा आरजु राणा देउवा आज भारत प्रस्थान गर्नुभएको छ । भारतीय विदेशमन्त्री एस. जयशङ्करको निमन्त्रणामा भारतको औपचारिक भ्रमणका लागि मन्त्री डा राणा आज बिहान ११ः३० बजे भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो । उहाँ परराष्ट्र मन्त्री नियुक्त भएपछिको यो पहिलो विदेश भ्रमण हो ।

यस भ्रमणका क्रममा उहाँका भारतीय समकक्षी विदेशमन्त्री एस जयशङ्करसँग भेटवार्ता हुने कार्यक्रम तय भएको छ । दुई देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा सो द्विपक्षीय वार्ताका क्रममा छलफल हुनेछ ।

मन्त्री डा राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साललगायतका परराष्ट्रका वरिष्ठ अधिकारीहरूले विदाई गर्नुभएको थियो ।

मन्त्री डा राणाको भ्रमण दलमा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव भृगु ढुंगानालगायत सहभागी हुनुहुन्छ ।

परराष्ट्र मन्त्री डा राणाको यो भ्रमण नेपाल भारतबीच हुने नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको परम्पराअनुसार नै भएको हो । परराष्ट्रमन्त्री डा राणा यही भदौ ६ गते स्वदेश फर्कनुुहुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

सुदूरपश्चिम प्रदेशमा हालकै गठबन्धन अनुसार सघाउने नागरिक उन्मुक्ति पार्टी

धनगढी/नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम संसदीय दलले सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई नै सहयोग गर्ने भएको छ । संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले सुदूरपश्चिम

अझै पढ्नुहोस्
समाचार

आरक्षणमा नयाँ विधिसहित सुझाव समितिले बुझायो मुख्यमन्त्री शाहलाई प्रतिवेदन

कैलाली । सुदूरपश्चिम प्रदेश निजामती सेवा (पहिलो संशोधन) ऐन, २०८० मा थारु रानाथारु समुदायको प्रतिनिधित्व सम्बन्धमा सुझाव समितिले मुख्यमन्त्री कमल बहादुर शाहलाई प्रतिवेदन बुझाएको छ

अझै पढ्नुहोस्
राजनीति

कमल थापाले त्यागे राप्रपा

काठमाडौं / कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका छन् । मंगलबार हेटौंडामा पत्रकार सम्मेलन आयोजना गरेर उनले पार्टीबाट अलग हुने घोषणा गरेका हुन्

अझै पढ्नुहोस्
समाचार

नेपाली काँग्रेसको अनुपस्थितिमा सुदूरपश्चिम प्रदेशको बजेट अधिवेशन शुरु

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन आइतबारदेखि शुरु भएको छ । आइतबार शुरु भएको अधिबेशनको चौथो अधिवेशनको पहिलो बैठकमा सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभाको

अझै पढ्नुहोस्