नियम बिपरित लिँदै घरभाडा घोडाघोडिका मेयर

शेयेर गर्नुहोस

सुखड/गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा विजयी पश्चात् घोडाघोडी नगरपालिका प्रमुख खडक बहादुर रावतले धनगढीमा बस्दै आएकी आफ्नी कान्छी श्रीमतीलाई घोडाघोडीमा ल्याउन खेलेको सेटीङ्ग नै कोल्ड चेन काण्ड हो । उनले आफु विजयी भए लगतै २०७९ जेठ महिनाको दोस्रो साता नै कान्छी श्रीमतीलाई घोडाघोडी ल्याएका थिए ।

नगरप्रमुख रावत आजका मिति सम्म पनि कान्छी श्रीमती सहित भाडाको घरमा बस्दै आएका छन् । तर, नगरप्रमुख परिवार सहित बस्दै आएको घरभाडा भने, घोडाघोडी नगरपालिकाले नै तिर्दै आएको छ ।


जुन कार्य स्थानीय सेवा गठन तथा संचालन ऐन,२०७९ विपरीत रहेको छ । यस ऐनमा स्थानीय तहका जनप्रतिनिधिलाइ आवास सुविधा प्रदान गरिएको छैन । अझ स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले प्राप्त गरेका सुविधाहरुको विवरण तीन–तीन महिनाको अन्तरालमा सम्बन्धित स्थानीय तहले नै सार्वजनिक गर्नु पर्ने हुन्छ ।

तर, घोडाघोडीका नगरप्रमुख रावतको हकमा त्यो पनि लागुभएको पाईदैन । सुविधा सहितको कोल्ड चेनमा बस्ने सर्तमा नगरप्रमुख रावतले कान्छी श्रीमती यमुना रावतलाई धनगढीबाट कोल्ड चेनमा सारेका हुन । जहाँ नगरप्रमुख रावतकी श्रीमतीले फुर्सदको समय निकाल्दै, बेलाबेलामा टिकटक बनाएर सामाजिक संजलमा समेत डाउनलोड गर्ने गरेकी छन् ।


सामान्यतया कोल्ड चेनले ताजा कृषि उत्पादन, समुन्द्री खाना, फ्रोजन फूड, फोटोग्राफिक फिल्म, केमिकल र औषधि जस्ता सामानहरूको तापमान–नियन्त्रण तथा त्यस्ताबास्तुको गुणस्तर सुनिश्चित गर्ने कार्य गर्दछ । कैलालीको घोडाघोडी नगरपालिकाले घोडाघोडी–१०, मा औषधि तथा भ्याक्सिन जस्ता उपभोग सम्म नाश हुने वस्तुहरूको अखण्डता र गुणस्तरको संरक्षण गर्ने उदेश्यले स्थानीय भिष्म बहादुर बंमको घरको चौथो तला भाडामा लिएको छ । गएको २१ महिना देखि मासिक १३ हजार पाँच सय रुपैंयाका दरले नगरपालिकाले आफुलाई तिर्दै आइरहेको घरधनी बंमले बताएका छन् । सम्झौता पत्रमा भने, कोल्ड चेन कार्य परियोजनका लागी लेखिएको भएपनि उक्त घर भाडामा लिए देखिनै नगरप्रमुख रावतको स–परिवार सो घरमा बस्दै आईरहेका छन् ।


यस सम्बन्धमा घोडाघोडी नगरपालिका प्रमुख रावतलाई बुझ्न् खोज्दा उनको मोबाइल अफ थियो भने, उनकी श्रीमतीको जवाफ “मैले तिर्दैन, यस विषयमा मेयरलाई नै सोध्नु होला ? कताबाट तिर्छन ।” भन्ने ठाडो जवाफ आएको थियो ।
नगरप्रमुख बस्दै आएको घरको भाडा नियमित रुपमा नगरपालिकाले हाल्ने गरेको भएपनि कस्को पालामा र कुन परियोजनका लागी घर भाडामा लिइएको हो । आफुलाई कुनै जानकारी नभएको घोडाघोडी नगरपालिका निमित्त कार्यालय प्रमुख खगेन्द्र बहादुर सिंहको भनाई छ ।

ताजा खबर

Winning Spins at Booming Slots Casino

Die Münze fällt für Frand und Fred Casino

Glückschance beim Everum Casino

La Experiencia de Azar en Caliente Casino

Glücksspiel in den Slotinseln von Casinoslots Island

Glücksspiel im Casinado Casino ist ein Spiel des Vertrauens und der Fügung

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

सरकारले टीकापुर घटनाकाे मुद्दाको खारेजी प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयलाई दियो निर्देशन

टीकापुर/ सरकारले टीकापुर घटना सम्बन्धी मुद्दाको खारेजी प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयलाई निर्देशनसमेत दिएको छ। सरकारले टीकापुर घटना सम्बन्धी मुद्दा खारेज गर्ने निर्णय गरेको छ।

अझै पढ्नुहोस्
समाचार

२० औँ साधारणसभा तथा सार्बजनिक सुनुवाइ सम्पन्न

जमुना न्युरे ,सुखड /कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा न ५ सेउकलिया मा रहेको फुलबारी सामुदायिक वन उपभोक्ता समुह सेउकलियाको २० औ वार्सिक साधारणसभा तथा सार्बजनिक

अझै पढ्नुहोस्