निर्माणाधिन घर भत्कायो वन कार्यलयले

शेयेर गर्नुहोस

सुखड/घोडाघोडी नगरपालिका वडा २ साडेपानिको जङ्गपुरमा रहेको मोहन्याल सामुदायिक वन उपभोक्ता समुहको परिषमा बन्दै गरेको निर्माणधिन घर आज वन कार्यलयले बल पुर्बक भत्काएको छ ।

डिभिजन वन कार्यलय पहलमानपुर र सब डिभिजन वन कार्यलय साडेपानीको सयुक्त टोलि बन्दै गरेको घर बल पुर्बक भत्काएको हो। सामुदायिक वन अतिक्रमण गरि राष्ट्रिय दलित नेटवर्क जनजागरण मन्चको ६ कोठे पक्की भवन निर्माण कार्य हुँदै थियो ।


सामुदायिक वन उपभोक्ता समुहको घर निर्माण भनी निर्माण कार्य भएको पटक पटक वन कार्यलयले घर नबनाउन भन्दा पनि नटेरी गरि घर निर्माण कार्य गरि रहेकाले आज बल पुर्बक भत्काएको सब डिभिजन बन कार्यलय साडेपानीका प्रमुख गौचरण चौधरीले बताए । सामुदायिक वन भवन नभइ दलित नेटवर्क जागरण मन्चको भवन निर्माण गरेको गोप्य श्रोत ले बताएको छ ।

सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष गोरख बस्नेतलाई घटनाका बारेमा बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहेन ।सो घर निर्माण का लागि घोडाघोडी नगरपालिका ले आर्थिक सहयोग करिब १७ लाख रुपैयाँ बिनियोजित गरेको थियो ।

अझै पनि भत्काएको घर पुन निर्माण गरेमा सामुदायिक वनको अध्यक्ष र घट्नामा सन्लग्न रहेकालाई वन ऎन २०७६ अनुसार कारबाही गरिने डिभिजन बन कार्यलय पहलमापुरका प्रमुख राम बिचारी ठाकुरले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

धनगढी बजार लगाएर आसपास क्षेत्र जलमग्न

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

नेतृत्वतहमा महिलाको प्रतिनिधित्व हुनुपर्नेमा जोड

अत्तरिया नेतृत्व तहमा महिलाको प्रतिनिधित्व हुनुपर्नेमा जोड गरिएको छ । आज (मंगलबार )बाट डोटीको दिपायलमा सुरु भएको पत्रकार महिलाको नेतृत्व क्षमता विकासका लागि संवाद सभाका

अझै पढ्नुहोस्
राजनीति

दुई ठुला दल मिलेर बनेको सत्तागठबन्धनको सरकार ढल्छ भन्नु हल्ला मात्रै हो : काँग्रेश नेता कोइराला

धनगढी पुस ५ नेपाली काँग्रेसका नेता डाक्टर शेखर काइरालाले दुई ठुला दल मिलेर बनेको सत्तागठबन्धनको सरकार ढल्छ भन्नु हल्ला मात्रै रहेको बताएका छन् । आज

अझै पढ्नुहोस्
समाचार

प्रमुखको अपमान गरेको कांग्रेस सुदूरपश्चिम संसदीय दलको ठहर

धनगढी/सुदूरपश्चिम प्रदेशको मंगलबारदेखि सुरु भएको विशेष अधिवेशनमा मुख्यमन्त्री दीर्घबहादुर सोडारी अनुपस्थित भएका छन्। दिउँसो २ बजे सुरु भएको बैठकमा प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी

अझै पढ्नुहोस्
समाचार

कैलाली जिल्लाको होमस्टे भादागाउँमा मनाइयो गुरही पर्व

धनगढी/जमुना न्युरे”संरक्षण सम्बद्धर्न के लाग सक्कुजन करि काम ,सस्कृती भेषभुषा राखी हमार पहिचान ” भन्ने मुल नाराका साथ थारु समुदायमा आज गुरही (गुरिया) मनाएको छ

अझै पढ्नुहोस्