नारायणपुर उप शाखाकाे २९ औं उप-शाखा सभाकाे अधिवेशन सम्पन्न

शेयेर गर्नुहोस


नेपाल रेडक्रस साेसाइटी नारायणपुर उप शाखाकाे अधिवेशन सम्पन्न भएको छ । साेमबार नारायणपुरमा उप शाखाकाे २९ ओै उप शाखा सभाकाे अधिवेशन सम्पन्न भएको हाे ।


नेपाल रेडक्रस साेसाइटी नारायणपुर उप शाखाका सभापति टाेप बहादुर के.सी.काे अध्यक्षतामा भएको अधिवेशनमा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारु प्रमुख अथिति रहनु भएको थियो । कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष बलिराम चाेैधरी, वडा नं. ७ का वडा अध्यक्ष यज्ञ प्रसाद न्याैपाने, वडा नं. ८ का वडा अध्यक्ष दिर्घ बहादुर ठकुल्ला, नेपाल रेडक्रस साेसाइटी कैलाली जिल्ला सभापति बाशुदेव विनाडी र साविक नारायणपुर गाविसका अध्यक्ष फकिरसिंह कडायत विशिष्ट अथिति रहनु भएको थियाे ।


नारायणपुर उप शाखाका उप सभापति धनसरी काेइरालाकाे स्वागत मन्तव्य संगै सुरु भएको अधिवेशनमा प्रगति प्रतिवेदन सचिव पुर्ण नायकले प्रस्तुत गर्नुभएको थियो । भने लेखापरीक्षणकाे आर्थिक प्रतिवेदन काेषाध्यक्ष मनिराम ढुंगानाले प्रस्तुत गर्नुभएको थियाे ।


अधिवेशनमा निर्वाचन समितिका संयाेजक भिम बहादुर महर, समाजसेवी नरेश्वर धमला, शिक्षक विक्रम धामी , समाजसेवी पल बहादुर बस्नेत र जिल्ला सदस्य रंग तिमिल्सिना लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
समचार तयार गर्दा सम्म अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने प्रकृया अघि बढेकाे निर्वाचन समितिका संयाेजक भिम बहादुर महरले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

शिक्षा/स्वास्थ्य

टीकापुर अस्पतालले जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तीहरुका लागि विशेष सेवा सुरु गर्ने

टीकापुर/कैलालीको टीकापुर अस्पतालले जेष्ठ नागरिकका लागि विशेष सेवा सुरु गर्ने जनाएको छ। अस्पताल व्यवस्थान सिमितको शनिवार बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले ७०

अझै पढ्नुहोस्
समाचार

उच्च अदालत दिपायलको उत्पेषणयुक्त परमादेशलाई मानेनन् बि अध्यक्ष र्टेराले

उच्च अदालत दिपायलले प्रधानाध्यापक नियुक्तिको विषयलाई लिएर गरेको उत्पेषणयुक्त परमादेशलाई गौरीगंगा नगरपालिका–८, लिक्मास्थित जनप्रिय माध्यमिक विद्यालयको व्यवस्थापन समितिले टेरेको छैन। उच्च अदालत दिपायलको गत जेठ

अझै पढ्नुहोस्
समाचार

स्वास्थ्यकर्मीको आन्दोलनमा संघसंगठनको साथ

जमुना न्युरे ,धनगढी  /धनगढी उपमहानगरभित्र कार्यरत स्वास्थ्यकर्मीहरूले दबाबमुलक कार्यक्रमहरू अघि बढाएका छन् । तलबभत्ता यथाशिघ्र पाउनुपर्ने भन्दै उनीहरूले दबाबमुलक कार्यक्रम अघि बढाउन लागेका हुन् ।

अझै पढ्नुहोस्
समाचार

प्रदेश गौरवको आयोजना ,चिसापानी–मंगलसेन सडकखण्ड स्तरोन्नती कार्य शुरुगर्न मुख्यमन्त्रीको निर्देशन

कैलाली /राष्ट्रिय बनको जग्गा प्रयोग र जग्गामा रहेका रुख गोल हटाउन सम्झौता भएसँगै चिसापानी–मंगलसेन सडकखण्डको १६ कि.मि.सडक स्तरोन्नतीको कार्य अगाडी बढाउन सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर

अझै पढ्नुहोस्