TRENDING
Kasyno online Vulkan Vegas – Metody płatności
Kasyno online Vulkan Vegas – Metody płatności
Онлайн казино Dragon Money (Драгон Мани) 2026 – обзор платформы
Lemon Casino – szczegółowa recenzja Lemon Kasyno
Lemon Casino – Online Casino Recenzje
Next
Prev

नेपाल–भारतबीच रहेको सीमा विवादबारे बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको मन्त्री साउँद

शेयेर गर्नुहोस

नेपाल सरकारका परराष्ट्रमन्त्री एनपी साउदले नेपाल–भारतबीच रहेको सीमा विवादबारे बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको बताएका छन्। शुक्रबार बिहान नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले जिल्ला सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा मन्त्री साउदले कालापानी, लिम्पियाधुरा लिपुलेक र सुस्ताबाहेकका सीमामा धेरै सहमति भइसकेको बताए।

उनले सीमा विवाद समाधानका लागि दुवै देशको जोइन्ट बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको जानकारी गराए। ‘कालापानी, लिम्पियाधुरा लिपुलेक र सुस्ताबाहेकमा धेरै सहमति भइसकेको छ। यसअघि भएको सीमा नक्साङ्कन र रेखाङ्कनका बेला केही ठाउँ नेपाल पक्षको भारत र भारततिरको नेपालमा आएको छ’, मन्त्री साउदले भने, ‘यसमा दुवै देशको जोइन्ट बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको छ। सहमतिका साथ यो काम अघि बढिरहेको छ।’

उनले नेपाल सरकार आफ्नो सीमा र देशको स्वामित्व रहने जमिनकाबारे पूर्णरूपमा सजग रहेकोसमेत बताए। सीमा समस्या वार्ता, छलफल र कूटनितिक पहलबाट टंग्याउने प्रयास भइरहेको उनको भनाइ थियो।

यसका साथै मन्त्री साउदले भारतका विदेशमन्त्री एस जयशंकरको हालैको भ्रमण सार्थक, महत्त्वपूर्ण र फलदायी भएको दाबी गरे। ‘भारतलाई १० हजार मेघावाट विद्यतु बिक्री गर्ने, पञ्चेश्वर सुरु गर्ने, जाजरकोट भूकम्पपीडितलाई १० अर्ब बराबरको भारतीय अनुदान ल्याउनेलगायतका हामीबीच सम्झौता भएका छन्’, उनले भने, ‘दुवै देशबीचको सम्बन्धलाई अगाडि बढाउनका लागि जयशंकरको नेपाल भ्रमण सार्थक रह्यो।’

पञ्चेश्वर परियोजना ब्रेक थ्रुको विन्दुमा
मन्त्री साउदले पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको ब्रेक थ्रुको विन्दुमा पुगिसकेको दाबी गरेका छन्। उनले पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) फाइनल गर्ने काम अन्तिम चरणमा पुगेको र केही दिनमै ब्रेक थ्रुक हुने बताए।

पञ्चेश्वर परियोजना बन्नु सुदूरपश्चिमबासीका लागि मात्रै नभई सिंगो नेपालकै लागि फाइदाजनक भएको उनको तर्क थियो। पञ्चेश्वर परियोजनाले यहाँको रोजगारीमा सहयोग पु¥याउने मन्त्री साउदले विश्वास व्यक्त गरे। उनले पञ्चेश्वर, पश्चिम सेती, अरुण तेस्रो र अपर कर्णली विद्युत् परियोजन अगाडि बनाउन सकेमा रोजगारीका लागि विदेश जाने युवाहरूको संख्या घट्ने बताए।

विपिन जोशीको रिहाइका लागि प्रयासरत छौँ
मन्त्री साउदले हमासको अपहरणमा परेका कञ्चनपुरका विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको तर्फबाट प्रयास भइरहेको बताएका छन्।

‘विपिनको रिहाइका लागि पटक–पटक हामीले इजरायल सरकारसँग पनि आग्रह गरेका छौँ,’ उनले भने, ‘मैलेल कतारका प्रधानमन्त्री र विदेशमन्त्रीसँग आग्रह गरेको छु।’ उनले दोस्रो युद्ध विरामका बेला विपिनको रिहाइ हुने विश्वास व्यक्त गरे।

‘कतारले दोस्रो युद्ध विरामका लागि आफूहरु प्रयासरत रहेको जवाफ दिएको छ दोस्रो युद्ध विराममा विपिन सकुशल फर्किने अपेक्षा छ,’ उनले भने, ‘पहिलो चरणमा महिला र बालिबालिका प्राथमिकतामा परेको र अब विपिनको रिहाइ हुनेमा आशावादी छौँ। विपिन सुरक्षित छन्। उनी चाँडै रिहा हुनेछन्।’

यसका साथै मन्त्री साउदले रुसी सेनामा भर्ती भएकाहरू नेपाल सरकारको अनुमतिमा त्यहाँ भर्ती नभएको स्पष्ट पारे। उनले विद्यार्थी भिसा र भिजिट भिसालगायतमा रुस पुगेकाहरू त्यहाँको सेनामा भर्ती भएको बताए। उनले रुसमा अहिलेसम्म १० जनाको मृत्यु भइसकेको जानकारी प्राप्त भएको र आठ वटा शवहरू अहिले त्यहाँको शवगृहमा राखिएको जानकारी दिए।

शव नेपाल ल्याउनका लागि कुटनीतिक पहल भइरहेको उनको भनाइ छ। उनले भने, ‘त्यसबाहेक १३३ परिवारले हामीलाई आफ्ना परिवारका सदस्यह त्यहाँ पुगेको र जोखिममा परेको भनेर आग्रह गरेअनुसार हामीले उहाँहरूलाई स्वदेश फिर्ताको प्रबन्ध मिलाउन पहल गरिरहेका छौँ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Kasyno online Vulkan Vegas – Metody płatności

Kasyno online Vulkan Vegas – Metody płatności

Онлайн казино Dragon Money (Драгон Мани) 2026 – обзор платформы

Lemon Casino – szczegółowa recenzja Lemon Kasyno

Lemon Casino – Online Casino Recenzje

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

‘ तीन तहको तालमेल नहुँदा स्वास्थ्यमा समस्या ‘

धनगढी/संघीय, प्रदेश र स्थानीय सरकारको तालमेल हुन नसक्दा स्वास्थ्य क्षेत्रमा समस्या बल्झिरहेको छ । संघीय सरकारले गरेका नीति प्रदेशले नमान्ने र प्रदेशले गरेको स्वास्थ्य नीति

अझै पढ्नुहोस्