नेपाली हर्ट ग्रुप नेपालले गर्‍यो सहारा घरमा खाद्यान्न सहयोग

शेयेर गर्नुहोस

सुखड । कैलालीको बर्दगोरिया गाउँपालिका–२ मा रहेको असहायका लागि सहयोगी हात नेपालद्वारा सञ्चालित सहारा घरमा नेपाली हर्ट ग्रुप नेपालले बृहत् सहयोग सामाग्री हस्तान्तरण गरेको छ ।

शनिवार नेपाली हर्ट ग्रुप नेपालले २० बोरा चामल, ७ बोरा आलु, ६ पेटी खाने तेल, ६ बोरा दाल, ६ पेटी फिनेल हर्पिक, ५ बोरा सरफ, २ पेटी स्याउ, १४ थान स्कुल ड्रेस, १४ थान ब्याग, १५ थान जुत्ता, २० थान कुर्ची, २ बोरा चिउँरा, २ पेटी स्याम्पु, बेड पलङ्ग २ पिस, पानी ट्याङ्की १०० लिटर २ थान र अक्षयकोषको लागी नगद १५ हजार हस्तान्तरण गरेको छ ।

खाना,छाना र नाना नभएकाहरूको सारथि : जहाँ जहाँ भए पनि हामी नेपाली भन्ने मूल श्रेयका साथ नेपाली हर्ट ग्रुप नेपालले बृहत् सहयोग सामाग्री हस्तान्तरण गरेको यस ग्रुपका डिल्लीराज पराजुली जानकारी दिए । परिवार,समाजले हेला गरेका मानवलाई सहारा दिनु सानो कुरा नभएको हुँदा केही सहयोग होस भन्ने उद्देश्यले केही खर्च कटौती गरेर खाद्यान्न वितरण गरेको उनको भनाई थियो । आफूहरूले सहारा घरमा पुगेर खाद्यान्न वितरण गर्न पाउँदा निकै खुसी लागेको ग्रुपका डिल्लीराज पराजुलीले बताए ।

खाद्यान्न वितरण कार्यक्रमका प्रमुख अतिथि घोडाघोडी नगरपालिका नगर प्रमुख खडक बहादुर रावतले दिन दुखी र असहायलाई सहयोग गर्नु मानवीय कार्य भएको बताए । सहारा घरका सञ्चालक विष्टले गर्दै आइरहेको कार्य एकदमै सह्रानीय र राम्रो भएको उनको भनाई थियो । असहाय असक्तहरूको जिम्मेवार राष्ट्रको भए पनि एउटा व्यक्तिले गर्नु चुनौती पूर्ण कुरा रहेको उनको भनाई छ । घोडाघोडी नगरपालिकाले पनि सहारा घर सहयोग गर्दे आएको र आगामी दिनमा पनि सहयोग रहने उनले बताए ।

सहारा घरमा सहयोग गरिएको भन्दै सहारा घरका सञ्चालक बल बहादुर विष्टले नेपाली हर्ट ग्रुप नेपाललाई धन्यावाद ज्ञापन गरेका छन् । यस्तै सहयोगी मनहरूले सहयोग गरेर सहारा विहीनहरूलाई सहारा दिइरहेको सञ्चालन विष्टले बताए । उनले घर परिवार बाट अपहेलित,असहाय,घर परिवार विहीन तथा अपहेलनमा परेका सहारा विहीनहरूको स्याहार सुसार गर्ने व्यक्तिहरूलाई सहारा दिइरहेको उनको भनाई थियो ।

नेपाली हर्ट ग्रुप नेपालका केन्द्रीय अध्यक्ष डिल्लीराज पराजुलीको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावत रहेको थिए । कार्यक्रमका नेपाली काग्रेश कैलाली जिल्लाका उप सभापति भीम बहादुर बडूवाल, इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपेन्द्र कुमार पाल, घोडाघोडी नगरपालिका र बर्दगोरीया गाउँपालिकाका जनप्रतिनिधि लगायत सहयोगी मन भएका व्यक्तिहरूको सहभागिता रहेको थियो ।अहिले १ सय जना मानसिक रोगीहरू बसोबास गरिरहेका छन् भने कति पय धेरै जनालाई परिवार मिलान गराइ घर फर्काइएको छ । सहारा घरमा हाल सात जनाले स्वयंसेवकको रूपमा सेवा दिइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Highlights

सेती प्रादेशिक अस्पताललाई ३५ लाख पर्ने मेसिन प्रदान

धनगढी- सेती प्रादेशिक अस्पताललाई रगत जाँच गरेर भिन्न स्वास्थ्य समस्याको पहिचान गर्न सकिने ३५ लाख मूल्य बराबरको मेसिन प्रदान गरिएको छ। एक समारोहबीच लाइन्स क्लब

अझै पढ्नुहोस्
लेखहरु

नफापेको साइकल, फापेको सुनपानी

चित्रबहादुर चौधरी, मधेशका मुख्यमन्त्री लालबाबु राउतलाई साइकल नफापे पनि अर्थ मन्त्री जनार्दन शर्मालाई भने सुनपानी फापेको छ। एकताका लाल बाबु पण्डितको चर्चा चुलिएको थियो ।

अझै पढ्नुहोस्
समाचार

नेपाल ट्रेड युनियन काँग्रेसले श्रमिक पोष्ट डिजिटल पत्रिकाको प्रकाशन शुरु

काठमाडौ/नेपाल ट्रेड युनियन काँग्रेस प्रचार विभागले श्रमिक पोष्ट नामक डिजिटल पत्रिकाको प्रकाशन शुरु गरेको छ । काठमाडौँमा आज आयोजित कार्यक्रममा ट्रेड युनियन काँग्रेसका अध्यक्ष योगेन्द्र

अझै पढ्नुहोस्
समाचार

सुदूरपश्चिम प्रदेशका सरकारी अस्पतालमा रगत निःशुल्क पाइने

धनगढी- सुदूरपश्चिम प्रदेशका सरकारी अस्पतालमा रगत निःशुल्क पाइने भएको छ । प्रदेशभरका सबै सरकारी अस्पतालमा आइतबारदेखि रगत निःशुल्क सेवाकाे सुरुवात प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गरेका

अझै पढ्नुहोस्