नेपाली काङ्ग्रेस जहिले पनि महिलाहरुको मुद्दामा संबेदनसिल छ : देउवा

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी/नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाले महिलामाथि हिंसा भएको देखेमा पुरुषले समेत खबरदारी गर्नुपर्ने बताएकी छन्।

सोमबार धनगढीमा आयोजित नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं. ५ कैलालीको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै उनले अपराधिक क्रियाकलापहरू घरबाटै हुने हुँदा सचेत हुन जरुरी रहेको बताइन्। ‘मैले कुनै गल्ती गरेको छैन। नियत पनि छैन, राजनीतिमा बिना गल्ती पनि आरोप लाग्छन्’, उनले भनिन्, ‘म मातृ सत्तामा विश्वस गर्ने महिला हो। म सत्य र गीतामा विश्वास गर्छु।’

उनले आफू कुनै पनि ब्याटलको लागि तयार रहेको बताइन्। ‘आफूले गरेको राम्रो न राम्रो आफ्नो मन भित्रकै भगवानले हेर्छ’, प्रतिनिधिसभा सदस्य देउवाले भनिन्,‘राजनीतिमा महिलालाई गाह्रो छ। बाहिर निकल्दा चुनैती छन्। हरेक महिलाका संर्घषका कहनी छन्। जसरी पुरुषले आमालाई माया र सम्मान गर्छन्। त्यसैगरी आफ्नो श्रीमती र महिलालाई सम्मान गर्न आग्रह गर्न चाहन्छु।’

उनले पार्टी विधान र सिद्धन्तअनुसार चल्नुपर्नेमा जोड दिइन्। ‘मानिस भएपछि आपसी द्वन्द्व पनि हुन्छ। तर त्यो विवा घर भित्रै मिलानुपर्छ’, उनले भनिन्, ‘पार्टी विधान र सिद्धन्तअनुसार चल्नुपर्छ। पार्टी पनि घरजस्तै हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

कर्णाली कोरिडोर अतिक्रमणको चपेटामा

जमुना न्युरे,धनगढी/कैलाली जिल्लाको पुर्बी क्षेत्रमा रहेको कर्णाली कोरिडोर मा वनक्षेत्र पछिल्लो समय अतिक्रमणको चपेटामा परेको छ । लम्कीचुहा नगरपालिका वडा ३ मा पर्ने चिसापानीकाे बजार

अझै पढ्नुहोस्
समाचार

नेपाल वन प्राविधिक सुदूरपश्चिम प्रदेश अध्यक्ष चौधरी विजयी

धनगढी/नेपाल वन प्राविधिक सुदूरपश्चिम प्रदेश कार्य समितिको अधिवेशनबाट अध्यक्षमा रामवतार चौधरी विजयी भएका छन । शनिबार कैलालीमा भएको प्रथम अधिवेशनबाट अध्यक्ष पदमा प्रजातान्त्रिक वन प्राविधिक

अझै पढ्नुहोस्
समाचार

धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरीय महिलावादी मञ्च २०८० हुने

जमुना न्युरे,धनगढी/धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरीय महिलावादी मञ्च २०८० हुने भएको छ ।‘न्याय, समानता र पर्यावरणीय अधिकारको सुनिश्चितता : सामाजिक रुपान्तरण सहितको दिगो विकासमा सुनिश्चितता’ भन्ने

अझै पढ्नुहोस्
समाचार

टीकापुर वन संरक्षण समितिकाे बार्षिक साधारणसभा सम्पन्न

अप्सरा बुढा,टीकापुर/ टीकापुर वन संरक्षण समितिकाे बार्षिक साधारणसभा सम्पन्न भएको छ।शनिबार टीकापुर नगरपालिका वडा नं. ५ स्थित टीकापुर वन संरक्षण समितिकाे १० ओै बार्षिक साधारणसभा

अझै पढ्नुहोस्