पत्रकार महासंघ कैलाली अध्यक्षमा श्रवण देउवा सर्वसम्मत चयन

शेयेर गर्नुहोस

धनगढी, २८ मंसिर/ नेपाल पत्रकार महासङ्घ कैलाली जिल्लाको अध्यक्षमा श्रवण देउवा सर्वसम्मत चयन हुनुभएको छ। प्रेस युनियन र प्रेस चौतारीको संयुक्त उम्मेदवारको रूपमा अध्यक्षको उम्मेदवारी दिएका देउवा प्रेस सेन्टरका टंक कुँवरले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि सर्वसम्मत चयन भएका हुन्।


नेपाल पत्रकार महासङ्घ को चुनाव देशभरि २८ गते (भोलि)हुँदैछ तर कैलाली जिल्लाको अध्यक्षमा देउवा सर्वसम्मत चयन भइसकेका छन्। यसअघि महिला उपाध्यक्षमा भावना जोशी सहसचिवमा शंकर बोहरा , आदिवासी जनजाति सदस्यमा सुधराम चौधरी, मधेसी सदस्यमा टेक सिंह धामी र अपाङ्ग सदस्यमा जगत जैगडी निर्विरोध चयन भइसकेका छन्।
को हुन् श्रवण देउवा?


नेपाल पत्रकार महासङ्घ शाखा कैलालीको अध्यक्षमा निर्वाचित भएका श्रवण देउवा लामो समयदेखि कैलालीमा पत्रकारिता गर्दै आएका सक्रिय पत्रकार हुन्। विगत २ दशक अघिदेखि पत्रकारितामा आएका देउवाले राष्ट्रिय पत्रिका, रेडियो, टेलिभिजनमा लामो समय काम गरिसकेका छन्। लामो समयदेखि देउवा श्रमजीवी पत्रकारको हकहितका लागि अग्रसर हुँदै आएका थिए।

हाल पराइम टेलिभिजन कैलालीको रिपोर्टरका साथै धनगढीमा सुदूरपत्र नामक अनलाइन पोर्टल समेत चलाइरहेका छन्।
प्रेस युनियनबाट पत्रकारिताको राजनीतिमा आएका देउवा प्रेस युनियन कैलालीमा अध्यक्षको कार्यकाल समेत निभाइसकेका छन्।

चुनावको मुखैमा आएर सर्वसम्मत चयन भएपछि सम्पूर्ण श्रमजीवी पत्रकारहरूले आफूप्रति गरेको यो विश्वासलाई गुम्न नदिने उनको भनाइ रहेको छ। आफ्नो कार्यकाल पत्रकारहरूको हकहितका लागि रहनेमा उनको दाबी छ।

ताजा खबर

Cassino Roleta Brasileira: Um Guia Completo para Jogadores

Online Roulette Not Affected by Gamstop

Apostas de Roleta do Dinheiro Online: O que você precisa saber

The Best Online Roulette: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सर्बोच्च अदालतको अन्तरिम आदेश अस्विकार गर्यो लम्किचुहा अस्पताल

बैशाख १४/ अस्पताल विवादबारे लम्कीचुहा नगरपालिकाले अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा दिएको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । चैत्र २४ गते

अझै पढ्नुहोस्