निर्माण तथा ट्र्याक्टर व्यवसायीहरूले नदीजन्य पदार्थ समयमै नखुलेको विरोधमा आन्दोलन

शेयेर गर्नुहोस

धनगढी/घोडाघोडी नगरपालिका अन्तर्गतका निर्माण तथा ट्र्याक्टर व्यवसायीहरूले नदीजन्य पदार्थ समयमै नखुलेको विरोधमा आन्दोलन चर्काएका छन् ।

यसअघि नगरपालिकाको कार्यालय परिसरमा ट्र्याक्टर राखी प्रदर्शन गरेका व्यवसायीहरूले अहिले नगरपालिकाको मूलगेटमै ताला लगाएका छन् ।

बालुवा, गिटी, ढुंगा जस्ता नदीजन्य पदार्थ लामो समयदेखि संकलन तथा ढुवानी गर्न नपाउँदा व्यवसाय पूर्ण रूपमा ठप्प बनेको उनीहरूको गुनासो छ । पटक–पटक ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान नभएपछि बाध्य भएर कडा आन्दोलन गर्नुपरेको व्यवसायीहरूको भनाइ छ ।

निर्माण व्यवसायीका अनुसार नदीजन्य पदार्थ अभावका कारण विकास निर्माणका काम रोकिएका छन् भने ट्र्याक्टर व्यवसायी तथा मजदुरहरूको रोजगारीसमेत संकटमा परेको छ ।

यस विषयमा नगरप्रमुखले कानुनी प्रक्रिया पूरा गर्नुपर्ने कारण ढिलाइ भएको बताउनु भएको छ । उहाँका अनुसार आर्थिक वर्ष २०८२/०८३ का लागि नदीजन्य पदार्थ संकलन तथा व्यवस्थापनसम्बन्धी ठेक्का प्रक्रियाका लागि २०८२/१०/०६ गते  सूचना प्रकाशित भइसकेको छ ।

नगरप्रमुखले अब केही दिनमै ठेक्का प्रक्रिया अघि बढी नदीजन्य पदार्थ संकलन सुरु हुने बताउनुभएको छ । तर व्यवसायीहरूले माग पूरा नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन् ।

नगरपालिकाको मूलगेटमा ताला लागेपछि सेवाग्राहीसमेत प्रभावित भएका छन् ।

ताजा खबर

Iris Android-App: APK-Download und Sicherheit

Mobile casino fruit machines: what Aussie players should weigh before spinning

Nowe kasyno online BLIK: wszystko, co musisz wiedzieć

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Mostbet এ উপলব্ধ বাজি বাজার: একটি সম্পূর্ণ নির্দেশিকা

Mostbet এ উপলব্ধ বাজি বাজার: একটি সম্পূর্ণ নির্দেশিকা অর্থনীতির বিভিন্ন প্রশ্ন যেমন অর্থনৈতিক প্রবৃদ্ধি, বিনিয়োগের প্রবণতা, এবং বর্তমানে খেলাধুলার ব্যাপারে বাজির কৌশলগুলি নিয়ে আলোচনা করা

अझै पढ्नुहोस्