नेतृत्वतहमा महिलाको प्रतिनिधित्व हुनुपर्नेमा जोड

शेयेर गर्नुहोस


अत्तरिया नेतृत्व तहमा महिलाको प्रतिनिधित्व हुनुपर्नेमा जोड गरिएको छ । आज (मंगलबार )बाट डोटीको दिपायलमा सुरु भएको पत्रकार महिलाको नेतृत्व क्षमता विकासका लागि संवाद सभाका सहभागीहरुले कार्यकारी भूमिका लिन महिला सक्षम रहेको भन्दै नेतृत्व तहमा हुनुपर्नेमा जोड गरेका हुन् । विभीन्न क्षेत्रमा आवद्ध महिलाहरु नेतृत्व लिन सक्षम रहेको भन्दै कार्यकारी भूमिकामा महिलाको प्रतिनिधित्व हुनुपर्नेमा उनीहरुले जोड गरेका छन् । सभामा बोल्दै पूर्व प्रतिनिधी सभा सदस्य लक्ष्मी चौधरीले हरेक चुनौतिहरुलाई सामना गरी अगाडि बढ्न महिलाहरु सक्षम रहेको बताईन् ।

उनले विभिन्न चुनौतिहरुलाई चिरेर भएपनि कठिनाईकासाथ नेतृत्व गरेका महिलाहरु सफल भएका थुप्रै उदाहरण भएको भन्दै कमजोर ठानेर महिलालाई नेतृत्व दिन नमान्ने प्रवृतिको अब अन्त्य हुनुपर्ने बताईन् । त्यस्तै कार्यक्रममा आफ्ना अनुभव राख्दै सुदूरपश्चि प्रदेशकी पूर्व उप सभामुख निर्मला जोशीले पेशागत चुनौति हरेक क्षेत्रमा रहेको बताईन् । उनले लैङ्गिक विभेदका कारण हरेक क्षेत्रमा महिलाहरुलाई असहज हुने गरेको बताईन् ।

“तपाईहरुले पत्रकारीतामा मात्रै हो कि भन्ने सोच्नुभएको होला उनले भनीन् ,राजनितिमा पनि लैङ्गिक विभेदले जरो गाडेको छ जस्का कारण सक्षम महिलाहरुलाई पनि समाजले विश्वास गर्दैन् ।” हरेक क्षेत्रमा चुनौतिहरु रहेको भन्दै उनले चुनौतिलाई छिचोल्दै अगाडि बढ्न सकेमात्र उदेश्य प्राप्त हुने बताईन् । उदेश्य प्राप्तीकालागि कडा परिश्रम पनि आवश्यक पर्ने उनको भनाई थियो । सभामा आफ्ना अनुभव राख्दै दिपायल सिलगढी नगरपालिकाकी पूर्व नगर प्रमुख मञ्जु मलासीले महिलालाई नेतृत्व तहमा पुग्न थुप्रै चुनौतिहरु रहेको बताईन् ।

उनले क्षमता प्रर्दशनकालागि समाजले महिलालाई अवसर नै नदिने गरेको भन्दै आर्थिक तथा सामाजिकरुपमा महिलालाई तल्लो तहमा राखीने गरिएको बताईन् । महिलाको नेतृत्व स्वीकार्न पुरुषहरु तयार नै नरहेको आफ्नो अनुभव रहेको उनले बताईन् । शिखर नगरपालिकाकी उप प्रमुख सुनीता रावलले सक्षम हुँदा समेत महिला भएकै कारण नेतृत्व दिन हिचकिचाउने प्रवृतिको अब अन्त्य हुनुपर्ने बताईन् । महिला नेतृत्वमा नभएकै कारण पनि कतिपय नितीहरु महिलामैत्री नभएको भन्दै उनले रावलले महिलालाई नेतृत्व तहमा ल्याउने प्रयास सबै क्षेत्रबाट हुनुपर्ने भन्दै महिला स्वयमले पनि आफुलाई कमजोर नसम्झेर अगाडि बढ्नुपर्ने बताईन् । यसमा सञ्चारक्षेत्रले पनि महत्वपुर्ण भूमिका खेल्नुपर्ने उनको भनाई थियो ।


आर्दश गाउँपालिकाकी उप प्रमुख लक्ष्मी धामी रावलले सक्षम महिलाहरु समेत रुढीवादी परम्पराको सिकार हुनु परेको दुखेसो गरिन् । उनले ईमान्दारीता र समन्वय गर्दा समेत महिलालाई विश्वास नै नगरि आक्षेप लगाउने प्रवृति रहेको बताईन् । यस्ता खालका भ्रमहरु अन्त्य गर्ने मुख्य भूमिका स्थानीय तहको रहेको महसुुस गरी आफ्नो पालिकामा किशोरी तथा महिलाहरुलाई प्राथमिकतामा राखेर काम गर्दै आएको उनले बताईन् । समाजलाई सहि दिशातिर डोर्याउन सञ्चारमाध्यमको भूमिका पनि महत्वपुर्ण हुने भन्दै उनले आफ्नो कार्यकालमा आफ्नो पालिकाबाट १० जना पत्रकार महिला उत्पादन गर्ने लक्ष्य लिएको बताईन् ।


नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले पत्रकार महासंघ डोटी शाखासंगको समन्वय तथा आन्तरिक मामिला तथा कानून मन्त्रालय सुदूरपश्चिम प्रदेश,डोटीको सिलगढी नगरपालिका र शिखर नगरपालिकाको सहयोगमा सभाको आयोजना गरेको हो ।
भोलि (बुधबार )सम्म चल्ने उक्त सभाले पत्रकार महिलाका पेशागत समस्या तथा समाधानका उपायका विषयमा छलफल गरिरहेको छ । सभामा प्रदेशका नौ ओटै जिल्लाका ४० भन्दा बढी पत्रकार महिलाको सहभागीता रहेको छ ।

ताजा खबर

IvyBet – Opoziția de Fortuna la Jocurile de Noroc

Kasyno online z płatnością PayPal

Crystal Poker Slot Machine Strategies for Success

SlotLair – Ein Spiel der Chance und des Ruhms in Glücksspielanlagen

LExpérience BravoPlay en Ligne : Jouer les Machines à Sous avec Précaution

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

जन्मदिनको अवसरमा कार्यकारी सम्पादक न्युरेले गरिन भोजन दान

नेपाल प्रेस युुनियनकी केन्द्रीय सदस्या तथा कैलाली जिल्लामा लामो समयदेखि पत्रकारीता पेशामा आवद्ध जुझारु पत्रकार तथा हाम्रो यश अनलाइन कि कार्यकारी सम्पादक जमुना न्युरेले आफ्नो

अझै पढ्नुहोस्