निजामती कर्मचारी द्वरा सरकारी सेवा ठप्प पार्ने चेतावनी

शेयेर गर्नुहोस

जमुना न्युरे, धनगढी / धनगढी उपमहानगरपालिकाले स्वास्थ्यका कर्मचारी शुक्रबारदेखि हाजिर नगराए सम्पूर्ण सेवा ठप्प गर्ने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन तथा समायोजन मिलान भएका स्वास्थ्यका कर्मचारीलाई हाजिर गराउन भन्दा समेत नमानेपछि निजामति कर्मचारीहरुले शुक्रबारदेखि कुनै सेवा नगर्ने निर्णय गरेका हुन् ।

निजामति कर्मचारीहरुको आधिकारिक टे«ड युनियन कैलालीका अध्यक्ष विमल प्रकाश जोशीले धनगढीले स्वास्थ्यकर्मीमाथि अन्याय गरेको भन्दै भोलीदेखि हाजिर लगाउन नदिए सम्पूर्ण कर्मचारीले सेवा ठप्प पार्ने बताए ।

मन्त्रालयले पटक–पटक भन्दा समेत प्रमुख प्रशासकिय अधिकृत रामलाल श्रेष्ठ र नगर प्रमुख गोपाल हमालले समायोजन भएर आएका स्वास्थ्यका कर्मचारीहरुप्रति अन्याय गरेको बताए ।  

धनगढी उपमहानगरपालिकाले ३३ जना समायोजन तथा समायोजन मिलान भएका कर्मचारीको हाजिर रोकेको छ । बिहिबार चौथो दिन धर्ना जारी रहेको छ । 

धनगढी उपमहानगरपालिकालाई स्वास्थ्य भन्दा कर्मचारीलाई कहाँबाट तलब दिने चिन्ता बढेर समायोजन तथा समायोजन मिलान भएका कर्मचारीलाई हाजिर गर्न नदिएको जनाइएको छ । 

संघिय मन्त्रालयको जिम्मेवारी तलब दिने भएपनि उपमहानगरपालिकाले हाजिर रोक्न गलत भएको स्वास्थ्यकर्मीहरु बताउँछन् । स्वास्थ्यकर्मी कृष्णबहादुर बोहराले भने –‘तलब कहाँबाट दिने भन्दै उपमहानगरपालिकाले हामीलाई हाजिर लगाउन दिएको छैन । अहिले पनि हाम्रो धर्ना जारी रहेको छ ।’

ताजा खबर

Kasyno Online Depozyt 5 zł – Informacje, Statystyki, Porady i Recenzje

IvyBet – Opoziția de Fortuna la Jocurile de Noroc

Kasyno online z płatnością PayPal

Crystal Poker Slot Machine Strategies for Success

SlotLair – Ein Spiel der Chance und des Ruhms in Glücksspielanlagen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

घोडाघोडीबाट किन सारियो परिक्षा केन्द्र

सुखड/“आज घोडाघोडी बहुमुखी क्याम्पसमा राष्ट्रीय योजना आयोगका सदस्य डा.राम फुयाल आएछन । के स्थानीय दल नचाहिने रहेछ त ? घोडाघोडी बहुमुखी क्याम्पसको हिसाब काठण्माडौंमा गरौला

अझै पढ्नुहोस्