पथरैया नदीको दोभानमा घडियालले कोरल्यो बच्चा

शेयेर गर्नुहोस

बैदि /  टिकापुरकाे बैदिमा घडियाल गोहीले प्राकृतिक रूपमा बच्चा कोरलेको छ । पथरैया र काँढा नदीको दोभानमा दुर्लभ घडियालले पहिलो पटक बच्चा कोरलेको हो । यो दोभान टीकापुर नगरपालिका–७ बैदीमा पर्दछ । डल्फिन क्षेत्र पर्ने यो ठाउँमा यसअघि घडियालले बच्चा कोरलेको थिएन । गोहीले करिब ३५ वटासम्म बच्चा कोरलेको पत्रकार भिम वि. क.ले जानकारी दिए । उनका अनुसार करिब ३५ वटासम्म बच्चा रहेको उनलेे बताए ।

“स्थानीय बासिन्दा समेत रहनु भएका पत्रकार विकले भने,“ती बच्चाहरु करिब दुई हप्ताको बच्चालाई आमाले हुर्काई रहेको बताए ।” 
बच्चा कोरलेको माउ घडियाल गोही नदीमा बच्चा लाई स्याहार गरेको देखिन्छ । पानीमा माउमाथि बच्चा चढेको देखिन्छन् । यसअघि, पुसमा देखिएको घडियाल गोही एकैचोटी असारमा बच्चासहित देखा परेको स्थानीयले बताए। “अण्डा दिने समयमा गोही त्यति देखा पर्दैनन् । 

घडियालले बच्चा कोरलेपछि संरक्षणकर्मी उत्साहित भएका छन् पत्रकार भिम विकले मर्निङ वाक जाँदा बच्चा सहितको माउ घडियालकाे तस्बिरहरू सामाजिक सञ्जालमा पाेष्ट गरे पछि साथीहरूले वातावरणीय क्षेत्रलाई बिट बनाएर साे क्षेत्र र पर्यटनको क्षेत्रकाे विकासका लागि काम गर्न सुझाव पाएकाे बताए साथीहरू बाट प्राप्त सुझावले, थप जिम्मेवारी पनि थपिएको उनले बताए । मगर गोही, सिकारी चरा लगायतकाले घडियालका बच्चालाई मार्ने गर्दछन् ।

विश्वमै दुर्लभ डल्फिन देखिने ठाउँमा पहिलो पटक घडियालले बच्चा कोरलेपछि सो ठाउँमा घडियाल को बसोबास वर्षभरि नै हुने गरेको पनि पुष्टि भएको छ । यस अघिसम्म मगर गोहीले मात्रै त्यहाँ बच्चा कोरलेको फेला परेको थियो । मगर गोही वर्षभरि नै देखिने गर्दछन् । 

मोहना, पथरैया लगायतका नदीमा मगर वर्षभरि नै बस्ने गरे पनि यस वर्ष मात्रै घडियाल बाह्रै महिना बसेको पुष्टि भएको स्थानीयकाे भनाइ छ। वर्षा याममा भने ती क्षेत्रमा धेरै घडियाल गोही देखा पर्ने गर्दछन् । गत वर्ष वर्षा याममा मोहना, पथरैया, काँढा लगायतका नदीमा १२ वटासम्म घडियाल गोही देखा परेका जनाइएको छ । 

घडियाल गोहीले नदी किनारको बालुवामा गुँड (खाल्डो) बनाएर अण्डा पार्ने गर्दछन् । गोहीले चैत, वैशाख र जेठतिर अण्डा दिने गरेको संरक्षणकर्मी को बुझाइ छ । उनीहरूका अनुसार गोहीले खाल्डो मा एकैचोटी ३५ देखि ४० वटासम्म अण्डा पारेर खाल्डो पुर्ने गरेका छन् । केही समयपछि अण्डाबाट आफै बच्चा निस्कने संरक्षणकर्मीहरुकाे भनाइ छ ।
“गोही, कछुवाले कुखुरा, चराजस्तै एक दिनमा एकएक गरेर अण्डा पार्दैनन्”,“पेटमा जम्मा भएको अण्डा यिनीहरूले एकै दिनमा निकाल्ने गर्दछन् । गोहीले ओथारो बस्नु पर्दैन ।”

स्थानीय थारु समुदायले बादल गर्जेपछि गोही र कछुवाको अण्डा फुटेर बच्चा निस्कने गरेको विश्वास पनि गर्दछन् तर, गुँडभित्र उपयुक्त तापक्रम मा रहेको गोहीको अण्डाबाट बच्चा आफै निस्कने गरेको संरक्षणकर्मीहरुको भनाइ छ । “तलमाथि बाट तापक्रम मिल्ने गरेर गोहीले गुँड बनाएका हुन्छन्” ।“गुँडमा रहेको अण्डा आफै फुटेर बच्चा निस्किन्छन् ।” गुँडमा अण्डा दिएदेखि बच्चा ननिस्केसम्म गोहीले बेला बेला गुँड पुगेर रेखदेख गर्ने गरेको जनाइएको छ । 

कैलालीमा घडियाल, मगर गोहीले पहिलेदेखि बच्चा कोरल्दै आएको संरक्षणकर्मीको भनाइ छ । मोहना र कर्णाली नदी घडियाल, मगर गोही वर्षभरि नै बस्ने प्राकृतिक वासस्थान रहेको छ । साे क्षेत्रमा घडियाल गोहीले मोहना नदी किनारमा पहिले पनि बच्चा कोरलेको स्थानीयले बताए । 

लोप हुने अवस्थामा पुगेको घडियाल गोही नेपालमा थोरै सङ्ख्यामा रहेको बताइन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले घडियाललाई संरक्षित सरीसृप वन्यजन्तुको सूचीमा राखेको छ । घडियाल गोही मगरभन्दा कम आक्रामक हुने गर्छन् । सामान्यतया: चुच्चोमा ठुलो घडा भएको घडियाललाई धेरैले भाले भन्ने गरे पनि भाले पोथी छुट्टाउन निकै गाह्रो छ । “भाले पोथी दुवैको घडा रहन वा नरहन सक्छ”,“घडियालको नाभिमुनि रहेको प्वालमा हात हालेर मात्रै भाले पोथी छुट्टाउन सकिने विद्वानहरू बताउँछन् ।” नेपालमा भाले घडियाल गोही न्यून सङ्ख्यामा रहेको बताइन्छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Hry v Kasinu Stone Vegas Casino online zdarma a bez registrace.

Jocurile De Noroc Cu Experiență Suplimentară La Sportuna Casino

Best Online Casino For Real Money

Picking the Best Online Online Casinos that Approve Neteller

Crusino – O Rază de Nori peste Marea Jocurilor

Spielothek-Nordis – Vielfalt von Spielautomaten und Tischen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

छाडा पशु चौपायालाई आज गौशालामा व्यवस्थापन गरिदै

फूलवारी । धनगढी उपमहानगरपालिका वडा न. १४,१८ र १९ अर्थात् साबिकको फूलवारी गाबिसका छाडा पशु चौपायालाई आज गौशालामा व्यवस्थापन गरिदै छ । उपमहानगरपालिकाको आर्थिक सहयोगमा

अझै पढ्नुहोस्
समाचार

मुख्यमन्त्री शाहले गरे प्रदेशका वन मन्त्री चौधरीलाई बर्खास्त

धनगढी/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका छन् । मन्त्री हटाएपछि उक्त मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीले आफूसँग

अझै पढ्नुहोस्