निजामती कर्मचारी द्वरा सरकारी सेवा ठप्प पार्ने चेतावनी

शेयेर गर्नुहोस

जमुना न्युरे, धनगढी / धनगढी उपमहानगरपालिकाले स्वास्थ्यका कर्मचारी शुक्रबारदेखि हाजिर नगराए सम्पूर्ण सेवा ठप्प गर्ने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन तथा समायोजन मिलान भएका स्वास्थ्यका कर्मचारीलाई हाजिर गराउन भन्दा समेत नमानेपछि निजामति कर्मचारीहरुले शुक्रबारदेखि कुनै सेवा नगर्ने निर्णय गरेका हुन् ।

निजामति कर्मचारीहरुको आधिकारिक टे«ड युनियन कैलालीका अध्यक्ष विमल प्रकाश जोशीले धनगढीले स्वास्थ्यकर्मीमाथि अन्याय गरेको भन्दै भोलीदेखि हाजिर लगाउन नदिए सम्पूर्ण कर्मचारीले सेवा ठप्प पार्ने बताए ।

मन्त्रालयले पटक–पटक भन्दा समेत प्रमुख प्रशासकिय अधिकृत रामलाल श्रेष्ठ र नगर प्रमुख गोपाल हमालले समायोजन भएर आएका स्वास्थ्यका कर्मचारीहरुप्रति अन्याय गरेको बताए ।  

धनगढी उपमहानगरपालिकाले ३३ जना समायोजन तथा समायोजन मिलान भएका कर्मचारीको हाजिर रोकेको छ । बिहिबार चौथो दिन धर्ना जारी रहेको छ । 

धनगढी उपमहानगरपालिकालाई स्वास्थ्य भन्दा कर्मचारीलाई कहाँबाट तलब दिने चिन्ता बढेर समायोजन तथा समायोजन मिलान भएका कर्मचारीलाई हाजिर गर्न नदिएको जनाइएको छ । 

संघिय मन्त्रालयको जिम्मेवारी तलब दिने भएपनि उपमहानगरपालिकाले हाजिर रोक्न गलत भएको स्वास्थ्यकर्मीहरु बताउँछन् । स्वास्थ्यकर्मी कृष्णबहादुर बोहराले भने –‘तलब कहाँबाट दिने भन्दै उपमहानगरपालिकाले हामीलाई हाजिर लगाउन दिएको छैन । अहिले पनि हाम्रो धर्ना जारी रहेको छ ।’

ताजा खबर

The Ultimate Guide to Auto Roulette: Everything You Need to Know

Cassino Roleta Brasileira: Um Guia Completo para Jogadores

Online Roulette Not Affected by Gamstop

Apostas de Roleta do Dinheiro Online: O que você precisa saber

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

अतिक्रमण हटाएको आठ महिनामै वन हराभरा

जमुना न्युरे,धनगढी / कैलालीको चुरे गाउँपालिका–४ स्थित टाँकगडा र पनेरुगडा वन दुई वर्षअघिसम्म अतिक्रमणको चपेटामा थियो । ती दुवै वनको एक सय ५ हेक्टर क्षेत्रफल

अझै पढ्नुहोस्
समाचार

निकुञ्जमा एक हात्ती मृत फेला

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एक हात्ती मृत फेला परेको छ । निकुञ्जको पुर्वी दक्षिणी क्षेत्र पडाउ जंगलमा गर्भवर्ती हात्ती मृत फेला परेको हो । शुक्रबार

अझै पढ्नुहोस्