परियार समाज सशक्तीकरण मञ्चकाे प्रथम साधारणसभा सम्पन्न, अध्यक्षमा लाेकबहादुर नेपाली

शेयेर गर्नुहोस


अप्सरा बुढा ,टीकापुर/टीकापुर स्थित परियार समाज सशक्तीकरण मञ्चकाे प्रथम साधारणसभा सम्पन्न भएको छ ।
विहिवार एक कार्यक्रमका विच परियार समाज सशक्तीकरण मञ्चकाे प्रथम साधारणसभाबाट लाेक बहादुर नेपालीलाई अध्यक्षमा निर्विरोध चयन गरेकाे हाे ।


साधारण सभाले उपाध्यक्षमा शान्ती नेपाली, सचीव पदमसिंह परियार, कोषाध्यक्षमा रुपा परियार चयन भएका छन् । सदस्यमा मीनबहादुर नेपाली, डम्बर तिखातरी, मिठ्ठु दमाई, शोभा नगार्जी, अमृत पाल्पाली, बुदे दमाई, टीकाराम टेलर हुड्के, फिरज दास र कमला दमाई चयन भएका छन् ।


मञ्चका अध्यक्ष ध्रुव परियारकाे अध्यक्षतामा भएको साधारणसभामा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारु प्रमुख अथिति रहनु भएको थियोे भने टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष माेहन विक लुहार र कार्यपालिका सदस्य राम बहादुर नागार्जि विशिष्ट अथिति रहनु भएको थियो ।


मञ्चका उपाध्यक्ष राम बहादुर नेपालीकाे स्वागत मन्तव्य संगै सुरु भएको साधारणसभामा समाजसेवी डम्बर बहादुर नेपाली, शुभारम्व अनलाइन टेलिभिजनका प्रवन्ध निर्देशक यज्ञराज सिमखडा, समाजसेवी लाेक बहादुर नेपाली लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियाे ।
कार्यक्रम संचालन परियार समाज सशक्तीकरण मञ्चका सचिव कैलाश बहादुर नागार्जीले गर्नुभएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

जुपिटर एकेडेमीको १६ औँ बार्सिकत्सब तथा अभिभावक दिवस सम्पन्न

जुपिटर एकेडेमी नेपाल गौरीगंगा नगरपालिका-६,बनबेहडा,कैलालीको १६ औँ बार्सिकत्सब तथा अभिभावक दिवस बिधालयको प्रांगणमा विविध सांस्कृतिक कार्यक्रम सहित सम्पन्न भएको छ।स्कुलका अध्यक्ष खकेन्द्र बुढा ज्यु को

अझै पढ्नुहोस्
समाचार

खेतबारीबाट उद्दार गरियो अजिङ्गर

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा ११ मुर्गहुवा गाउँ चन्द्र बहादुर चौधरीको धानबारीमा अजिङ्गर फेला परेको छ । सब डिभिजन बन कार्यलय सुखडका प्रमुख नितेश

अझै पढ्नुहोस्
समाचार

उज्यालो टीकापुर कार्यक्रमकाे नगर प्रमुख द्वारा हाइ मास्ट लाइटकाे स्विच अन गरि उद्घाटन

टीकापुर/टीकापुर नगरपालिकाले शनिबार खड्ग चाेकबाट उज्यालो कार्यक्रमकाे शुभारम्भ भएको छ । नगर प्रमुख रामलाल डगाैरा थारुले पत्रकार सम्मेलन गरि खड्ग चाेकमा हाइ मास्ट लाइटकाे स्विच

अझै पढ्नुहोस्
समाचार

नेचर गाइर्ड ( पथ प्रदशक ) को आधारभुत तालीम सुरु

धनगढी/डोटि जिल्लाको पुर्बिचौकी गाउँपालिका वडा २ झिग्रानामा खप्तड राष्ट्रिय निकुञ्जमा एक हप्तेको नेचरगार्ड( पथ प्रदशक ) सम्बन्धि आधारभुत तालीम आज बाट सुरु भएको छ ।तालिममा

अझै पढ्नुहोस्