धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन आइतबारदेखि शुरु भएको छ । आइतबार शुरु भएको अधिबेशनको चौथो अधिवेशनको पहिलो बैठकमा सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभाको चौथो अधिबेशन आह्वान गरेको पत्र सभामा पढेर सुनाएका थिए ।

प्रदेश सभाको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अनुपस्थितिमा सभामुख भण्डारीले अघि बढाएका थिए । बैठकमा नागरिक उन्मुक्ति पार्टीका मन्त्रीहरु उपस्थित भएपनि अन्य प्रदेश सभा सदस्यहरु अनुपस्थित रहेका थिए । सभामुख भण्डारीले सभा सञ्चालन गर्दा दलिय भुमिका निर्वाह गरेको भन्दै काँग्रेस उनीहरुले बैठक बहिस्कार गरेको हो ।
बैठकमा मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आगामी आर्थिक वर्षमा ल्याउने बजेट अन्र्तगत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सभामा पेश गरे ।
प्रदेशकी भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री टीका थापाले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेश गरिन भने प्रदेश निजामती ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयकलाई विधायन तथा प्रदेश मामिला समितिमा पठाउन प्रस्ताव पेश गरेकी थिइन् ।