नुवाकोटमा निर्मित केन्द्रीय कारागार सञ्चालनमा

शेयेर गर्नुहोस

त्रिशूली /नुवाकोटमा निर्माणाधीन केन्द्रीय कारागार सञ्चालनमा आएको छ । कारागारको पहिलो युनिट भवनको नवनिर्मित संरचनाको आज गृहमन्त्री रमेश लेखकले उद्घाटन गरेसँगै जिल्ला कारागार नुवाकोटका कैदीबन्दी स्थानान्तरण गरेर कारागार सञ्चालनमा ल्याइएको हो । विदुर नगरपालिका–६ स्थित खम्पाक्याम्पमा निर्माण गरिएको केन्द्रीय कारागारको भवनलाई औद्योगिक कारागारका रुपमा स्थापित गराउन आवश्यक थप संरचनालाई क्रमशः निर्माण गर्दै अघि बढाइने गृहमन्त्री लेखकले जानकारी दिनुभयो ।

“देशभरमा करिब १३ हजार क्षमताको कारागारमा अहिले २८ हजारलाई राख्दै आएका छौँ,” उहाँले भन्नुभयो, “गृह मन्त्रालयले एक सय दिनमा गर्ने कार्ययोजनाअनुरुप केन्द्रीय कारागार सञ्चालनमा ल्याइएको छ । आवश्यक थप संरचनाको क्रमशः निर्माण अघि बढाउँदै लगिनेछ ।” कारागारलाई सुधार गृहका रुपमा अघि बढाउन सरकारले विभिन्न योजना बनाए पनि भौतिक पूर्वाधार अभावले समस्या भइरहेको समयमा नुवाकोटको केन्द्रीय कारागारलाई नमूनासहित औद्योगिक कारागार बनाई आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने गृहमन्त्री लेखकको भनाइ छ ।

सुविधासम्पन्न नयाँ भवनमा उद्यम र सीप सिकाइ हस्तकलाका सामग्री उत्पादन गराई त्यसको बिक्रीबाट कैदीबन्दीको आम्दानी र स्थानीयस्तरमा आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । पहिलो चरणअन्तर्गत एक हजार तीन सय ७० जना कैदीबन्दी राख्ने क्षमताको पहिलो युनिटका संरचनाको निर्माण सम्पन्न भएसँगै आज नै जिल्ला कारागार नुवाकोटमा रहेका १४ जना महिलासहित एक सय ४८ जना कैदीबन्दीलाई स्थानान्तरण गरिएको छ । कारागार व्यवस्थापन विभागका महानिर्देशक जयनारायण आचार्यको अनुसार केन्द्रीय जगन्नाथदेवल, नख्खु कारागार ललितपुर, डिल्लीबजार कारागार काठमाडौँबाट थप पाँच सय कैदी नुवाकोटमा स्थानान्तरण गरिनेछ ।

त्यसपश्चात् आसपासमा पर्ने रसुवा, धादिङ, गोरखाबाट ल्याएर पूर्ण क्षमतामा एक हजार तीन सय ७० कैदीबन्दी पु¥याइने भएको छ । काठमाडौँमा रहेको केन्द्रीय कारागारलाई विसंं २०७० चैत २० गते बसेको मन्त्रिपरिषद् बैठकले नुवाकोटमा स्थानान्तरण गर्ने निर्णयपश्चात् निर्माण थालिएको पाँचमध्ये पहिलो युनिटअन्तर्गतका संरचना (भवन) गत साउन १ मा पूरा भएसँगै कारागारलाई सञ्चालनमा ल्याइएको हो । मन्त्रिपरिषद्को निर्णयअनुसार आर्थिक वर्ष २०७२/७३ मा रु एक करोड ५० लाख लागतमा कारागारका नाममा रहेको ६ सय ४५ रोपनी जग्गामा घेराबार लगाएर संरक्षण थालिएको थियो । सोही वर्ष थप रु ४५ करोड ४२ लाखमा लगाएको ठेक्कामार्फत लामा–रमण जेभी निर्माण कम्पनीले निर्धारित समयभन्दा ढिलो गरेर गत साउनमा सरकारलाई हस्तान्तरण गरेको हो ।

पहिलो युनिटअन्तर्गत पाँच ब्लकमा रहेको कारागारसहित प्रशासनिक भवन, नेपाल प्रहरी र सशस्त्र प्रहरीको एकाइ कार्यालयलगायत विस्तारित केन्द्रीय कारागारका लागि चाहिने अत्यावश्यक संरचनाको निर्माण गरिएको छ ।कारागार भवन उद्घाटनका क्रममा बागमती प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले सम्पन्न गर्न बाँकी रहेका संरचनाको निर्माणमा सहयोगको प्रतिबद्धता जनाउनुभयो । आधुनिक र सुविधासम्पन्न कारागारका रुपमा स्थापित गर्ने लक्ष्यका साथ नुवाकोटमा सुरु गरिएको कारागारलाई सङ्घ र प्रदेश सरकारको साझा अधिकारअन्तर्गत थप संरचना निर्माणलगायत प्रदेश सरकारले बहन गर्नुपर्ने दायित्वको जिम्मेवारी पूरा गर्ने मुख्यमन्त्री लामाको भनाइ छ ।

कार्यक्रममा कानुन न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, महान्यायाधिवक्ता रमेश बडाल, प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ र सीता मिजार, निमत्त गृहसचिव नारायणप्रसाद भट्टराईलगायतले सात हजार कैदीबन्दी क्षमतामा रहने केन्द्रीय काराकारलाई पूर्णता दिन बाँकी रहेका कामलाई यथाशक्य अघि बढाउन सुझाव दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Opportunità uniche dal gioco online a vincite incredibili con spinrollz casino per tutti gli amanti del rischio

Attraktive Bonusangebote und spinline casino für ein umfassendes Spielerlebnis online genießen

Szansa na wygraną z spinline casino i przepisem na skuteczną rozrywkę online

Aktuelle Angebote und Tipps rund um spin dinero casino für erfahrene Spieler entdecken

Essential insights concerning kinbet platform features and functionality

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

जानकिका असहाय बालबालिकालाई वास नेपालको सहयोग

विनोद चाैधरि, दुर्गाैलि / जानकि गाउँपालिकाका चार असहाय बालबालिकाले आर्थिक सहयोग पाएका छन् । युनिसेफ नेपाल र बागेश्वरी असल शासन युवा क्लव (बास)द्वारा बाल संरक्षण

अझै पढ्नुहोस्
समाचार

गङ्गा दशहराको अवसरमा बेहडाबाबामा दर्शनार्थीको घुइँचो

कैलालीको धनगढी उपमहानगरपालिका –१६ रामपुर गाउँमा अवस्थित प्रसिद्ध बेहडाबाबा मन्दिरमा पूजाआजा गर्ने दर्शनार्थीको आज बिहानैदेखि घुइँचो लागेको छ । जेष्ठ शुक्ल दशमी ङ्गा दशहराका अवसरमा

अझै पढ्नुहोस्