नेपाल–भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय बैठक सम्पन्न

शेयेर गर्नुहोस

नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय बैठक आज यहाँ सम्पन्न भएको छ।

बैठकमा विशेषगरी भारतको विहार राज्यमा हुन गइरहेको दोस्रो चरणको राज्य सभाको निर्वाचनलाई दृष्टिगत गरि सीमा क्षेत्रमा प्रभावकारी सुरक्षा व्यवस्थापन बारे छलफल भएको बताइएको छ। यसका साथै बैठकमा अन्तरदेशीय सीमा अपराध र अवैध हातहतियार तथा बन्दोबस्ती ओसारपसार नियन्त्रण सम्बन्धी सूचना आदानप्रदान एंव शान्ति सुव्यवस्था कायमलगायत विषयमा दुबै पक्षबीच सहमति भएको बैठकपछि बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पंडितले जानकारी दिए।

भारतका तर्फबाट विहारका पूर्वी चम्पारणका डिएम सिर्शक कपिल अशोकले सीमा क्षेत्रमा हुने चोरी निकासी तथा तस्करी नियन्त्रण, कोभिड–१९ को प्रभाव नियन्त्रण गर्न असल अभ्यासहरुको अदानप्रदान गरि सामूहिक रुपमा अगाडी बढने, भारतको विहारमा दोस्रो चरणमा हुन लागेको राज्य सभाको निर्वाचनलाई स्वच्छ एंव मर्यादित रुपमा सम्पन्न गर्नका लागि तीन दिन सीमानाका सिल गर्ने र सो समयमा यातायात र मानिस आवतजावतसमेत पूर्ण रुपमा बन्द गर्ने सहमति दुबै पक्षबीच भएको बताए।
बैठकमा नेपालको तर्फबाट भारत विहार राज्यको पूर्वी तथा पश्चिमी चम्पारण जिल्लासँग जोडिएको नेपालका रौतहट, बारा, पर्सा, चितवन र नवलपरासीका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख र वीरगञ्ज भन्सार कार्यालयका प्रमुखको सहभागिता रहेको थियो।

त्यस्तै बैठकमा भारतका तर्फबाट बिहारको पूर्वी चम्पारणका डिएम अशोक तथा पश्चिम चम्पारणका डिएम कुन्दन कुमारको सहभागिता रहेको जिल्ला प्रशासन कार्यालय बाराका प्रशासकीय अधिकृत मुरारी कार्कीले जानकारी दिए। उनका अनुसार बैठकमा नेपालका तर्फबाट २६ र भारतको तर्फबाट २३ जना गरी कूल ४९ जनाको सहभागिता रहेको थियो। नेपालको तर्फबाट चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटराईले भारतीय पक्षलाई स्वागत गरेका थिए।

ताजा खबर

Como Jogar Roleta Francesa: Guia Completo

Understanding ESA Letters in Missouri: A Comprehensive Guide

Jogar Roleta Online Brasil: Tudo o Que Você Precisa Saber

The Ultimate Guide to Live American Roulette Free

Kasyna Online Wpłata Blik: Poradnik dla Graczy

सम्बन्धितखवर

छुटाउनु भयो कि !

शिक्षा/स्वास्थ्य

कैलालीमा ५० हजारबढी किशोरीलाई एचपिभी खोप लगाइने

नगढी,१५ माघ । कैलालीमा ५० हजार ६ सय १३ किशोरीलाई एचपिभी खोप लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कक्षा ६ देखि १० सम्म अध्ययनरत

अझै पढ्नुहोस्

mostbet কিভাবে খেলবো: ফুটবল বাজিতে জয়ের কৌশল

mostbet কিভাবে খেলবো: ফুটবল বাজিতে জয়ের কৌশল ফুটবল বাজি খেলার জন্য সঠিক কৌশল জানলে আপনি সহজেই জয় লাভ করতে পারেন। mostbet হলো একটি জনপ্রিয় অনলাইন

अझै पढ्नुहोस्
समाचार

‘कला र संस्कृतिलाई अर्थसँग जोडिनु पर्छ’: विज्ञहरु

धनगढी– सुदूरको भाषा, कला, साहित्य र संस्कृतिलाई अर्थसँग जोडिनु पर्ने विज्ञहरुले बताएका छन् । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा गरिएको सुदूरपश्चिम महोत्सवमा भिजन सुदूरपश्चिम कार्यक्रमको

अझै पढ्नुहोस्