नियम बिपरित लिँदै घरभाडा घोडाघोडिका मेयर

शेयेर गर्नुहोस

सुखड/गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा विजयी पश्चात् घोडाघोडी नगरपालिका प्रमुख खडक बहादुर रावतले धनगढीमा बस्दै आएकी आफ्नी कान्छी श्रीमतीलाई घोडाघोडीमा ल्याउन खेलेको सेटीङ्ग नै कोल्ड चेन काण्ड हो । उनले आफु विजयी भए लगतै २०७९ जेठ महिनाको दोस्रो साता नै कान्छी श्रीमतीलाई घोडाघोडी ल्याएका थिए ।

नगरप्रमुख रावत आजका मिति सम्म पनि कान्छी श्रीमती सहित भाडाको घरमा बस्दै आएका छन् । तर, नगरप्रमुख परिवार सहित बस्दै आएको घरभाडा भने, घोडाघोडी नगरपालिकाले नै तिर्दै आएको छ ।


जुन कार्य स्थानीय सेवा गठन तथा संचालन ऐन,२०७९ विपरीत रहेको छ । यस ऐनमा स्थानीय तहका जनप्रतिनिधिलाइ आवास सुविधा प्रदान गरिएको छैन । अझ स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले प्राप्त गरेका सुविधाहरुको विवरण तीन–तीन महिनाको अन्तरालमा सम्बन्धित स्थानीय तहले नै सार्वजनिक गर्नु पर्ने हुन्छ ।

तर, घोडाघोडीका नगरप्रमुख रावतको हकमा त्यो पनि लागुभएको पाईदैन । सुविधा सहितको कोल्ड चेनमा बस्ने सर्तमा नगरप्रमुख रावतले कान्छी श्रीमती यमुना रावतलाई धनगढीबाट कोल्ड चेनमा सारेका हुन । जहाँ नगरप्रमुख रावतकी श्रीमतीले फुर्सदको समय निकाल्दै, बेलाबेलामा टिकटक बनाएर सामाजिक संजलमा समेत डाउनलोड गर्ने गरेकी छन् ।


सामान्यतया कोल्ड चेनले ताजा कृषि उत्पादन, समुन्द्री खाना, फ्रोजन फूड, फोटोग्राफिक फिल्म, केमिकल र औषधि जस्ता सामानहरूको तापमान–नियन्त्रण तथा त्यस्ताबास्तुको गुणस्तर सुनिश्चित गर्ने कार्य गर्दछ । कैलालीको घोडाघोडी नगरपालिकाले घोडाघोडी–१०, मा औषधि तथा भ्याक्सिन जस्ता उपभोग सम्म नाश हुने वस्तुहरूको अखण्डता र गुणस्तरको संरक्षण गर्ने उदेश्यले स्थानीय भिष्म बहादुर बंमको घरको चौथो तला भाडामा लिएको छ । गएको २१ महिना देखि मासिक १३ हजार पाँच सय रुपैंयाका दरले नगरपालिकाले आफुलाई तिर्दै आइरहेको घरधनी बंमले बताएका छन् । सम्झौता पत्रमा भने, कोल्ड चेन कार्य परियोजनका लागी लेखिएको भएपनि उक्त घर भाडामा लिए देखिनै नगरप्रमुख रावतको स–परिवार सो घरमा बस्दै आईरहेका छन् ।


यस सम्बन्धमा घोडाघोडी नगरपालिका प्रमुख रावतलाई बुझ्न् खोज्दा उनको मोबाइल अफ थियो भने, उनकी श्रीमतीको जवाफ “मैले तिर्दैन, यस विषयमा मेयरलाई नै सोध्नु होला ? कताबाट तिर्छन ।” भन्ने ठाडो जवाफ आएको थियो ।
नगरप्रमुख बस्दै आएको घरको भाडा नियमित रुपमा नगरपालिकाले हाल्ने गरेको भएपनि कस्को पालामा र कुन परियोजनका लागी घर भाडामा लिइएको हो । आफुलाई कुनै जानकारी नभएको घोडाघोडी नगरपालिका निमित्त कार्यालय प्रमुख खगेन्द्र बहादुर सिंहको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

पत्रकार महासंघ कैलाली अध्यक्षमा श्रवण देउवा सर्वसम्मत चयन

धनगढी, २८ मंसिर/ नेपाल पत्रकार महासङ्घ कैलाली जिल्लाको अध्यक्षमा श्रवण देउवा सर्वसम्मत चयन हुनुभएको छ। प्रेस युनियन र प्रेस चौतारीको संयुक्त उम्मेदवारको रूपमा अध्यक्षको उम्मेदवारी

अझै पढ्नुहोस्
समाचार

साइकल यात्राका यात्रीहरू भू–स्वर्ग खप्तड हुँदै बुधबार धनगढी आइपुगे

जमुना न्युरे,धनगढी /सुदूरपश्चिमको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले डडेल्धुराको अमरगढी किल्लाबाट सुरु गरिएको साइकल यात्राका यात्रीहरू भू–स्वर्ग खप्तड हुँदै बुधबार धनगढी आइपुगेका छन्। गत शुक्रबार सुदूरपश्चिमको

अझै पढ्नुहोस्
समाचार

लक्ष्मी नारायण बहुउद्देश्यीय सहकारी संस्थाले ४० लाख बढी नाफा कमाउन सफल

टीकापुर/लक्ष्मी नारायण बहुउद्देश्यीय सहकारी संस्था नारायणपुरले आ.व. २०७८/०७९ मा ४० लाख ७६ हजार ९४४ रुपैयाँ मुनाफा कमाउन सफल भएको छ ।टीकापुर ६ स्थित लक्ष्मी नारायण

अझै पढ्नुहोस्
समाचार

टीकापुरकाे प्रहरी हिरासतकाे शाैचालय भित्र शव फेला, एस पी अधिकारी द्वारा घटनाकाे अनुसन्धान

टीकापुर/ कैलालीको टीकापुर स्थित इलाका प्रहरी कार्यालय टीकापुरको हिरासत भित्र एक व्यक्ति मृत अवस्थामा भेटिएका छन । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय टीकापुरको हिरासत भित्र

अझै पढ्नुहोस्