नागरिक उन्मुक्ति पार्टीको जानकी-३ मा प्रथम वडा भेला सम्पन्न

शेयेर गर्नुहोस

माेहित श्रीपाइली,
जानकी/नागरिक उन्मुक्ति पार्टीको जानकी गाउँ पालिका वडा नं. ३ काे प्रथम वडा भेला तथा वडा समिति गठन गरिएको छ ।

शुक्रबार कैलालीको जानकी गाउँ पालिका वडा नं. ३ मा नागरिक उन्मुक्ति पार्टीकाे प्रथम वडा भेला तथा वडा समिति गठन कार्य सम्पन्न गरिएको हाे ।
समाजसेवी फागुराम चाैधरीकाे अध्यक्षतामा भएको कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामाेदर पन्डित प्रमुख अतिथि रहनु भएको थियाे ।

वडा भेला तथा वडा कमिटी गठन कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य तथा वडा नं. ७ का वडा अध्यक्ष रामलाल डगाैरा थारु विशिष्ट अतिथि रहनुभएकाे थियाे । कार्यक्रममा केन्द्रीय सदस्य रमेश वि.क., केन्द्रीय सदस्य दिपक निसानी र केन्द्रीय सदस्य गंगाराम चाैधरी र जिल्ला सदस्य इन्द्र चाैधरी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियाे ।

रमेश चौधरीकाे संयाेजकत्वमा २२ सदस्यीय वडा समिति गठन भएको छ । जसकाे सह- संयाेजकमा मिना देवि थारु चयन हुनुभएको छ ।
पछिल्लो पटक नागरिक उन्मुक्ति पार्टीले विभिन्न नगरपालिका तथा गाउँपालिकाका वडामा आफ्नो संगठन विस्तार गरिरहेको छ ।

नागरिक उन्मुक्ति पार्टी दर्ता भइ संगठन विस्तार गर्न लागे संगै कैलाली लगायतका धेरै जसाे जिल्लामा बेग्लै किसिमको राजनीतिक तरंग फैलिरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

सुदुरपश्चिममा मुख्यमन्त्रीका लागी शाहको बिकल्पमा देउवा र थापा

धनगढी/सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागी काग्रेंस संसदिय दलका नेता कमल बहादुर शाहको बिकल्पमा अन्य नेताहरु तयार भइरहेका छन् । निबर्तमान मुख्यमन्त्री समेत रहेका कमल बहादुर शाहको

अझै पढ्नुहोस्
समाचार

शान्तिपुरस्थित फेला परेको बर्मी जातको अजिङ्गरको आज उद्धार

कञ्चनपुर: यहाँको बेलौरी नगरपालिका–४ शान्तिपुरस्थित उखुबारीमा फेला परेको बर्मी जातको वयस्क अजिङ्गरको आज उद्धार गरिएको छ। कुण्डा सबडिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवका अनुसार उद्धार गरिएको

अझै पढ्नुहोस्
समाचार

नेपाल पर्यटन बोर्ड सुदुरपश्चिम प्रादेशिक कार्यालय बन्द, कर्मचारीको बिचल्ली, न नियुक्ति पाए न त सेवासुबिधा नै

धनगढी/आजभन्दा २९ महिना अघि बडो तामझामका साथ उदघाटन गरिएको नेपाल पर्यटन बोर्डको प्रादेशिक कार्यालय बन्द भएको छ । कार्यालय बन्द भएसंगै त्यहाँ कार्यरत कर्मचारीहरुलाई कुनै

अझै पढ्नुहोस्
लेखहरु

नफापेको साइकल, फापेको सुनपानी

चित्रबहादुर चौधरी, मधेशका मुख्यमन्त्री लालबाबु राउतलाई साइकल नफापे पनि अर्थ मन्त्री जनार्दन शर्मालाई भने सुनपानी फापेको छ। एकताका लाल बाबु पण्डितको चर्चा चुलिएको थियो ।

अझै पढ्नुहोस्